महत्त्वपूर्ण प्रश्नहरूको शृङ्खला

NPR 1,080.00

डा.आर.सी.स्प्रौल

डा.आर.सी.स्प्रौलद्वारा लिखित महत्वपूर्ण प्रश्नहरूका यी पुस्तिका सङ्ग्रहले ख्रीष्टियान र विचारशील मानिसहरूले सोध्ने प्रश्नहरूको सक्षिप्त उत्तर प्रदान गर्दछ ।

यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।
Original price was: NPR 180.00.Current price is: NPR 135.00.
Original price was: NPR 180.00.Current price is: NPR 135.00.
Original price was: NPR 180.00.Current price is: NPR 135.00.
Original price was: NPR 150.00.Current price is: NPR 135.00.
Original price was: NPR 180.00.Current price is: NPR 135.00.
SKU: Crucial Questions Booklets Category:
के परमेश्वर अस्तित्वमा हुनुहुन्छ ?

के हामी परमेश्वरको अस्तित्वलाई प्रमाणित गर्न सक्छौँ ?

धेरै मानिसहरूले परमेश्वरमाथि विश्वास गर्छन्, तर के उहाँको अस्तित्व प्रमाणित गर्न सकिन्छ ? कि हामीले कुनै आधारबिना केवल विश्वास गर्नुपर्छ ?

यस पुस्तिकामा, डा.आर.सी.स्प्रौलले परमेश्वरमा विश्वास गर्नु भनेको तर्क वा बुद्धिलाई नकार्नु होइन भन्ने कुरा देखाउनुहुन्छ। वास्तवमा, तर्क र कारणहरूले स्पष्ट रूपमा देखाउँछ कि परमेश्वर अस्तित्वमा हुनुहुन्छ र कसैसँग पनि आफ्नो अविश्वासको लागि उचित बहाना छैन । डा. स्प्रौलले नास्तिकहरूको सामान्य तर्कहरूको खण्डन गर्दै परमेश्वरको अस्तित्व अस्वीकार गर्नुको असङ्गत र अतार्किक स्वभाव उजागर गर्नुहुन्छ।

दुष्टता किन अस्तित्वमा छ ?

यदि परमेश्वर अस्तित्वमा हुनुहुन्छ भने, किन खराब कुराहरू हुन्छन् ?

संसारमा यति धेरै दुःख, पीडा र दुष्टता छ, आखिर यी सबै कुराहरू भइराख्दा परमेश्वर कहाँ हुनुहुन्छ ? यो ख्रीष्टियानहरूले सामना गर्नुपर्ने एउटा महत्त्वपूर्ण प्रश्न हो। यो हाम्रो विचारलाई कमजोर बनाउन खोज्ने एउटा साधारण आरोप पनि हो। दुष्टतासम्बन्धी प्रश्नहरू उठ्दा, हामीले सन्देहवादीहरूलाई कसरी जवाफ दिने र दुःख भोग्नेहरूलाई कसरी सान्त्वना दिने ?

यस पुस्तिकामा, डा. आर.सी. स्प्रौलले दुष्टताको समस्यालाई सम्बोधन गर्नुहुन्छ र ख्रीष्टियानहरूले इतिहासभरि यस्तै गाहो प्रश्नहरूसँग कसरी सङ्घर्ष गर्दै आएका थिए भन्ने कुरा देखाउनुहुन्छ। हामी पनि ती विश्वासीहरूसँगै यस संसारलाई नियन्त्रण गर्नुहुने र यस संसारमा हुने सबै कुरालाई हाम्रो भलाइको निम्ति प्रयोग गर्नुहुने परमेश्वरमाथि भरोसा गर्न सक्छौँ।

येशू को हुनुहन्छ ?

 एक ठग ? एक पागल मानिस ? कि देहधारी ईश्वर ?

इतिहासमा नासरतका येशूभन्दा बढी मतभेद उत्पन्न गर्ने व्यक्ति अरू कोही छैन। कसैले उहाँलाई ठग भन्छन् त कसैले पागल । धेरै अवस्थाहरूमा मानिसहरूको महत्त्वाकाङ्क्षा अनुसार उहाँको कथालाई परिवर्तन गरिएको छ ।

येशूको विषयमा त्यहाँ फरक विचारहरू भए तापनि, उहाँलाई वास्तविक रूपमा बुझ्नको लागि हामी बाइबलमै जानुपर्ने हुन्छ । यस पुस्तिकामा डा. आर. सी. स्प्रौलले बाइबलको विवरणहरूलाई जाँच्दै ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ भन्ने प्रभावशाली चित्र प्रस्तुत गर्नुभएको छ।

पवित्र आत्मा को हुनुहुन्छ ?

पवित्र आत्माको व्यक्तिर कार्यले आज धेरै चासो जगाएको छ, तर साथसाथै धेरै भ्रम पनि उत्पन्न भएको छ। धेरै मानिसहरूले पवित्र आत्मा वास्तवमा को हुनुहुन्छ र उहाँले हाम्रो जीवनमा कसरी कार्य गर्नुहुन्छ भन्ने कुरा पूर्ण रूपमा बुझेका छैनन्।कतिपय मानिसहरू त पवित्र आत्माले बाइबलभन्दा बाहिर वा अलग रहेर आफूसँग कुरा गर्नुहुन्छ भन्ने दाबी समेत गर्छन्। यस पुस्तिकामा, डा. आर.सी. स्प्रोल (Dr. R.C. Sproul) ले धर्मशास्त्रतर्फ फर्केर यस भ्रमलाई चिर्नुभएको छ। पवित्र आत्मा को हुनुहुन्छ भनी व्याख्या गरिसकेपछि, डा. स्प्रोलले यस संसारमा उहाँको कार्यको संक्षिप्त रूपरेखा प्रस्तुत गर्नुभएको छ—जसमा अविश्वासीहरूलाई नयाँ जीवन दिनेदेखि लिएर परमेश्वरका जनहरूलाई पवित्र पार्ने र शक्ति दिनेसम्मका कुराहरू समेटिएका छन्।

विश्वास के हो ?

अन्धो विश्वास ? आशा ? वा अरू नै केही ?

हामी प्रायः मानिसहरूले यसो भनेको सुन्छौं, “केवल विश्वास गर।” तर, विश्वास के हो? के यो अन्धकारमा हाम्फाल्नु हो ? के यो कुनै प्रमाणबिना केही कुरालाई विश्वास गर्नु हो ? बाइबलले विश्वासलाई कसरी व्याख्या गर्छ ?

यस विश्वास पुस्तिकामा  डा. आर. सी. स्पौलले हिब्रू ११ बाट विश्वासको बाइबलीय परिभाषा दिनुहुन्छः विश्वास भनेको परमेश्चरलाई विश्वास गर्नु र उहाँको वचनद्वारा जिउनु हो। परमेश्चरका जनहरूको जीवनलाई नियाल्दै उहाँले भविष्यको बारेमा केही थाहा नहुँदा पनि तिनीहरूले कसरी परमेश्वरलाई भरोसा गरे भन्ने कुरा देखाउनुहुन्छ। उनीहरूले जस्तै, जीवनमा कठिनाइहरूको सामना गर्दा, हामीले पनि परमेश्वरलाई भरोसा गर्नुपर्छ।

सुसमाचार के हो ?

परमेश्वर असल हुनुहुन्छ, त्यसैले हामीले असल जीवन जियौँ भने, उहाँले हामीलाई स्वीकार्नुहुन्छ भनी धेरै मानिसहरूले सोच्ने गर्छन्। तर यो असल खबर भने होइन, किनभने हामी कोही पनि परमेश्वरजस्तो असल छैनौँ। यदि हामीलाई आफ्नो हालमा छोडिदिने हो भने, हामी जुन कुराको योग्य छौं, त्यही कुरा पाउने छौंः उहाँको न्याय।

यो सानो पुस्तिकामा डा. आर. सी. स्प्रौलले सुसमाचारलाई, हामी जस्तो पापी मानिसहरूको निम्ति परमेश्वरको असल खबरलाई वर्णन गर्नुहुन्छ। जब हामी उहाँको धर्मी दण्डबाट आफैलाई कहिल्यै पनि बचाउन नसक्ने अवस्थामा थियौँ, परमेश्वरले हामीलाई उहाँको पुत्रमा भरोसा गर्नको निम्ति बोलाउनुभयो । येशू ख्रीष्टले मात्र हामीलाई उहाँको धर्मी जीवन, प्रायश्चितको मृत्यु र विजयी पुनरुत्थानद्वारा छुटकारा दिन सक्नुहुन्छ।

के सुधारवाद आवश्यक थियो?

के सुधारवादले आज पनि अर्थ राख्छ ?

प्रोटेस्टेन्ट सुधारवाद अभियान धेरै समयअघि भएको थियो। के चर्चमा भएको त्यो विभाजन साँच्चै आवश्यक थियो त ? प्रोटेस्टेन्टहरू र रोमन क्याथोलिकहरू कुन कुरामा एकअर्कासँग असहमत छन्, र त्यसले आज पनि किन अर्थ राख्छ ?

यस पुस्तिकामा, डा. आर. सी. स्प्रौलले सुधारवादका पाँच केवलहरूका सिद्धान्तहरूमार्फत् हामीलाई मार्गदर्शन गर्दै परमेश्वरले हामीलाई कसरी पापबाट उद्धार गर्नुहुन्छ, र हाम्रो जीवनमाथि कसरी अधिकार गर्नुहुन्छ भन्ने कुराहरूबारेबाइबलीय शिक्षाहरू दिनुहुन्छ। यी सत्यताहरूलाई पुनः प्राप्त गर्नु सोही शताब्दीमा आवश्यक थियो, र हामीले आज पनि ती सत्यताहरूलाई जान्न आवश्यक छ ।

के प्रार्थनाले कुराहरू बदल्छ ?

के प्रार्थनामा शक्ति छ ?

जब खीष्टियानले प्रार्थना गर्छ तब के त्यसले केही फरक पार्छ ? के त्यसले केही कुरा बदल्छ ? यद्यपि हाम्रो प्रार्थनाले परमेश्वरको मनलाई बदल्दैन । उहाँले हाम्रो प्रार्थना उहाँको इच्छा पूरा गर्नको लागि प्रयोग गर्नुहुन्छ। हामी विश्वस्त हुन सक्छौं कि प्रार्थनाले कुराहरू बदल्छ । यसले हाम्रो हृदयलाई पनि बदल्छ ।

यस पुस्तिकामा डा.आर.सी.स्प्रौलले एक खीष्टियानको जीवनमा प्रार्थनाको महत्वपूर्ण स्थान छ भन्ने विषयमा तर्कका साथै परमेश्वरको उपस्थितिमा आनन्द र आशासहित आउनको निम्ति आह्वान गर्नुभएको छ । डा. स्पौलले व्यावहारिक ज्ञान प्रदान गर्दै प्रार्थनाको उद्देश्य, ढाँचा, अभ्यास, प्रतिबन्ध र शक्तिको बारेमा बुभ्नलाई मदत गर्नु भएको छ।

Book Author

Format

Language

Publisher

Reviews

There are no reviews yet.

Be the first to review “महत्त्वपूर्ण प्रश्नहरूको शृङ्खला”

Your email address will not be published. Required fields are marked *