महत्त्वपूर्ण प्रश्नहरूको संग्रह

Original price was: NPR 720.00.Current price is: NPR 520.00.

डा.आर.सी.स्प्रौल

डा.आर.सी.स्प्रौलद्वारा लिखित महत्वपूर्ण प्रश्नहरूका यी पुस्तिका सङ्ग्रहले ख्रीष्टियान र विचारशील मानिसहरूले सोध्ने प्रश्नहरूको सक्षिप्त उत्तर प्रदान गर्दछ ।

Original price was: NPR 180.00.Current price is: NPR 130.00.
Original price was: NPR 180.00.Current price is: NPR 130.00.
Original price was: NPR 180.00.Current price is: NPR 130.00.
Original price was: NPR 180.00.Current price is: NPR 130.00.
SKU: Crucial Questions Booklets Categories: ,

सुसमाचार के हो ?

के तपाईं सुसमाचारमा विश्वास गर्नुहन्छ ?

परमेश्वर असल हुनुहुन्छ, त्यसैले हामीले असल जीवन जियौ भने उहाँले हामीलाई स्वीकार्नु हुन्छ भनी धेरै मानिसहरूले सोच्ने गर्छन् । तर यो असल खबर भने होइन, किनभने हामी कोहीपनि परमेश्वर जस्तो असल छैनौं । यदि हामीलाई आफ्नो हालमा छोडिदिने हो भने, हामी जुन कुराको योग्य छौं त्यहिं कुरा पाउनेछौंः उहाँको न्याय ।

यो सानो पुस्तिकामा डा. आर. सी. स्प्रौलले सुसमाचारलाई, हामी जस्तो पापी मानिसहरूको निम्ति परमेश्वरको असल खबरलाई वर्णन गर्नुहुन्छ । जब हामी उहाँको धर्मी दण्डबाट आफैलाई कहिल्यै पनि बचाउन नसक्ने अवस्थामा थियौं, परमेश्वरले हामीलाई उहाँको पुत्रमा भरोसा गर्नको निम्ति बोलाउनुभयो । येशू खीष्टले मात्र हामीलाई उहाँको धर्मी जीवन, प्रायश्चितको मृत्यु, र विजयी पुनरुत्यानद्वारा छुट्कारा दिन सक्नुहुन्छ ।

येशू को हुनुहन्छ ?

एक ठग ? एक पागल मानिस ? वा देहधारी ईश्वर ?

इतिहासमा नासरथका येशूने भन्दा बढी अन्य कुनै पनि मानिसले अलगअलग अवधारणालाई उत्प्रेरित गर्ने काम गरेका छैनन् । कसैले उहाँलाई ठग भन्छन् त कसैले पागल । धेरै अवस्थाहरूमा मानिसहरूको महत्वाकाङ्क्षा अनुसार उहाँको कथालाई परिवर्तन गरिएको छ ।

येशूको विषयमा मानिसहरूमा फरक विचार, अवधारणा भएतापनि उहाँलाई वास्तविक रूपमा बुझ्नको लागि भने, हामीले बाइबल अध्ययन गर्ने पर्छ । यस पुस्तिकामा डा. आर. सी. स्पौलले सशक्त ढङ्गले खीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ भन्ने चित्रलाई प्रस्तुत गर्नुभएको छ ।

पवित्र आत्मा को हुनुहुन्छ ?

के पवित्र आत्मा एक शक्ति हुनुहुन्छ ? ब्रह्माण्डीय शक्ति ? वा साँचो परमेश्वर ?

यी दिनहरूमा पवित्र आत्माको व्यक्ति र कामले धेरै नै चासो खिचिरहेको छ । तर साथसाथै धेरै भ्रम पनि पैदा गरिरहेको छ । पवित्र आत्मा को हुनुहुन्छ वा उहाँले हाम्रो जीवनमा कसरी काम गर्नुहुन्छ भन्ने कुरा धेरैले पूर्ण रूपमा बुझ्न सक्दैनन् । केही मानिसहरूले त यतिसम्म दाबी गर्दछन् कि तिनीहरूसँग आत्मा बाइबल भन्दा बाहिर गएर बोल्नुहुन्छ ।

के प्रार्थनाले कुराहरू बदल्छ ?

के प्रार्थनामा शक्ति छ ?

जब खीष्टियानले प्रार्थना गर्छ तब के त्यसले केही फरक पार्छ ? के त्यसले केही कुरा बदल्छ ? यद्यपि हाम्रो प्रार्थनाले परमेश्वरको मनलाई बदल्दैन । उहाँले हाम्रो प्रार्थना उहाँको इच्छा पूरा गर्नको लागि प्रयोग गर्नुहुन्छ। हामी विश्वस्त हुन सक्छौं कि प्रार्थनाले कुराहरू बदल्छ । यसले हाम्रो हृदयलाई पनि बदल्छ ।

यस पुस्तिकामा डा.आर.सी.स्प्रौलले एक खीष्टियानको जीवनमा प्रार्थनाको महत्वपूर्ण स्थान छ भन्ने विषयमा तर्कका साथै परमेश्वरको उपस्थितिमा आनन्द र आशासहित आउनको निम्ति आह्वान गर्नुभएको छ । डा. स्पौलले व्यावहारिक ज्ञान प्रदान गर्दै प्रार्थनाको उद्देश्य, ढाँचा, अभ्यास, प्रतिबन्ध र शक्तिको बारेमा बुभ्नलाई मदत गर्नु भएको छ।

Book Author

Format

Language

Publisher

Reviews

There are no reviews yet.

Be the first to review “महत्त्वपूर्ण प्रश्नहरूको संग्रह”

Your email address will not be published. Required fields are marked *