Union Essentials
Original price was: NPR 800.00.NPR 600.00Current price is: NPR 600.00.
पिटर मीड,टिम चेस्टर, माइकल रिभ्स र डोनल्ड फेयरबेर्न
यी पुस्तकहरूले सुसमाचार र ख्रीष्टियान विश्वासका आधारभूत सत्यहरूलाई सरल र स्पष्ट रूपमा बुझ्न सहायता गर्छन्। नयाँ जन्मदेखि पवित्रशास्त्रको सर्वोच्चता, विश्वासद्वारा धर्मी ठहरिने सत्य र त्रिएक परमेश्वरसम्मका विषयहरूलाई समेट्दै, यी पुस्तकहरूले हाम्रो विश्वासलाई अझ गहिरो र बलियो बनाउन मदत गर्छन्।
यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।
नयाँ जन्म
पिटर मीडद्वारा
हाम्रो पहिलो आवश्यकता सही व्यवहार गर्नु होइन, तर नयाँ जन्म र परमेश्वरलाई प्रेम गर्ने नयाँ हृदय पाउनु हो। यस पुस्तकले हाम्रो पतित स्वभावलाई नयाँ बनाउँदै, हामीभित्र नयाँ आत्मिक जीवन दिनुहुने र यसरी हाम्रो हृदयमा आमूल परिवर्तन ल्याउनुहुने परमेश्वरको महत्त्वपूर्ण कामलाई हेर्छ। यो किन आवश्यक छ र यसले किन महत्त्व राख्छ भन्ने कुरा पनि यस पुस्तकले देखाउँछ।
पवित्र-शास्त्र सर्वोच्च छ
टिम चेस्टरद्वारा
जे. सी. राएलले लेखेका छन्, “सुसमाचारवादि ख्रीष्टियानमतको पहिलो प्रमुख विशेषता भनेको पवित्रशास्त्रलाई पूर्ण सर्वोच्चता दिनु हो। पवित्रशास्त्र नै विश्वास र आचरणको एकमात्र नियम, सत्यको एकमात्र मापदण्ड र विवादहरूको एकमात्र निर्णायक हो।”
यस पुस्तकले यस दाबीलाई स्पष्ट पार्दै यसको पक्षमा तर्क गर्छ र यो किन महत्त्वपूर्ण छ भनेर देखाउँछ। साथै, पवित्रशास्त्रलाई सर्वोच्च स्थान दिनुको अर्थ हामी बाइबलपूजक बन्नु होइन भन्ने कुरा पनि यस पुस्तकले स्पष्ट पार्छ।
परमेश्वरसँग ठिक सम्बन्ध
माइकल रिभ्सद्वारा
परमेश्वरसँग हामी कसरी सही सम्बन्धमा आउन सक्छौँ? माइकल रिभ्सले विश्वासद्वारा मात्र धर्मी ठहरिने विषयमा बाइबलले सिकाएको कुरालाई सरल र स्पष्ट रूपमा प्रस्तुत गरेका छन्। ख्रीष्टलाई नचिनेका वा आफ्नो उद्धारको विषयमा विश्वस्त हुन नसकेकाहरूका लागि बाइबलमा सान्त्वना र आनन्द दिने असल खबर छ।
त्रिएकता
डोनल्ड फेयरबेर्नद्वारा
सुसमाचार “धन्य परमेश्वरको महिमाको सुसमाचार” हो (१ तिमोथी १:११)। यस पुस्तकले सुसमाचारको केन्द्रमा रहनुहुने त्रिएक परमेश्वरसँग पाठकहरूलाई परिचित गराउँछ र उहाँलाई हाम्रो प्रेम र विश्वासको साँचो केन्द्रको रूपमा चिनेर उहाँमा आनन्द लिन सहायता गर्छ।
| Format | |
|---|---|
| Language | |
| Publisher |











Reviews
There are no reviews yet.