चर्चका आधारभूत शिक्षाहरू

Original price was: NPR 1,800.00.Current price is: NPR 1,149.00.

मार्क डेभर, बब्बी जेमीसन, जोनाथन लीमन

 

चर्चका आधारभूत शिक्षाहरू

Original price was: NPR 300.00.Current price is: NPR 199.00.
Original price was: NPR 300.00.Current price is: NPR 199.00.
Original price was: NPR 300.00.Current price is: NPR 199.00.
Original price was: NPR 300.00.Current price is: NPR 199.00.
Original price was: NPR 300.00.Current price is: NPR 199.00.
Original price was: NPR 300.00.Current price is: NPR 199.00.

महान् आदेश सम्बन्धी बुझाइ

परमेश्वरले स्थानीय चर्चहरूद्वारा महान आदेश पूरा गर्न चाहनुहुन्छ ।
प्रेरितहरू र नयाँ करारका चर्चहरूले कसरी महान आदेश पालना गरे ? ख्रीष्टियानहरूलाई एकसाथ चर्चहरूमा मेला गराएर सुसमाचार प्रचार, चेलापन, र महान् आदेशको लागि परमेश्वरको योजना भनेको स्थानीय चर्च हो । महान् आदेश र स्थानीय चर्चबीचको यस सम्बन्धले चर्चका अगुवाहरू र सदस्यहरू दुवैले चेला बनाउने कामको विषयमा कसरी सोच्नुपर्छ भनी उल्लेखनीय रूपमा प्रभाव पार्दछ । हामी यो काम सँगै गछौं ।

बप्तिस्मा सम्वन्धी बुझाइ

बप्तिस्मालाई किन यति धेरै ठूलो विषय बनाउने र र ?
येशुले आफ्ना चेलाहरूलाई बप्तिस्मा लिन आज्ञा गर्नुहुन्छ बप्तिस्मा एक व्यक्तिको मृत्यु, दफन, र पुनरुत्थानमा उहासँग एक भएको छ भन्ने कुराका अद्भुत चित्रण प्रस्तुत गर्दछ । तर पनि धेरै जना ख्रीष्टियानहरूले यस विषयलाई त्यति राम्ररी नबुझेको महसुस गर्छन् । उनीहरूसँग उत्तरहरू भन्दा बढी प्रश्नहरू छन् । यो सानो पुस्तकले बप्तिस्मालाई बाइबलबाट व्याख्या गर्दछ । बप्तिस्मा भनेको के हो र ? बप्तिस्मा कसले लिनुपर्छ  ? र बप्तिस्मा चचं सदस्यताको लागि किन आवश्यक छ ? र बप्तिस्माको अभ्यान चर्चाहरूले कसरी गर्नुपर्छ र ?

प्रभु-भोज सम्बन्धी बुझाइ

येशले किन एकसाथ भेला भएर खानको लागि चर्चलाई प्रभु-भोज दिनुभयो र ?
प्रभु-भोज चर्चहरूले एकसाथ भेला भएर अभ्यास गर्ने कुरा मात्र नभएर, चर्चको रूपमा हामी धेरै जनालाई एउटै बनाउँदै एकसाथ बाँध्ने कुरा पनि हो । सबैको पहुँचमा रहेको यस पुस्तकल प्रभु-भोज के हो ? प्रभु-भोजले चर्चको सामूहिक जीवनसंग के सम्बन्ध राख्छ ? प्रभु-भोजमा का सहभागी हुनसक्छ र प्रभु-भोजमा हामी कसरी सहभागी हुनुपर्छ ? जस्ता प्रश्नहरूको बाइबलीय व्याख्या गर्दछ ।

चर्च सदस्यहरूको अधिकार सम्बन्धी बुझाइ

चर्च सदस्यहरूको अधिकार बढी मात्रामा मिसनको बारेमा हो, र कमै मात्रामा बैठकहरूको बारेमा हो ।
निम्न सुपरिचित कारणहरूले गर्दा चर्चसमुदायवादको बदनामी भएको छ: कम उत्पादनशील बैठकहरू, नवोदय सदस्यहरू, धम्की खेपेका सेवकहरू। तर बाइबलीय चर्चसमुदायवाद बैठकहरूको बारेमा होइन । यो त सम्पूर्ण चर्चलाई सुसमाचारको प्रवद्धन र रक्षा गर्न सशक्तीकरण गर्ने बारेमा हो । पास्टरहरूले अगुवाई र सुसज्जित पार्ने काम गर्छन् । र सदस्यहरू एउटाले अर्कालाई हौसला दिदै संसारमा खीष्टको मिसनलाई पूरा गर्ने काममा लाग्छन् ।

चर्च अगुवापन सम्बन्धी बुझाइ

चर्चलाई कसले अगुवाइ गर्छ ? यो कुरा किन परमेश्वरको लागि महत्वपूर्ण छ ?
परमेश्वरले आफ्नो महिमाको वास्ता राख्नुहुन्छ र उहाँले स्थानीय चर्चद्वारा आफ्नो महिमा प्रदर्शन गर्न चाहनुहुन्छ । यही उद्देश्यको निम्ति परमेश्वरले चर्चमा एल्डरहरू, डिकनहरू, सदस्यहरू, र चर्च सदस्यहरूको अधिकार स्थापित गर्नुभएको छ । चर्चको संरचना सम्बन्धी यस आधारभूत शिक्षाले चर्चको फरक ओहोदाहरूलाई एकअर्का र परमेश्वरको महिमासँगको सम्बन्धमा रहेर बुझ्न साहयता गर्दछ ।

 

चर्च अनुशासन सम्बन्धी बुझाइ

के आजको दिनमा पनि हामीले चर्च अनुशासन अभ्यास गर्नुपर्छ ? के चर्च अनुशासन अभ्यास गर्नु भनेको अप्रेमीलो हुनु हो ?
एक समय चर्च जीवनको एक सामान्य हिस्साको रूपमा अभ्यास हुँदै आएको चर्च अनुशासन २०औं शताब्दीतिर आइपुगेर विस्तार हराउंदै गयो । तर येशूले चर्च अनुशासन अभ्यास गर्नुपर्छ भनी आज्ञा गर्नुहुन्छ । पावलले चर्च अनुशासन अभ्यास गरे र चर्चहरूले यसको लाभ उठाए । चर्च अनुशासन किन अभ्यास गर्ने ? किनकि यसले पापमा फसको व्यक्तिप्रति, सम्पूर्ण चर्चाप्रति, गैर-ख्रीष्टियान छिमेकीप्रति र खीष्टको महिमाप्रति प्रेम देखाउँछ ।

 

Format

Language

Publisher

Reviews

There are no reviews yet.

Be the first to review “चर्चका आधारभूत शिक्षाहरू”

Your email address will not be published. Required fields are marked *