नयाँ गरी जन्मनुको अर्थ के हो?

Original price was: NPR 180.00.Current price is: NPR 135.00.

डा. आर. सी. स्प्रौल

डा. आर. सी. स्प्रौलले यस पुस्तिकामा येशूले निकोदेमसलाई दिनुभएको “नयाँ गरी जन्मनै पर्छ” भन्ने शिक्षालाई स्पष्ट रूपमा व्याख्या गर्नुभएको छ। नयाँ जन्म किन मुक्तिका लागि अपरिहार्य छ र यो कसरी हृदयमा परमेश्वरको सार्वभौम कार्य हो भन्ने कुरा बुझ्न मदत गर्छ।

आर. सी. स्प्रौलद्वारा लिखित महत्त्वपूर्ण प्रश्नहरूको शृङ्खलाले  ख्रीष्टियानहरू र विचारशील मानिसहरूले प्रायः सोध्ने महत्त्वपूर्ण प्रश्नहरूको सङ्क्षिप्त उत्तर प्रदान गर्दछ।

What Does It Mean to Be Born Again?

यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।

एक व्यक्ति कसरी दोस्रो चोटि जन्मन सक्छ र ?

जब येशूले यहूदी अगुवा निकोदेमसलाई भन्नुभयो, “तिमी नयाँ गरी जन्मिनै पर्छ,” तब निकोदेमसले अचम्मित हुँदै सोधे, “यो कसरी हुन सक्छ?” लगभग दुई हजार वर्ष बितिसक्दा पनि मानिसहरू अझै पनि “नयाँ गरी जन्मनु” भन्ने शब्दलाई लिएर दोधारमा छन्, यद्यपि पहिलेको तुलनामा अहिले धेरै मानिसहरूले आफूले यो अनुभव गरेको दाबी गर्छन् ।

यस पुस्तिकामा, डा. आर. सी. स्त्रौलले यो दोधारलाई स्पष्ट पार्दै नयाँ गरी जन्मनुको वास्तविक अर्थ के हो भन्ने कुरा सावधानीपूर्वक व्याख्या गर्नुभएको छ । डा. स्प्रौलले मुक्तिको निम्ति नयाँ जन्म अपरिहार्य छ भन्ने कुरामा जोर दिनुभएको छः र अगाडि बढ्दै जाँदा उहाँले यो नयाँ जन्म हाम्रो हृदयमा परमेश्वरको सार्वभौम कार्य हो भन्ने तथ्यलाई छर्लङ्ग पार्नुभएको छ ।

डा. आर. सी. स्प्रौलद्वारा लिखित महत्त्वपूर्ण प्रश्नहरूको शृङ्खलाले ख्रीष्टियानहरू र विचारशील मानिसहरूले प्रायः सोध्ने महत्त्वपूर्ण प्रश्नहरूको स‌ङ्क्षिप्त उत्तर प्रदान गर्दछ ।

464338654 8806716672713116 9108682251962866107 n

डा. आर. सी. स्प्रौल लिगोनियर मिनिस्ट्रिजका संस्थापक, स्यानफोर्ड, फ्लोरिडास्थित सेन्ट एण्ड्रयुज च्यापलका पहिलो सेवक तथा शिक्षक र रिफर्मेसन बाइबल कलेजका पहिलो अध्यक्ष हुनुहुन्थ्यो । उहाँ The Holiness of God लगायत एक सयभन्दा बढी पुस्तकहरूका लेखक हुनुहुन्थ्यो ।

थप जानकारी

  • लेखक: डा. आर. सी. स्प्रौल
  • स्वरूप: मुलायम कभर
  • (ISBN) नम्बर: 68
  • पृष्ठ संख्या: 9789905-605-05-3   
  • भाषा: नेपाली
  • प्रकाशन: गोस्पल पब्लिकेशन
Book Author

Format

Language

Pages

68

Publisher

Reviews

There are no reviews yet.

Be the first to review “नयाँ गरी जन्मनुको अर्थ के हो?”

Your email address will not be published. Required fields are marked *