पहिलो कदमहरूको शृङ्खला

Original price was: NPR 2,000.00.Current price is: NPR 1,099.00.

 

 चिन्हहरू पहिलो कदमहरूको शृङ्खला

Original price was: NPR 500.00.Current price is: NPR 300.00.
Original price was: NPR 500.00.Current price is: NPR 300.00.
Original price was: NPR 500.00.Current price is: NPR 300.00.
Original price was: NPR 500.00.Current price is: NPR 300.00.

विश्वास – मैले के जान्नु आवश्यक छ ?

शुरू शुरूका दिनहरूमा चर्चमा जाँदा, तपाई बाहेक अरू सबैजनालाई चर्च र बाइबलसँग सम्बन्धित धेरै कुरा थाहा भएको तर तपाईंलाई थाहा नभएको जस्तो अनुभव गर्न सक्नुहुन्छ। उनीहरू केही कुरामा सहमत हुन्छन् र उनीहरूलाई कसरी त्यस्तो कुरा थाहा भयो भनी तपाई निश्चित हुनुहुन्न। उनीहरूले ती कुरा बाइबलबाट सिक्छन् भन्नु नै यस प्रश्नको उत्तर हो ।

बाइबल, धेरै पहिलेदेखि कथाहरूले भरिएको एउटा ठुलो पुस्तक मात्र होइन । परमेश्वर, जीवन र मृत्युपछि के हुन्छ भन्ने बारेमा, हामीले के विश्वास गर्नुपर्छ भनी बाइबलले हामीलाई बताउँछ । कहिलेकाहीँ खीष्टियानहरूले यी विषयहरूलाई व्याख्या गर्न जटिल शब्दहरूको प्रयोग गर्छन्, तर तपाईले जान्नुपर्ने सबै थोक यस पुस्तकले विस्तृत रूपमा विभाजन गरेको छ र ती कुरा बुझ्नलाई कठिन छैन ।

परमेश्वर-के उहाँ हुनुहुन्छ ?

ख्रीष्टियानमतमा तपाई पूर्णरूपमा नयाँ हुनुहुन्छ भने, अथवा खीष्टियानमतको बारेमा अलिअलि सुन्नुभएको छ, तर त्यसपछि के गर्ने भन्ने थाहा छैन र यसबारे तपाईंसँग अझै धेरै महत्वपूर्ण प्रश्नहरू छन् भने पहिलो कदमहरू नामक शृङ्खलाले तपाईलाई सहायता गर्नेछ ।

प्रश्नहरूमध्ये सबैभन्दा महत्वपूर्ण प्रश्नबाट सुरू गरौं के परमेश्वर हुनुहुन्छ ? यदि उहाँ अस्तित्वमा हुनुहन्छ भने, हामीले कसरी थाहा पाउन पाउँछौं ? यदि उहाँ अस्तित्वमा हुनुहुन्छ भने, उहाँ कस्तो हुनुहुन्छ ? उहाँको अस्तित्वले हामीसँग के सरोकार राख्छ ? यो छोटो पुस्तकले यी प्रश्नहरू र अरु महत्वपूर्ण प्रश्नहरू सोच्नलाई मद्दत गर्नेछ ।

युद्ध- जीवन किन कठिन छ ?

अक्सर हाम्रो मस्तिष्क हामीले गर्न चाहेको र हामीले गर्नुपर्ने कुराको ज्ञानबीचको अन्धकारमय र एकल सङ्घर्षको चपेटामा पर्ने गर्दछ । त्यसबेला परमेश्वर टाढा र हामी दुर्गन्धले भरिएको महसुस गर्दछौं । पहिलो कदमहरू शृङ्खलाको दोस्रो पुस्तकले हरेक ख्रीष्टियानले भोग्ने दैनिक जीवनको समस्याहरूको सामना गर्दछ अनि जीवन किन कठिन छ ? भन्ने प्रश्नलाई नियाल्दछ ।

चर्च के म जानै पर्छ ?

कहिलेकाही चर्चलाई हेर्दा डर पनि लाग्न सक्छ किनकि यो सिद्ध जीवनयापन गरिरहेका मानिसहरूले भरिएको भवनजस्तो देखिन्छ, जहाँ भताभुङ्ग जिन्दगी भएका मानिसहरूका लागि ठाउँ छैन । तर यो कुरा सत्य होइन । वास्तवमा चर्च भनेको परमेश्वरको मानिसहरूको जमात हो। उनीहरू एक आपसमा भेला हुन्छन् किनकि उनीहरूले परमेश्वरलाई प्रेम गर्दछन् अनि उहाँको उपस्थितिलाई महसुस गर्नुका साथै एक-अर्कालाई पनि प्रेम गर्दछन् अनि एक-अर्काको आवश्यकतालाई पनि महसुस गर्दछन् । गेरेट केलले चर्च के हो र हामी चर्च गए पनि नगए पनि त्यो किन महत्वपूर्ण छ भन्ने कुराको बयान गर्दछन् ।

Format

Language

Publisher

Reviews

There are no reviews yet.

Be the first to review “पहिलो कदमहरूको शृङ्खला”

Your email address will not be published. Required fields are marked *