सुसमाचार के हो ?

Original price was: NPR 180.00.Current price is: NPR 135.00.

(दोस्रो संस्करण)

डा. आर. सी. स्प्रौल

उद्धार हाम्रो कामबाट होइन, तर ख्रीष्टको व्यक्ति र काममाथिको विश्वासद्वारा हुन्छ।

संसारका धेरै धर्म र दर्शनहरूले असल काम वा नैतिक जीवनद्वारा ईश्वरलाई खुसी पार्न सकिन्छ भन्छन्, तर बाइबलीय सुसमाचार यसको ठिक विपरीत छ। हामी आफ्नै प्रयासले कहिल्यै पवित्र परमेश्वरको स्तरमा पुग्न सक्दैनौँ न त खुसी नै पार्न सक्छौँ। र  सुसमाचारको मुख्य सन्देश नै यो हो कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो (रोमी ५:८)। हामीले पाउनुपर्ने सजाय र क्रूसको मृत्यु येशूले आफू माथि लिनुभयो, ताकि उहाँमाथि विश्वास गर्नेहरूले सित्तैंमा उद्धार र अनन्त जीवन पाउन सकून्।

डा. आर. सी. स्प्रौलले यस पुस्तिकामा दुष्टताको समस्यालाई व्याख्या गर्दै, इतिहासभरि ख्रीष्टियानहरूले सामना गरेका गाह्रो प्रश्नहरू र दुःखमा परमेश्वरमाथि भरोसा कसरी गर्ने भन्ने कुरा देखाउँछन्।

आर. सी. स्प्रौलद्वारा लिखित महत्त्वपूर्ण प्रश्नहरूको शृङ्खलाले  ख्रीष्टियानहरू र विचारशील मानिसहरूले प्रायः सोध्ने महत्त्वपूर्ण प्रश्नहरूको सङ्क्षिप्त उत्तर प्रदान गर्दछ।

The book “What Is the Gospel?” by Dr. R.C. Sproul has been translated into Nepali with the title “सुसमाचार के हो?”

यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।

के तपाईं सुसमाचारमा विश्वास गर्नुहुन्छ ?

परमेश्वर असल हुनुहुन्छ, त्यसैले हामीले असल जीवन जियौँ भने, उहाँले हामीलाई स्वीकार्नुहुन्छ भनी धेरै मानिसहरूले सोच्ने गर्छन्। तर यो असल खबर भने होइन, किनभने हामी कोही पनि परमेश्वरजस्तो असल छैनौँ। यदि हामीलाई आफ्नो हालमा छोडिदिने हो भने, हामी जुन कुराको योग्य छौं, त्यही कुरा पाउने छौंः उहाँको न्याय।

यो सानो पुस्तिकामा डा. आर. सी. स्प्रौलले सुसमाचारलाई, हामी जस्तो पापी मानिसहरूको निम्ति परमेश्वरको असल खबरलाई वर्णन गर्नुहुन्छ। जब हामी उहाँको धर्मी दण्डबाट आफैलाई कहिल्यै पनि बचाउन नसक्ने अवस्थामा थियौँ, परमेश्वरले हामीलाई उहाँको पुत्रमा भरोसा गर्नको निम्ति बोलाउनुभयो । येशू ख्रीष्टले मात्र हामीलाई उहाँको धर्मी जीवन, प्रायश्चितको मृत्यु र विजयी पुनरुत्थानद्वारा छुटकारा दिन सक्नुहुन्छ।

डा. आर. सी. स्प्रौलद्वारा लिखित महत्त्वपूर्ण प्रश्नहरूको शृङ्खलाले ख्रीष्टियानहरू र विचारशील मानिसहरूले प्रायः सोध्ने महत्त्वपूर्ण प्रश्नहरूको स‌ङ्क्षिप्त उत्तर प्रदान गर्दछ।

464338654 8806716672713116 9108682251962866107 n

डा. आर. सी. स्प्रौल लिगोनियर मिनिस्ट्रीका संस्थापक, स्यानफोर्ड, फ्लामा रहेको सेन्ट एन्ड्रयु च्यापलको प्रचार र शिक्षणको पहिलो सेवक, साथै रिफर्मेशन बाइबल कलेजका प्रथम अध्यक्ष हुनुहुन्थ्यो । उहाँ The Holiness of God लगायत अन्य सयभन्दा बढी पुस्तकहरूको लेखक हुनुहुन्छ ।

थप जानकारी

  • लेखक: डा. आर. सी. स्प्रौल
  • स्वरूप: मुलायम कभर
  • (ISBN) नम्बर: 9789905-9921-2-2
  • पृष्ठ संख्या: 86
  • भाषा: नेपाली
  • प्रकाशन: गोस्पल पब्लिकेशन

गोस्पल पब्लिकेशनमा आर.सी.स्प्रौलद्वारा लिखित नेपाली पुस्तकहरू,

WhatsApp Image 2025 05 30 at 09.15.16 d1e4aaee  WhatsApp Image 2025 05 21 at 14.56.11 f3d78a2b  111  qqqq 1  What is the Gospel 2  Book Cover Nepali1  Evil  Reformation

 

 

Book Author

Format

ISBN

9789937139649

Language

Pages

91

Publisher

1 review for सुसमाचार के हो ?

  1. Alive Tamang

    want to know the gospel

Add a review

Your email address will not be published. Required fields are marked *