के मैले साँच्चै मुक्ति पाएको छु भन्ने कुरामा म पक्का हुन सक्छ ?
Original price was: NPR 180.00.NPR 135.00Current price is: NPR 135.00.
म कसरी मुक्तिको साँचो निश्चयता प्राप्त गर्न सक्छु ?
आज चर्चमा धेरै विश्वासीहरू आफ्नो मुक्तिको विषयलाई लिएर अलमल र शङ्कामा परेका छन् । तर, आफूले मुक्ति पाएको कुरामा पूर्ण रूपमा निश्चित हुनु ख्रीष्टियानहरूका लागि सम्भव मात्र छैन, बरु आफ्नो बोलावट र चुनाउलाई पक्का गर्नु उनीहरूको आत्मिक कर्तव्य पनि हो (२ पत्रुस १:१०)।
यस सानो पुस्तिकामा, डा. आर.सी. स्प्रौलले विश्वासीहरूलाई यही महत्वपूर्ण लक्ष्यसम्म पुग्न ठोस मदत गर्नुभएको छ । यस पुस्तिकाका छोटा र बुझ्न सजिला अध्यायहरूमा डा. स्प्रौलले मुक्तिको साँचो निश्चयताको परिभाषा दिनुभएको छ; हामीले यसलाई कसरी प्राप्त गर्न सक्छौँ भन्ने कुरा देखाउनुभएको छ; यसले जीवनमा ल्याउने आशिषहरू प्रकट गर्नुभएको छ र झुटो निश्चयताको खतरनाक भ्रमहरूबारे गम्भीर चेतावनी दिनुभएको छ ।
डा. आर. सी. स्प्रौलद्वारा लिखित महत्त्वपूर्ण प्रश्नहरूको शृङ्खलाले ख्रीष्टियानहरू र विचारशील मानिसहरूले प्रायः सोध्ने महत्त्वपूर्ण प्रश्नहरूको सङ्क्षिप्त उत्तर प्रदान गर्दछ ।

डा. आर. सी. स्प्रौल लिगोनियर मिनिस्ट्रिजका संस्थापक, स्यानफोर्ड, फ्लोरिडास्थित सेन्ट एण्ड्रयुज च्यापलका पहिलो सेवक तथा शिक्षक र रिफर्मेसन बाइबल कलेजका पहिलो अध्यक्ष हुनुहुन्थ्यो । उहाँ The Holiness of God लगायत एक सयभन्दा बढी पुस्तकहरूका लेखक हुनुहुन्थ्यो ।
थप जानकारी
- लेखक: डा. आर. सी. स्प्रौल
- स्वरूप: मुलायम कभर
- (ISBN) नम्बर: 68
- पृष्ठ संख्या: 9789905-605-01-5
- भाषा: नेपाली
- प्रकाशन: गोस्पल पब्लिकेशन
| Book Author | |
|---|---|
| Format | |
| ISBN | 9789905-605-01-5 |
| Language | |
| Pages | 68 |
| Publisher |
















Reviews
There are no reviews yet.