के म मेरो मुक्ति गुमाउन सक्छु ?

Original price was: NPR 180.00.Current price is: NPR 135.00.

डा. आर. सी. स्प्रौल

डा. आर. सी. स्त्रौलले क्षमा नहुने पाप, विश्वासबाट पतन र साँचो मुक्तिको विषयमा धर्मशास्त्रीय उत्तर दिँदै, परमेश्वरले आफ्ना जनलाई अन्तसम्म सुरक्षित राख्नुहुन्छ भन्ने आश्वासन प्रस्तुत गर्नुभएको छ।

 महत्त्वपूर्ण प्रश्नहरूको शृङ्खलाले ख्रीष्टियानहरू र विचारशील मानिसहरूले प्रायः सोध्ने महत्त्वपूर्ण प्रश्नहरूको सङ्क्षिप्त उत्तर प्रदान गर्दछ।

Can I Lose My Salvation? by R. C. Sproul

यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।

के ख्रीष्टियानहरूले क्षमा नहुने पाप गर्न सक्छन् ?

आफ्नो पापको गम्भीरतालाई गहिरो रूपमा महसुस गरेका र विश्वासबाट पतन हुने बारेमा बाइबलले दिएका चेतावनीहरूको सामना गरिरहेका मानिसहरू कहिलेकाहीँ ‘म साँच्चै ख्रीष्टियान हुँ र ?’ भनी शङ्का गर्ने परीक्षामा पर्न सक्छन् ।

यस पुस्तिकामा, डा. आर. सी. स्त्रौलले एक साँचो ख्रीष्टियान विश्वासबाट पूर्ण रूपमा पतन हुन सक्छ कि सक्दैन भन्ने प्रश्नको उत्तर खोज्न धर्मशास्त्रको गहिरो अध्ययन गर्नुहुन्छ। उहाँले यस क्रममा क्षमा नहुने पाप, झुटो रूपमा परिवर्तन भएका मानिसहरू र विश्वासीहरूको जीवनमा पापको उपस्थितिजस्ता गम्भीर विषयहरूलाई सम्बोधन गर्नुभएको छ। जब ख्रीष्टियानहरूले उनीहरूलाई अन्तसम्मै सुरक्षित र स्थिर राख्ने परमेश्वरको अचुक प्रतिज्ञामाथि भरोसा गर्न सिक्छन्, तब मात्र उनीहरूले आफ्नो मुक्तिको साँचो निश्चितता प्राप्त गर्छन् ।

डा. आर. सी. स्प्रौलद्वारा लिखित महत्त्वपूर्ण प्रश्नहरूको शृङ्खलाले ख्रीष्टियानहरू र विचारशील मानिसहरूले प्रायः सोध्ने महत्त्वपूर्ण प्रश्नहरूको स‌ङ्क्षिप्त उत्तर प्रदान गर्दछ ।

464338654 8806716672713116 9108682251962866107 n

डा. आर. सी. स्प्रौल लिगोनियर मिनिस्ट्रिजका संस्थापक, स्यानफोर्ड, फ्लोरिडास्थित सेन्ट एण्ड्रयुज च्यापलका पहिलो सेवक तथा शिक्षक र रिफर्मेसन बाइबल कलेजका पहिलो अध्यक्ष हुनुहुन्थ्यो । उहाँ The Holiness of God लगायत एक सयभन्दा बढी पुस्तकहरूका लेखक हुनुहुन्थ्यो ।

थप जानकारी

  • लेखक: डा. आर. सी. स्प्रौल
  • स्वरूप: मुलायम कभर
  • (ISBN) नम्बर: 9789905-605-02-2   
  • पृष्ठ संख्या: 60
  • भाषा: नेपाली
  • प्रकाशन: गोस्पल पब्लिकेशन
Book Author

Format

ISBN

9789905-605-02-2

Language

Pages

60

Publisher

Reviews

There are no reviews yet.

Be the first to review “के म मेरो मुक्ति गुमाउन सक्छु ?”

Your email address will not be published. Required fields are marked *