के परमेश्वर अस्तित्वमा हुनुहुन्छ ?
NPR 135.00
आर. सी. स्प्रौल
यस पुस्तिकामा आर. सी. स्प्रौलले देखाउनुहुन्छ कि परमेश्वरमा विश्वास गर्नु भनेको तर्क वा बुद्धिलाई नकार्नु होइन। उहाँले नास्तिकहरूको सामान्य तर्कहरूको खण्डन गर्दै परमेश्वरको अस्तित्व अस्वीकार गर्नुको असङ्गत र अतार्किक स्वभाव उजागर गर्नुहुन्छ ।
आर. सी. स्प्रौलद्वारा लिखित महत्त्वपूर्ण प्रश्नहरूको शृङ्खला ख्रीष्टियानहरू र विचारशील मानिसहरूले प्रायः सोध्ने महत्त्वपूर्ण प्रश्नहरूको सङ्क्षिप्त उत्तर प्रदान गर्दछ।
The book “Does God Exist?” by R. C. Sproul has been translated into Nepali with the title “के परमेश्वर अस्तित्वमा हुनुहुन्छ ?”
यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।
के हामी परमेश्वरको अस्तित्वलाई प्रमाणित गर्न सक्छौँ ?
धेरै मानिसहरूले परमेश्वरमाथि विश्वास गर्छन्, तर के उहाँको अस्तित्व प्रमाणित गर्न सकिन्छ ? कि हामीले कुनै आधारबिना केवल विश्वास गर्नुपर्छ ?
यस पुस्तिकामा, डा.आर.सी.स्प्रौलले परमेश्वरमा विश्वास गर्नु भनेको तर्क वा बुद्धिलाई नकार्नु होइन भन्ने कुरा देखाउनुहुन्छ। वास्तवमा, तर्क र कारणहरूले स्पष्ट रूपमा देखाउँछ कि परमेश्वर अस्तित्वमा हुनुहुन्छ र कसैसँग पनि आफ्नो अविश्वासको लागि उचित बहाना छैन । डा. स्प्रौलले नास्तिकहरूको सामान्य तर्कहरूको खण्डन गर्दै परमेश्वरको अस्तित्व अस्वीकार गर्नुको असङ्गत र अतार्किक स्वभाव उजागर गर्नुहुन्छ।
डा. आर. सी. स्प्रौलद्वारा लिखित महत्त्वपूर्ण प्रश्नहरूको शृङ्खलाले ख्रीष्टियानहरू र विचारशील मानिसहरूले प्रायः सोध्ने महत्त्वपूर्ण प्रश्नहरूको सङ्क्षिप्त उत्तर प्रदान गर्दछ।

डा. आर. सी. स्प्रौल लिगोनियर मिनिस्ट्रीका संस्थापक, स्यानफोर्ड, फ्लामा रहेको सेन्ट एन्ड्रयु च्यापलको प्रचार र शिक्षणको पहिलो सेवक, साथै रिफर्मेशन बाइबल कलेजका प्रथम अध्यक्ष हुनुहुन्थ्यो । उहाँ The Holiness of God लगायत अन्य सयभन्दा बढी पुस्तकहरूको लेखक हुनुहन्छ।
थप जानकारी
- लेखक: डा. आर. सी. स्प्रौल
- स्वरूप: मुलायम कभर
- (ISBN) नम्बर: 9789937-9813-5-4
- पृष्ठ संख्या: 72
- भाषा: नेपाली
- प्रकाशन: गोस्पल पब्लिकेशन
गोस्पल पब्लिकेशनमा आर.सी.स्प्रौलद्वारा लिखित नेपाली पुस्तकहरू,
| Book Author | |
|---|---|
| Format | |
| ISBN | 9789937-9813-5-4 |
| Language | |
| Pages | 72 |
| Publisher |





















Reviews
There are no reviews yet.