दुष्टता किन अस्तित्वमा छ ?
Original price was: NPR 180.00.NPR 135.00Current price is: NPR 135.00.
डा. आर. सी. स्प्रौल
संसारमा दुःख, पीडा र दुष्टता किन छ?
यो ख्रीष्टियान विश्वासले सामना गर्ने सबैभन्दा गाह्रो प्रश्नहरूमध्ये एक हो। यस पुस्तिकामा, डा. आर. सी. स्प्रौलले दुष्टताको समस्यालाई बाइबलीय दृष्टिकोणबाट व्याख्या गर्दै, सबै परिस्थितिमाथि सार्वभौम शासन गर्नुहुने र आफ्ना जनहरूको भलाइका लागि सबै कुरा प्रयोग गर्नुहुने परमेश्वरमाथि भरोसा गर्न सिकाउनुहुन्छ।
यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।
यदि परमेश्वर अस्तित्वमा हुनुहुन्छ भने, किन खराब कुराहरू हुन्छन् ?
संसारमा यति धेरै दुःख, पीडा र दुष्टता छ, आखिर यी सबै कुराहरू भइराख्दा परमेश्वर कहाँ हुनुहुन्छ ? यो ख्रीष्टियानहरूले सामना गर्नुपर्ने एउटा महत्त्वपूर्ण प्रश्न हो। यो हाम्रो विचारलाई कमजोर बनाउन खोज्ने एउटा साधारण आरोप पनि हो। दुष्टतासम्बन्धी प्रश्नहरू उठ्दा, हामीले सन्देहवादीहरूलाई कसरी जवाफ दिने र दुःख भोग्नेहरूलाई कसरी सान्त्वना दिने ?
यस पुस्तिकामा, डा. आर.सी. स्प्रौलले दुष्टताको समस्यालाई सम्बोधन गर्नुहुन्छ र ख्रीष्टियानहरूले इतिहासभरि यस्तै गाहो प्रश्नहरूसँग कसरी सङ्घर्ष गर्दै आएका थिए भन्ने कुरा देखाउनुहुन्छ। हामी पनि ती विश्वासीहरूसँगै यस संसारलाई नियन्त्रण गर्नुहुने र यस संसारमा हुने सबै कुरालाई हाम्रो भलाइको निम्ति प्रयोग गर्नुहुने परमेश्वरमाथि भरोसा गर्न सक्छौँ।
डा. आर. सी. स्प्रौलद्वारा लिखित महत्त्वपूर्ण प्रश्नहरूको शृङ्खलाले ख्रीष्टियानहरू र विचारशील मानिसहरूले प्रायः सोध्ने महत्त्वपूर्ण प्रश्नहरूको सङ्क्षिप्त उत्तर प्रदान गर्दछ।

डा. आर. सी. स्प्रौल लिगोनियर मिनिस्ट्रीका संस्थापक, स्थानफोर्ड, फ्लामा रहेको सेन्ट एन्ड्रयु च्यापलको प्रचार र शिक्षणको पहिलो सेवक, साथै रिफर्मेशन बाइबल कलेजका प्रथम अध्यक्ष हुनुहुन्थ्यो। उहाँ The Holiness of God लगायत अन्य सयभन्दा बढी पुस्तकहरूको लेखक हुनुहुन्छ।
थप जानकारी
- लेखक: डा. आर. सी. स्प्रौल
- स्वरूप: मुलायम कभर
- (ISBN) नम्बर: 9789937-9917-2-8
- पृष्ठ संख्या: 92
- भाषा: नेपाली
- प्रकाशन: गोस्पल पब्लिकेशन
गोस्पल पब्लिकेशनमा आर.सी.स्प्रौलद्वारा लिखित नेपाली पुस्तकहरू,
| Book Author | |
|---|---|
| ISBN | 9789937-9917-2-8 |
| Format | |
| Language | |
| Pages | 92 |
| Publisher |























Reviews
There are no reviews yet.