पूर्वनियुक्ति के हो ?

Original price was: NPR 180.00.Current price is: NPR 135.00.

डा. आर. सी. स्प्रौल

डा. आर. सी. स्प्रौलले यस पुस्तिकामा पूर्वनियुक्तिको सिद्धान्तबारे बाइबलको शिक्षालाई सरल रूपमा प्रस्तुत गर्नुभएको छ। यसले परमेश्वरको सार्वभौम अनुग्रह, मानिसको इच्छा र मुक्तिसम्बन्धी जटिल प्रश्नहरूलाई स्पष्ट पार्छ।

आर. सी. स्प्रौलद्वारा लिखित महत्त्वपूर्ण प्रश्नहरूको शृङ्खलाले  ख्रीष्टियानहरू र विचारशील मानिसहरूले प्रायः सोध्ने महत्त्वपूर्ण प्रश्नहरूको सङ्क्षिप्त उत्तर प्रदान गर्दछ।

What Is Predestination? by R. C. Sproul

यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।

परमेश्वरले किन केहीलाई बचाउनुहुन्छ र अरूलाई बचाउनुहुन्न ?

बाइबलले स्पष्ट रूपमा सिकाउँछ कि, हाम्रो मुक्तिमा हाम्रो आफ्नो कुनै योगदान हुँदैन । “यो त परमेश्वरको वरदान हो” (एफिसी २:८), र केवल उहाँले मात्र उद्धार गर्नुहुन्छ। तैपनि, धेरै ख्रीष्टियानहरू यस विचारसँग पूर्णतः सहमत हुन सक्दैनन्। तिनीहरू तर्क गर्छन्- यदि कसले विश्वास गर्नेछ भन्ने कुरा परमेश्वरले नै तय गर्नुहुन्छ भने, के यसले मानिसको स्वतन्त्र इच्छालाई रद्द गर्दैन र ? अनि कुनै विकल्प वा छनोट नै नभएका मानिसहरूलाई दण्ड दिनु के अन्याय होइन र?

यस पुस्तिकामा, डा. आर. सी. स्प्रौलले पूर्वनियुक्तिको सिद्धान्तबारे व्याप्त साझा भ्रम र गलत बुझाइहरूलाई स्पष्ट पार्नुभएको छ। यो सिद्धान्तले मानिसलाई निष्क्रिय वा भाग्यवादी बनाउँदैन, बरु यसले परमेश्वरको अनुग्रहको असीम सम्पत्तिलाई उजागर गर्छ र हाम्रो आत्मालाई गहिरो शान्ति तथा सान्त्वना प्रदान गर्छ।

डा. आर. सी. स्प्रौलद्वारा लिखित महत्त्वपूर्ण प्रश्नहरूको शृङ्खलाले ख्रीष्टियानहरू र विचारशील मानिसहरूले प्रायः सोध्ने महत्त्वपूर्ण प्रश्नहरूको स‌ङ्क्षिप्त उत्तर प्रदान गर्दछ ।

464338654 8806716672713116 9108682251962866107 n

डा. आर. सी. स्प्रौल लिगोनियर मिनिस्ट्रिजका संस्थापक, स्यानफोर्ड, फ्लोरिडास्थित सेन्ट एण्ड्रयुज च्यापलका पहिलो सेवक तथा शिक्षक र रिफर्मेसन बाइबल कलेजका पहिलो अध्यक्ष हुनुहुन्थ्यो । उहाँ The Holiness of God लगायत एक सयभन्दा बढी पुस्तकहरूका लेखक हुनुहुन्थ्यो ।

थप जानकारी

  • लेखक: डा. आर. सी. स्प्रौल
  • स्वरूप: मुलायम कभर
  • (ISBN) नम्बर: 9789905-605-04-6   
  • पृष्ठ संख्या: 64
  • भाषा: नेपाली
  • प्रकाशन: गोस्पल पब्लिकेशन
Book Author

Format

ISBN

9789905-605-04-6

Language

Pages

64

Publisher

Reviews

There are no reviews yet.

Be the first to review “पूर्वनियुक्ति के हो ?”

Your email address will not be published. Required fields are marked *