व्याख्यात्मक प्रचार के होइन ?

कसैले खुसीसाथ परमेश्वरको वचन आधिकारिक छ, र बाइबल त्रुटीरहित छ भनी दाबी गर्न सक्छ । तर यदि उक्त व्यक्तिले आफ्नो अभ्यासमा (जानेर वा अन्जानमा) व्याख्यात्मक प्रचार गर्दैन भने, उसले आफ्नै दाबीलाई इन्कार गर्दछ ।
कहिलेकाहीँ मानिसहरू व्याख्यात्मक प्रचारलाई, तिनीहरूले अवलोकन गरेका निश्चित व्याख्यात्मक प्रचारकसँग दाँजेर अन्योलमा पर्छन् । तर व्याख्यात्मक प्रचार आधारभूत रूपमा प्रचारको कुनै शैली होइन। कतिले भन्छन् कि, व्याख्यात्मक प्रचार, प्रचारकले भनेका कुरा उनले कसरी भन्छन् भन्दा पनि उनले के भन्ने भनी निर्धारण गर्छन् भन्ने हो। के हाम्रो विषयलाई धर्मशास्त्रले निर्धारण गर्दैछ कि अरू कुनै कुराले ? व्याख्यात्मक प्रचार कुनै निश्चित ढाँचा वा शैलीद्वारा चिनिँदैन । शैलीहरू फरक-फरक हुन सक्छन्। बरु, यसको सट्टा यो बाइबलीय विषयवस्तुद्वारा चिनिन्छ ।
कहिलेकाहीँ मानिसहरूले व्याख्यात्मक प्रचार भनेको कुनै एउटा पद पढ्नु, र त्यस पदसँग अलिअलि मात्र सम्बन्धित कुनै विषयमा प्रचार गर्नु हो भनी मान्छन् । तर जब एक प्रचारकले आफ्नै रोजाइको विषयमा चर्चमा प्रचार गर्छ, र आफ्नो भनाइलाई समर्थन गर्न मात्र बाइबलीय पदहरू प्रयोग गर्छ, तब उसले आफूलाई पहिले नै थाहा भएको कुराभन्दा बढी कहिल्यै प्रचार गर्दैन। अनि प्रचारकलाई पहिले जति थाहा छ, त्यति मात्र चर्चले पनि सिक्छ । व्याख्यात्मक प्रचारलाई त्यो भन्दा बढी कुराको आवश्यक पर्दछ । यसको लागि खण्डको सन्दर्भमा सावधानीपूर्वक ध्यान दिन आवश्यक छ, किनभने यसले बाइबलको खण्डको मुख्य बुँदालाई प्रचारको मुख्य बुँदा बनाउने कोसिस गर्दछ । जब प्रचारकले धर्मशास्त्रको खण्डलाई त्यसको सन्दर्भसहित प्रचार गरेर चर्चलाई उपदेश दिन्छ (जहाँ खण्डको मुख्य बुँदा नै प्रचारको मुख्य बुँदा हुन्छ), तब प्रचारक र चर्च दुवैले, परमेश्वरबाट ती कुराहरू सुन्नेछन्, जुन प्रचारकले प्रचार तयारी र अध्ययन गर्न बस्दा, भन्छु भनेर सोचेकै हुँदैन “अर्को हप्ता” हामी लूका १ मा हेर्नेछौं, र लूका १ बाट परमेश्वरले हामीलाई जे सिकाउनु हुन्छ, त्यसलाई हेर्नेछौँ । त्यसपछिको हप्ता हामी लूका २ मा हेर्नेछौं, र लूका २ बाट परमेश्वरले हामीलाई जे सिकाउनु हुन्छ, त्यसलाई हेर्नेछौँ। त्यसपछिको हप्ता….)।
जसै हामी हाम्रो ख्रीष्टियान जीवनको हरेक कदमलाई पश्चतापको लागि पहिलो बोलावटदेखि लिएर पवित्र आत्माद्वारा गरिएको हालैको दोषबोधको कामसम्म – विचार गछौँ, तब यस कुराले अर्थ राख्छ। के हामीले परमेश्वरबाट पहिले कहिल्यै नसुनेका नयाँ कुराहरू सुनेर मात्रै अनुग्रहमा वृद्धि हुने हरेक चरण पार गरेका होइनौँ र ?
एक प्रचारकको सेवकाइ परमेश्वरको वचनप्रतिको यही प्रकारको व्यावहारिक समर्पणताले चिनिनुपर्छ । यसमा गल्ती नगर्नुहोस् कि, अन्ततः आफ्नो प्रचारकको बारेमा यो कुरा सत्य हो भनेर निश्चित गर्ने जिम्मेवारी चर्चको हो। मत्ती १८ मा येशूले, र गलाती १ मा पावलले चर्चमा हुने कुराहरूको अन्तिम जिम्मेवारी चर्च समुदायसँग छ भनी मान्नुहुन्छ । त्यसैकारण, चर्चले परमेश्वरको वचन सुन्न र सिकाउन प्रतिबद्ध नहुने मानिसलाई चर्च समुदायमाथि आत्मिक हेरचाहको जिम्मेवारी दिनुहुँदैन । जब यस्तो हुन्छ, यसले चर्चको वृद्धिलाई असर गर्छ, र चर्च पास्टरको स्तरभन्दा माथि कहिल्यै परिपक्व हुन सक्दैन भन्ने कुरालाई निश्चित गर्छ। चर्च बिस्तारै परमेश्वरको स्वरूपमा नभई पास्टरको स्वरूपमा परिवर्तन हुँदै जान्छ ।
–मार्क डेभर







