सबै नाउँहरूभन्दा उच्च नाउँ
-एलिस्टर वेग र सिनक्लेएर बी. फर्गसन
उहाँका नाउँहरूमाथि मनन गर्दा हामीलाई धर्मशास्त्रका अर्थहरू बुझ्न र पालन गर्न मदत हुन्छ।
येशू ख्रीष्टलाई सबै नाउँहरूमध्ये उच्च नाउँ दिइएको छ। उहाँका नाउँहरूको शृङ्खला उत्पत्तिदेखि प्रकाशको पुस्तकसम्म पुग्छ। यी नाउँहरूले उहाँको अतुलनीय चरित्र प्रकट गर्छन्। उहाँका नाउँहरूमाथि मनन गर्दा हामी धर्मशास्त्रका अर्थहरू बुझ्न, उहाँमा ध्यान केन्द्रित गर्न र उहाँको महानता मनन गर्न तयार हुन्छौँ।
NAME ABOVE ALL NAMES Alistair Begg & Sinclair B. Ferguson
यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।
येशू खीष्टलाई सबै नाउँहरूमध्ये उच्च नाउँ दिइएको छ। उहाँलाई दिइएका नाउँहरूको शृङ्खला उत्पत्तिदेखि सुरु भएर प्रकाशको पुस्तकमा पुगेर टुङ्गिन्छ। यी सबै नाउँहरूलाई समग्रमा हेर्दा, तिनीहरूले हाम्रा मुक्तिदाता र प्रभु येशू ख्रीष्टको अतुलनीय चरित्रलाई प्रकट गर्छन् । उहाँका यी नाउँहरूमाथि विचार गर्दा, यसले हामीलाई धर्मशास्त्रका अर्तिहरू पालन गर्न, उहाँमाथि आफ्नो ध्यान केन्द्रित गर्न र उहाँ कति महान् हुनुहुन्छ भनी मनन गर्न अझ राम्रोसँग तयार पार्दछ ।
“एक दिन उहाँको नाम सुन्नेबित्तिकै हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नेछन् । यदि तपाई किन भनेर बुझ्न चाहनुहुन्छ भने, येशू को हुनुहुन्छ र उहाँले के गर्नुभएको छ भन्ने यस सरल तर गहन अवलोकनद्वारा आफ्नो प्राणलाई पोषण दिनुहोस् ।”
जोन मकार्थर, पास्टर, ग्रेस कम्युनिटी चर्चः अध्यक्ष, द मास्टर्स कलेज एन्ड सेमिनरीः वक्ता, ग्रेस टु यु
“सबै नाउँहरूभन्दा उच्च नाउँ नामक यस पुस्तकमा, मेरा मित्रहरू एलिस्टर वेग र सिनक्लेएर फर्गसनले हामीलाई हाम्रो अद्भुत मुक्तिदाता र उहाँलाई सुन्दर र प्रशंसनीय बनाउने सबै कुराहरूमाथि नयाँ दृष्टिले ध्यान केन्द्रित गर्न आमन्त्रित गरेका छन् । म यस उल्लेखनीय पुस्तकको उच्च सिफारिस गर्दछु!”
जोनी एरिक्सन टाडा, संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत, जोनी एन्ड फ्रेन्ड्स इन्टरनेशनल डिसेबिलिटी सेन्टर

एलिस्टर वेग क्लिभल्याण्ड, ओहायोस्थित पार्कसाइड चर्चका वरिष्ठ पास्टर र टूथ फर लाइफका बाइबल शिक्षक हुनुहुन्छ। उहाँ विवाहित हुनुहुन्छ, र उहाँकी श्रीमतीको नाम सुसान हो र उहाँहरूको तीन वयस्क सन्तान छन् ।

सिनक्लेएर बी. फर्गसन लिगोनियर मिनिस्ट्रिजका शिक्षक र उपाध्यक्ष हुनुहुन्छ ।साथै, उहाँ रिफर्ड थियोलोजिकल सेमिनरीमा सुव्यवस्थित ईश्वरशास्त्रका प्राध्यापक Devoted to God’s पनि हुनुहुन्छ । उहाँ The Whole Christ, Maturity Church लगायत थुप्रै पुस्तकहरूका लेखक हुनुहुन्छ ।
थप जानकारी
- लेखक: एलिस्टर वेग र सिनक्लेएर बी. फर्गसन
- स्वरूप: मुलायम कभर
- (ISBN) नम्बर: 9789905-605-10-7
- पृष्ठ संख्या: 224
- भाषा: नेपाली
- प्रकाशन: गोस्पल पब्लिकेशन
| Book Author | |
|---|---|
| Format | |
| ISBN | 9789905-605-10-7 |
| Language | |
| Pages | 224 |
| Publisher |
















Reviews
There are no reviews yet.