अनौठो आगो

Original price was: NPR 700.00.Current price is: NPR 499.00.

-जोन मकार्थर 

झुटो आराधनाद्वारा पवित्र आत्मालाई दुःखी तुल्याउने खतरा

पवित्र आत्मा परमेश्वर हुनुहुन्छ, त्यसैले उहाँको सही बुझाइ, आदर र सत्यतामा आराधना गर्नुपर्छ। जोन मकार्थरका शिक्षाले धेरैलाई पवित्र आत्मा र उहाँको कामलाई बाइबलीय रूपमा बुझ्न मदत गरेको छ।

STRANGE FIRE BY JOHN MACARTHUR

यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।

पवित्र आत्मा र उहाँको कामको भ्रष्ट अवधारणालाई फैलाउनु ईश्वरनिन्दाभन्दा अरू केही होइन, किनकि पवित्र आत्मा परमेश्वर हुनुहुन्छ । उहाँको नाउँ उच्च पारिनुपर्छ, उहाँको आदर गरिनुपर्छ र उहाँको आराधना गरिनुपर्छ। उहाँ जो हुनुहुन्छ र उहाँले जे गर्नुहुन्छ, त्यसको निम्ति पिता र पुत्रसँगै उहाँको महिमा सदा हुनुपर्छ। ती व्यक्तिहरूले उहाँलाई प्रेम गर्नुपर्छ र उहाँप्रति धन्यवादी हुनुपर्छ, जसमा उहाँ वास गर्नुहुन्छ। तर, त्यसको निम्ति उहाँको आराधना सत्यतामा गरिनुपर्छ ।

“केही वर्षअघि हामीले हाम्रो सन्तान गुमायौँ। त्यति बेला हाम्रो चर्चका केही सदस्यहरूले हाम्रो जीवनमा उनको च‌ङ्गाइका लागि पर्याप्त विश्वास’ नभएको कुरा सुनाए। अरू कतिले त हाम्रो जीवनमा कुनै लुकेको पाप हुनुपर्छ भन्नेसम्मका कुरा गरे। म जोन मकार्थरको शिक्षण सेवकाइका निम्ति प्रभुको महिमा गर्छु। म र मेरी श्रीमतीले उहाँका पुस्तकहरू र शिक्षाहरूबाट यति धेरै कुरा सिक्न पायौं कि हामी दशकौंदेखि धाइरहेको क्यारिज्म्याटिक चर्चको बन्धनबाट बाहिर निस्कन सफल भयौँ। त्यहाँ अझै पनि धेरै भ्रमित क्यारिज्म्याटिकहरू छन्, जसले बाइबलीय सत्य सुन्नु अति आवश्यक छ।”

– माइकल

“म क्यारिज्म्याटिक पृष्ठभूमिबाट आएको व्यक्ति हूँ र जोन मकार्थरको शिक्षाले मेरो आत्मिक आँखा खोलिदिएको छ। मेरो परिवार र हाम्रो चर्चलाई यी झुटा शिक्षाहरूको बन्धनबाट छुटकारा दिनुभएकोमा म परमेश्वरप्रति पूर्ण रूपमा कृतज्ञ छु।”

– क्रिस्टल

macarthur john

जोन मकार्थर  आफ्नो समयका प्रमुख बाइबल शिक्षकहरूमध्ये एक हुनुहुन्थ्यो, जसले लाखौँ मानिसहरूको जीवनलाई परिवर्तन गर्ने थुप्रै पुस्तकहरू लेख्नुभएको छ। उहाँ क्यालिफोर्नियाको सन भ्यालीस्थित प्रेस कम्युनिटी चर्चका पास्टर शिक्षक, साथै द मास्टर्स कलेज एण्ड सेमिनारीका अध्यक्ष हुनुहुन्थ्यो। उहाँ ग्रेस टु यू सेवकाइका अध्यक्ष पनि हुनुहुन्थ्यो । उहाँले नै द मकार्थर  अध्ययन बाइबलका टिप्पणीहरू लेख्नुभएको हो, र त्यो बाइबलको ५,००,००० भन्दा बढी प्रतिहरू विक्री भइसकेका छन्।

थप जानकारी

  • लेखक: जोन मकार्थर 
  • स्वरूप: मुलायम कभर
  • (ISBN) नम्बर: 9789905-605-06-0   
  • पृष्ठ संख्या: 388
  • भाषा: नेपाली
  • प्रकाशन: गोस्पल पब्लिकेशन
ISBN

9789905-605-06-0

Reviews

There are no reviews yet.

Be the first to review “अनौठो आगो”

Your email address will not be published. Required fields are marked *