हाम्रो साङ्गीतिक आराधनाको अनुभवलाई के ले असल बनाउँछ?

यो प्रश्न जनकबाट आएको छ।
उहाँ लेख्नुहुन्छ:
“जयमसीह , पास्टर जोन। धेरै मानिसहरू असल आराधनाको अनुभवलाई सङ्गीतको गुणस्तर र भावनात्मक प्रभावसँग जोड्छन्। उनीहरूका अनुसार, सङ्गीत जति उत्कृष्ट र भावनात्मक हुन्छ, आराधना पनि त्यति नै शक्तिशाली हुन्छ। त्यसैले केहीले बाइबलीय रूपमा कमजोर भए पनि भावनात्मक रूपमा प्रभावशाली गीतहरूको समर्थन गर्छन्।यसबाहेक, केही चर्चहरूले आराधनाको अनुभवमा बाधा पर्छ भनेर बालबालिकालाई समेत गायनको समयमा सहभागी गराउँदैनन्।त्यसैले मेरो प्रश्न छ—एउटा असल संगीतमय आराधनाको अनुभवलाई वास्तवमा के ले असल बनाउँछ?”
यसको जवाफ पास्टर जोन यसरी दिनुहुन्छ:
पास्टर जोन:
बालबालिकाहरूलाई आराधनाको समयमा बाहिर नलैजानुहोस्। नोएल र मैले बेथलेहेममा हाम्रो सेमिस्टरको पहिलो वा दोस्रो वर्षतिर एउटा लेख लेखेका थियौँ, जसमा हामीले बालबालिकाहरूको छुट्टै चर्च हुनु हुँदैन भन्ने तर्क गरेका थियौँ। तर बालबालिकाहरू तीन वर्षको उमेरपछि आराधना सेवामा बस्न भने सक्छन्। त्यहाँ मेरो तर्क यो थियो: तीन, चार, पाँच, छ र सात वर्षका बालबालिकाहरूले परमेश्वरप्रति एक परिपक्व मानिसको हृदय कस्तो हुन्छ भनेर कसरी सिक्न सक्छन्, यदि उनीहरूले आफ्ना बुबालाई आराधनामा गाइरहेको, प्रार्थना गरिरहेको र परमेश्वरप्रति पवित्र श्रद्धामा झुकेको देख्दैनन् भने? हामीले गर्ने आराधनाका असल अनुभवहरूमा यस्तै अझै धेरै कुराहरू भइरहेका हुन्छन्।
मन र मस्तिष्कले आराधना गर्नु:
त्यो प्रश्न सुन्दा मेरो दिमागमा आएको अर्को कुरा के थियो भने, अनुभव शब्दलाई नकारात्मक रूपमा हेरिन्छ, किनभने यसमा खाली भावनात्मकताको अर्थ हुन्छ। त्यसैले यसरी भन्ने गरिन्छ, “त्यो त केवल एउटा अनुभव थियो।”
तर अङ्ग्रेजीमा अनुभव शब्द आवश्यक छ। मेरो मतलब, यो एउटा अत्यन्तै राम्रो शब्द हो। आराधना एउटा अनुभव हो।
हजुर, आराधना अनुभव हो। तर यो कस्तो अनुभव हो भनेर स्पष्ट पार्नु आवश्यक छ। यसलाई राम्रो बनाउने कुरा भनेको के त्यो अनुभवमा सत्यता छ, र के त्यस अनुभवको बुझाइमा मूल्य, सुन्दरता र महानताप्रति स्नेहपूर्ण प्रतिक्रिया समावेश भएको छ।
जोनथन एडवार्ड्स भन्छन्, “परमेश्वरले संसारमा दुई तरिकाले आफूलाई महिमित गर्नुहुन्छ। उहाँ आफ्नो महिमा देखिने (अर्थात् ज्ञात, बुझिएको) र आफ्नो महिमामा आनन्दित भएर आफूलाई महिमित गर्नुहुन्छ। जसले परमेश्वरको महिमा देख्छ, उसले उहाँलाई त्यति महिमा दिँदैन, जति त्यो महिमामा आनन्दित हुनेले गर्छ।” जब मैले त्यो वाक्य पढेँ, मैले सोचेँ कि उहाँ एकदमै सही हुनुहुन्छ।
हिजो मैले यसो भनेको कुरा तपाईंले सुन्नुभयो कि, “परमेश्वर आधा महिमावान हुनुहुन्न।” जसको अर्थ, उहाँ प्रेमको कुनै अनुभव नै नभएको केवल सैद्धान्तिक रूपमा मात्र सही चर्च चाहनुहुन्न। अनि परमेश्वरले त्यस्तो चर्च पनि चाहनुहुन्न, जहाँ केवल भावना र प्रेमको महसुस मात्र समावेश हुन्छन्। त्यहाँ परमेश्वरको प्रकृति र उहाँले संसारमा के गर्नुभएको छ भन्नेबारे लगभग कुनै गहन बुझाइ नै हुँदैन।
त्यसकारण एउटा असल आराधनाको अनुभवका निम्ति म के खोजिरहेको छु भने, के त्यो आराधना सत्यताले समृद्ध छ?—स्वागतको समयमा सत्यता, प्रार्थनामा सत्यता, प्रचारमा सत्यता, गायनमा सत्यता। के त्यो आराधनामा गाइने गीतका शब्दहरू बाइबलीय सत्यताले भरिपूर्ण छन्, जसलाई चर्चले प्रेम गर्छ? अनि त्यस आराधनामा सहभागी हुने मानिसहरूले यसले फरक पार्छ भनी के केही प्रमाण दिन सक्छन्? जस्तै, के यसले कसैलाई छुन्छ? के कसैले केही कुराको अनुभव गरे? किनकि त्यो चर्च पूर्ण रूपमा खाली छ। मैले भन्न खोजेको कुरा, त्यो भावनाविहीन छ। म यस्तो सोचिरहेको छु कि, त्यहाँ परमेश्वरको महिमा भइरहेको छैन। त्यहाँ परमेश्वरलाई मूल्यवान ठानिएको छैन। त्यहाँ परमेश्वरको कदर भइरहेको छैन। त्यहाँ परमेश्वरमा आनन्द मनाइरहेको छैन। त्यो आराधना नै होइन। त्यहाँ सिद्धान्त कति सत्य छ, वा प्रचार कति सरल र सीधा छ भनेर म वास्ता गर्दिनँ। त्यसैले मलाई लाग्छ, आराधनाको अनुभवलाई राम्रो बनाउनका लागि यी धेरै महत्त्वपूर्ण कुराहरू हुन्।
त्यसकारण म अनुमान लगाउँछु (अथवा मैले यो अनुमान लगाउनु हुँदैन) कि, हाम्रो आराधनाको प्रमुख पात्र सम्पूर्ण समूह (चर्च-भेला) हो। आराधना भनेको चर्चले एकसाथ गाउने, प्रार्थना गर्ने, पाप स्वीकार गर्ने र वचन पाठ गर्ने कार्य हो। चर्च भनेको आराधना गर्ने निकाय हो, जसमा सङ्गीत समूहका मानिसहरू र अन्य चर्चका अगुवाहरूले अगाडिबाट सहयोग गर्छन्। यसले एउटा प्रश्न खडा गर्छ: त्यो नेतृत्व कस्तो देखिन्छ? त्यो सम्भव बनाउनका लागि राम्रो नेतृत्व कस्तो हुनेछ? ताकि मानिसहरूले एकसाथ गाउन सकून्, एकसाथ प्रार्थना गर्न सकून्, एकसाथ वचन पाठ गर्न सकून् र एकसाथ आफ्नो हृदयभित्रबाटै आफ्नो पाप स्वीकार गर्न सकून्।
अविचलित हुने उत्कृष्टता:
त्यो प्रश्नको जवाफमा मैले लेखेको थिएँ कि, सङ्गीत अगुवाहरूमा अविचलित हुने उत्कृष्टता आवश्यक छ। ध्यान भङ्ग नहुनुको अर्थ तपाईं बाटोमा आउनु हुन्न। यो खराब हुन सक्दैन, किनकि त्यसले ध्यान भङ्ग गर्छ। यदि तपाईंले केही गल्ती गर्नुभयो भने, मानिसहरू स्तब्ध हुनेछन् र आराधनामा ध्यान केन्द्रित गर्न सक्षम हुनेछैनन्। यो केवल देखावटी हुनु हुँदैन। यसको मतलब, तपाईंले जे बजाउनु हुँदैछ, तपाईं त्यसमा अत्यन्तै निपुण हुनुहुन्छ, चाहे तपाईं पियानो वा अरू जुनसुकै वाद्य बजाउनुहोस्। तर यो कुरा थाहा गर्नुहोस् कि, तपाईं मनोरञ्जनका लागि बजाइरहनुभएको छैन। सङ्गीत अगुवाहरू आफूतिर अरू मानिसहरूको ध्यान आकर्षित गर्न बोलाइएका छैनन्।
यो गाओ सम्मेलनको तनाव पनि उल्लेखनीय छ, होइन र? मूलतः यो सम्मेलन प्रदर्शन-उन्मुख भए तापनि तपाईंले यहाँ धेरै नै गीतहरू गाइरहनुभएको छ। यी उल्लेखनीय कुराहरू स्टेजमा भइरहेका छन्, अनि उनीहरूले सजिलैसँग त्यस्ता पास्टरहरूलाई डराउन सक्छन्, जसले त्यस्तो केही गर्न सक्दैनन्। र मलाई यो राम्रोसँग थाहा छ कि, किथ र क्रिस्टिन कुनै पनि पास्टरले त्यस्तो महसुस गरून् भन्ने चाहँदैनन्। उनीहरू त आइतबार बिहान परमेश्वरसँग जोडिनका लागि सङ्गीतको शिक्षा विना नै सामान्य नेतृत्व भएको तीसजना समूह भएको चर्च चाहन्छन्। जुन धेरै सम्भव छ। त्यसैले यहाँ सङ्गीत समूहका अगुवाहरूले मानिसहरूलाई आफूतिर ध्यान आकर्षित गरिरहेका छैनन्।
गाउन सकिने सत्यताले भरिएको सङ्गीत:
अनि सायद अन्त्यमा, मैले दुईवटा कुरा लेखेँ। मलाई लाग्छ, एउटा राम्रो अनुभवका लागि तपाईंले सङ्गीतमा ती कुराहरू खोज्नुहुन्छ।
पहिलो, गाउन सकिने। के यो पुरुषहरूले गाउन सक्छन्? पुरुषहरूले। भर्खरै खानाको समयमा एक उल्लेखनीय सङ्गीत सिद्धान्तकारसँग कुरा गरिरहेको थिएँ। उहाँ तीस वर्षयता सङ्गीत क्षेत्रमा आएको परिवर्तनको बारेमा कुरा गरिरहनुभएको थियो। ती परिवर्तनहरूमध्ये एउटा भनेको गीतहरू दर्ता गर्ने प्रचलन बढेर गएको थियो। मेरो घरमा हुने सेवाको समयमा प्रायःजसो म यस्तो सोच्ने गर्छु, “मानिसहरूलाई हेर्नुहोस्—पुरुषहरूले भर्खरै गाउन छोडे। पुरुषहरूले गाउन छोडे।” भनी के कसैले विचार गर्नुभयो? अथवा
उनीहरूले आफ्नो आवाजलाई मध्य स्केलमा झारे अनि यो एकदमै खराब सुनियो। तर किन यस्तो हुन गयो? विचार गर्नुहोस्, गायन क्षमताको दायरा अति नै महत्त्वपूर्ण छ, र मलाई लाग्छ कि पुरुषहरूले गाउनु महत्त्वपूर्ण छ। महिलाहरूले गाउनु पनि अनिवार्य छ। महिलाहरूसँग उच्च स्केलमा गाउने क्षमता हुन्छ र उनीहरूलाई गाउन सजिलो हुन्छ जस्तो देखिन्छ। तर हामी पुरुषहरूको स्केल भने प्रायः तल्लो नै हुन्छ। त्यसकारण हामी उच्च स्केलमा गाउने कुरामा त्यति सहज महसुस गर्दैनौँ। हामीलाई गाउनका लागि धेरै सहायता चाहिन्छ। तर जब पुरुषहरूले गाउँछन्, त्यसले महिलाहरूलाई पनि गाउनका लागि साँच्चिकै सहायता पुर्याइरहेको हुन्छ। साना केटाकेटीहरूलाई पनि सहायता पुर्याइरहेको हुन्छ, र अरू सबैलाई परमेश्वरलाई अझ असल तरिकाले हेर्न मदत गरिरहेको हुन्छ।
दोस्रो, मेरो विचारमा भावनात्मक रूपमा सान्दर्भिक, सत्यता बोकेका शब्द—त्यस्ता शब्द, जो साँच्चिकै आनन्दले भरिपूर्ण छन्; त्यस्ता शब्द, जो परमेश्वर-केन्द्रित छन्; जसले ख्रीष्टको महिमा झल्काउँछन्; जुन शब्दहरू बाइबलद्वारा निर्देशित र सुसमाचारले धनी छन्—हाम्रो गायनमा यी कुराहरू महत्त्वपूर्ण हुन्छन्।
यहाँ मैले अर्को कुरा भन्नैपर्छ, किनकि म यही कुरा लेख्छु, र विगत ३३ वर्षदेखि मैले यही नै गर्दै आइरहेको छु। यस्तो कहिल्यै नभन्नुहोस् कि, “हामी ३० मिनेट आराधना गर्छौँ र त्यसपछि हामी प्रचार गर्छौँ।” यदि तपाईंले त्यसो भन्नुभयो भने, म मेरो बचाउ गर्नेछु। किनकि म एक प्रचारक हुँ, र म पनि जीवित परमेश्वरको आराधना गर्छु। प्रचार भनेको आराधना हो। र यो हुनै पर्छ।
म यसलाई व्याख्यात्मक आनन्द भन्छु, किनभने केवल सङ्गीतले मात्र सत्यता र भावनात्मकताको विशेषता बोकेको हुँदैन। प्रचारमा पनि सत्यता र स्नेहपूर्ण भावनात्मकताको विशेषता हुनुपर्छ।
त्यसोभए, व्याख्यात्मक भनेको, म साँच्चिकै बाइबलको व्याख्या गर्दैछु, बाइबलबाट त्यहाँ भएको अर्थ निकाल्दैछु। अनि आनन्द ले चाहिँ यस कुरा दर्शाउँछ कि, म यसको बारेमा साँच्चै रोमाञ्चित छु। के कसैले यसरी भन्न सक्छ? जुन म चाहन्छु। र प्रचार भनेको त्यही हो। यसले मानिसहरूलाई सत्य देख्न सहायता गर्छ, र त्यसपछि प्रचारकसँग त्यो परमेश्वर र त्यो मुक्तिसँगको प्रेम-सम्बन्धमा प्रवेश गर्छ। त्यसैले, मलाई लाग्छ कि राम्रो अनुभव गर्न, अर्थात् आराधनाको एउटा असल अनुभवका निम्ति कम्तीमा यी सबै कुराहरू समावेश हुनुपर्छ।
– जोन पाइपर







