के मेरो वचन तयारीमा म AI को प्रयोग गर्न सक्छु ?

टोनी: पास्टर जोन, यहाँले अघि ‘ख्रीष्टियान हेडोनिजम’ (परमेश्वरमा साँचो सन्तुष्टि र आनन्द खोज्ने जीवन) को दृष्टिकोणबाट AI लाई हेर्ने एउटा विशेष धारणा राख्नुभयो। मानिसलेपरमेश्वरलाई केवल दिमागले बुझ्ने मात्र होइन, तर हृदयदेखि नै उहाँमा आनन्द मनाउँदा मात्र उहाँको महिमा हुन्छ भन्ने कुरामा यहाँले जोडदिनुभयो। तर, अलौकिक हृदय र आत्मिक स्नेह नभएको AI ले यो सब गर्न सक्दैन। साथै, AI मूल रूपमै परमेश्वरको उद्देश्यभन्दा फरक कुराहो भन्ने विचार पनि यहाँले राख्नुभयो। सिङ कन्फरेन्सको आफ्नो सन्देशमा पनि यहाँले ‘कृत्रिम भावना’ (artificial emotion) को चर्चा किनहुँदैन भन्ने कुरा स्पष्ट पार्नुभएको थियो।
मलाई लाग्छ, यस विषयमा अझै धेरै कुरा स्पष्ट हुन बाँकी छ। त्यसैले हामी मुख्य दुईवटा प्रश्नमा फेरि छलफल गरौँ:
१. परमेश्वरको वचनसँग दाँजेर, जाँचेर र समीक्षा गरेर ChatGPT वा Gemini जस्ता AI लाई प्रवचन तयार पार्न, शिक्षा दिन वा बाइबलअध्ययनमा प्रयोग गर्नु कत्तिको उचित होला?
२. AI ले काम त सजिलो बनाउँछ, तर यसले भ्रम र जोखिम पनि निम्त्याउँछ। यस्तो अवस्थामा सेवाकाइ सम्बन्धी जानकारी पत्र लेख्न AI को प्रयोग गर्न मिल्छ कि मिल्दैन? खास गरी, AI प्रयोग गर्ने पास्टरहरूका लागि मुख्य जोखिमहरू के-के हुन्?
पास्टर जोन: एउटा परिभाषाबाटै सुरु गरौँ। अचम्मको कुरा, AI (कृत्रिम बुद्धिमत्ता) लाई परिभाषित गर्ने यो विवरण अर्को AI ले नै तयारपारेको हो, जुन मैले सिधै गुगलबाट लिएको हुँ। यस अनुसार: AI एउटा यस्तो प्रविधि हो, जसले कम्प्युटर र मेसिनहरूलाई मानव सिकाइ, समझ, समस्या समाधान, निर्णय क्षमता, सिर्जनात्मकता र स्वायत्तताको अनुकरण गर्न सक्षम बनाउँछ।
टोनी, अघि तपाईंले उल्लेख गर्नुभएको सिङ कन्फरेन्सको सन्देश तयार पार्दा मलाई एउटा कुराले विशेष ध्यान खिच्यो। AI ले मानिसका धेरैक्षमताको अनुकरण गर्न सके पनि, त्यस सूचीमा एउटा मुख्य कुरा छुटेको छ—त्यो हो ‘भावना’। त्यसमा मानवीय भावना समावेश छैन। तरकिन?
यसबाट मैले एउटा महत्त्वपूर्ण निष्कर्ष निकालेँ: समग्र ब्रह्माण्डको अन्तिम उद्देश्य भनेकै परमेश्वरको महिमा हुनु हो। अनि उहाँको महिमाकेवल तार्किक रूपमा बुझेर वा सही ढङ्गले सोचेर मात्र हुँदैन; तर हृदयदेखि उहाँको प्रशंसा गरेर, उहाँलाई बहुमूल्य ठानेर र उहाँमाआनन्दित भएर मात्र हुन्छ। हामी जब उहाँमा पूर्ण रूपमा सन्तुष्ट हुन्छौँ, तब मात्र परमेश्वरको पूर्ण रूपमा महिमित महिमा हुनुहुन्छ। यसकोसीधा अर्थ हो—कुनै पनि कृत्रिम कुराले जीवित परमेश्वरको साँचो आराधना कहिल्यै गर्न सक्दैन।
आराधना भनेको कम्प्युटरले गर्ने सही तर्क वा विचार मात्र होइन; आराधना त परमेश्वरप्रतिको साँचो र पवित्र भावना हो। यो एकदमैगम्भीर कुरा हो। ब्रह्माण्डमा परमेश्वरको उद्देश्य पूरा गर्न कृत्रिम बुद्धिले मानिसको ठाउँ लिन सक्छ भनेर हामी सोच्नसम्म पनि सक्दैनौँ।मानव हृदयको स्नेह र मस्तिष्कको तार्किक सोचाइ पूर्ण रूपमा फरक कुरा हुन्। कम्प्युटरले मानिसको तार्किक विचार अनुकरण गर्न सक्छ भन्नेकुराले हामीलाई खासै चिन्तित बनाउँदैन।। तर, जब कुनै मेसिनले खुसी हुने, शोक मनाउने, अचम्म मान्ने वा भय महसुस गर्ने नाटक गर्छ, त्यो हास्यास्पद लाग्छ। किनभने यी सबै कुरा मानव आत्माका ती विशिष्ट पहिचान हुन्, जसलाई मेसिनले कहिल्यै विस्थापित गर्न सक्दैन।त्यसैले, “कृत्रिम भावना” भन्ने शब्द आफैँमा एउटा विरोधाभासपूर्ण कुरा हो।
सिङ कन्फरेन्समा मैले भन्न खोजेको मुख्य कुरा यही नै थियो। मलाई लाग्छ, कृत्रिम बुद्धिमत्ता र कृत्रिम भावना बीचको यो भिन्नतालाई बुझ्यौँभने, AI ले के गर्न सक्छ र के गर्न सक्दैन भन्ने डरबाट हामी मुक्त हुन सक्छौँ।
AI मा नयाँ कुरा के छ?
अहिले हामीसँग AI का विभिन्न माध्यमहरू छन्। म खास गरी ChatGPT को उदाहरण लिन्छु, किनकि म यसैसँग बढी परिचित छु। यदितपाईंले ChatGPT मा गएर “तपाईं को हुनुहुन्छ?” भनेर सोध्नुभयो भने यसले भन्छ: “म एउटा सहायक हुँ। म प्राप्त जानकारीका आधारमामानिसले जस्तै बुझ्न र लेख्न सक्छु। प्रयोगकर्ताले सोधेका प्रश्नको सन्दर्भ मिलाएर जवाफ दिनु मेरो काम हो।”
अब नयाँ कुरा के हो भने—ChatGPT ले निबन्ध र कविताहरूसम्म पनि लेख्न सक्छ, जुन काम गुगलले गर्न सक्दैन। गुगलबाट तपाईंलेजानकारीहरू खोज्न र प्रश्नका जवाफहरू पाउन सक्नुहुन्छ, तर यसले तपाईंका लागि कविता लेखिदिँदैन। त्यसैले, यहाँ दुईवटा मुख्य भिन्नताछन्: जानकारी दिनु र नयाँ कुरा सिर्जना गर्नु। उदाहरणका लागि, तपाईंले ChatGPT लाई कुनै रोगका लक्षणहरूबारे सोध्नुभयो र “यसकालक्षणहरूबारे १०० शब्दको अनुच्छेद लेखिदेऊ” भन्नुभयो भने, यसले तुरुन्तै अति नै सुन्दर तरिकाले १०० शब्दको अनुच्छेद र सूची बनाएरदिन्छ।
यस अर्थमा, ChatGPT हामीले प्रयोग गर्ने शब्दकोश, लेख, पुस्तक वा गुगल जस्ता माध्यमभन्दा धेरै परिस्कृत छ। आफूलाई चाहिनेजानकारी वा बुझाइको लागि अरूको सहयोग लिने काम मानिसले हजारौँ वर्षदेखि गर्दै आएको हो। यदि ChatGPT लाई पनि त्यसरी नैप्रयोग गर्ने हो भने त्यो पुरानै तरिका भयो।
तर नयाँ र फरक कुरा के हो भने—तपाईंले ChatGPT लाई “लुका १५ अध्यायको हराएको छोराको दृष्टान्तमा आधारित २,००० शब्दकोप्रवचन तयार पारिदेऊ” भनेर अह्राउन सक्नुहुन्छ। अझ तपाईंले त “जोन पाइपर, जोन क्याल्भिन वा आर.सी. स्प्रौलको शैली र भाषामालेखिदेऊ” भन्नुभयो भने, यसले अचम्मलाग्दो तरिकाले तिनै ईश्वरशास्त्रीहरू/विद्वान्हरूको शैलीमा उत्कृष्ट प्रवचन तयार पारिदिन्छ। अथवा, आफ्ना केही जानकारीहरू दिएर मासिक ‘जानकारी पत्र’ लेख्न लगाउनुभयो भने, सम्भवतः तपाईं आफैँले भन्दा राम्रो जानकारी पत्र यसलेकेही सेकेन्डमै लेखिदिन्छ।
अब यहाँ सोच्नुपर्ने एउटा गम्भीर कुरा छ। टोनी, तपाईंले मलाई AI का जोखिमहरूबारे बोलिदियोस् भन्ने चाहनुभएको थियो। मैलेChatGPT मा गएर ठ्याक्कै यही टाइप गरेँ: “पास्टरहरूले AI प्रयोग गर्दा हुन सक्ने सम्भावित खतराहरू के–के हुन्? ईश्वरशास्त्री जोनपाइपरको शैली र ईश्वरशास्त्रीय धारणासँग मिल्ने ८०० शब्दको जवाफ दिनुहोस्”
यसले करिब ५ सेकेन्डमै ८५७ शब्दको यस्तो उत्कृष्ट निबन्ध तयार पार्यो कि—यदि मैले त्यो जवाफ यहाँ आफ्नै हो भनेर पढेको भए, तपाईंवा श्रोता कसैले पनि म ChatGPT बाट पढ्दैछु भनेर पत्तै पाउनुहुने थिएन। त्यो त्यति धेरै राम्रो थियो!
त्यसमा सुरुमा परिचय थियो, त्यसपछि स्पष्ट बुँदाहरू थिए:
१. ईश्वरीय सम्बन्धबाट विच्छेद हुने खतरा (१ कोरिन्थी २ को उद्धरणसहित)
२. अवैयक्तिक सेवाकाइको जोखिम (यूहन्ना १० को उद्धरणसहित)
३. ईश्वरशास्त्रीय इमानदारीमा चुनौती (हिब्रू ४ को उद्धरणसहित)
४. नैतिक सम्झौताको खतरा
५. कार्यक्षमतालाई नै मूर्तिपूजा बनाउने खतरा (भजनसङ्ग्रह १२७ को उद्धरणसहित)
अनि अन्त्यमा “सावधानी अपनाउन आह्वान“ भनेर निष्कर्ष दिइएको थियो। बाहिरबाट हेर्दा यो साँच्चै अद्भुत र उत्कृष्ट देखिन्थ्यो।
तर, यदि मैले त्यो सामग्री “मेरो आफ्नै हो“ भनेर पढेको भए, त्यो अत्यन्तै गलत र दुष्ट काम हुनेथियो। म चाहन्छु मानिसहरूले यो कुरागम्भीर भई सुनून्—हो, त्यो दुष्ट काम हुनेथियो! म कडा शब्द प्रयोग गर्दैछु, किनकि यो सिधै परमेश्वरको हृदय, ख्रीष्टियान विश्वासको मर्म, चर्च र सेवकहरूको इमानदारितासँग जोडिएको विषय हो। न त परमेश्वर, न त उहाँका मानिसहरूले नै अरूलाई भ्रममा पार्ने वा आफूबारेअसत्य धारणा बनाउने गरी छलका कुरा गर्छन्। हामी अरूलाई धोका दिँदैनौँ। हामी सत्य, पारदर्शी र इमानदार मानिस हौँ—नत्र त हाम्रोविश्वासको कुनै अर्थ नै रहँदैन।
मेरो मुख्य आह्वान र सारांश:
पहिलो कुरा: पत्रको माथि नै “यो सेवाकाइको प्रतिवेदन‘ ChatGPT द्वारा तयार पारिएको हो“ भनेर प्रस्टसँग नलेखेसम्म, आफ्नोसेवाकाइका प्रतिवेदन लेख्न ChatGPT को प्रयोग नगर्नुहोस्। इमानदारिता यही हो। मलाई थाहा छ, सेवाकाइमा भएका साथीहरूलाई योकुरा मन नपर्ला। तर हेर्नुहोस्, धर्मनिरपेक्ष संसारले त AI बाट लिइएका कुराहरूलाई उद्धृत गर्नुपर्ने नियम बनाएको छ भने, ख्रीष्टियान भएरहामी इमानदार हुनुमा अझ कति धेरै सचेत हुनुपर्ने हो ?
दोस्रो कुरा: पछि सच्याउने र मिलाउने गरी आफ्नो प्रवचनको रूपरेखा तयार पार्न पनि ChatGPT को प्रयोग नगर्नुहोस्। म एकदमै विचारपुर्याएर यो अपिल गर्दैछु। मलाई थाहा छ—उदाहरण खोज्न, अनुसन्धान गर्न वा विचारहरू लिन अरू धेरै स्रोत र वेबसाइटहरू पहिलेदेखिनै छन्, त्यो नयाँ कुरा भएन। तर AI को प्रयोगसँग मलाई किन डर लाग्छ भने, बाइबलले पास्टर वा पास्टर-प्रचारक हुनका लागि स्पष्टयोग्यता तोकेको छ—जसमा “सुयोग्य शिक्षक” (१ तिमोथी ३:२) हुनुपर्छ भनिएको छ।
यसको अर्थ हो: यदि तपाईं पास्टर हुनुहुन्छ भने, तपाईंसँग परमेश्वरको वचन पढ्ने, त्यसको मर्म र वास्तविकता बुझ्ने, त्यसको भावलाईहृदयमा महसुस गर्ने, अरूलाई स्पष्टसँग व्याख्या गर्ने र जीवनमा लागू गराउन सक्ने वरदान वा क्षमता हुनुपर्छ। यो तपाईंमा हुनै पर्ने अनिवार्ययोग्यता हो; यो तपाईंको प्राथमिक काम हो। यदि यो क्षमता छैन भने तपाईं पास्टर बन्न योग्य हुनुहुन्न।
त्यसैले, ChatGPT वा यस्तै माध्यमहरूलाई केवल जानकारी वा अध्ययनका लागि मात्र प्रयोग गरौँ—जसरी हामी अन्य बाइबल टिप्पणी, लेख, पुस्तक वा भजनहरू प्रयोग गर्छौँ। तर AI लाई स्रोतको रूपमा श्रेय नदिई त्यसबाट प्राप्त सामग्रीलाई आफ्नो मौलिक रचनाजस्तो गरीप्रयोग नगर्नुहोस्। यदि तपाईंले ChatGPT बाट प्रवचनको रूपरेखा तयार पारेर त्यसमा थपघट गर्दै हुनुहुन्छ भने, आफ्नो चर्चसँग इमानदारभएर भन्नुहोस्—“आज बिहानको परमेश्वरको वचन AI (ChatGPT) ले तयार पारिदिएको हो।”
–जोन पाइपर







