त्रिएकता

NPR 150.00

-डोनल्ड फेयरबेर्न
यो पुस्तकले बाइबलको आधारमा सृष्टिदेखि नयाँ सृष्टिसम्म उद्धारको इतिहासभरि त्रिएक परमेश्वर (पिता, पुत्र र पवित्र आत्मा) को कार्यलाई स्पष्ट रूपमा प्रस्तुत गर्दै सुसमाचारप्रतिको हाम्रो बुझाइलाई गहिरो बनाउँछ। साथै, यसले पाठकलाई त्रिएक परमेश्वरको अझ गहिरो ज्ञान, आदर र साँचो आराधनातर्फ डोर्‍याउँछ।

The Trinity by Donald Fairbairn

यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।

Category:

एक दिन इतिहास—समय र स्थानमा घटेका सबै घटनाहरू—अनन्ततामा विलीन हुनेछ। अनि सबै कुराको अन्त्यले एउटा नयाँ सुरुआतको घोषणा गर्नेछ। मानवजातिप्रति समय र स्थानभित्र परमेश्वरले गर्नुभएको कार्य नयाँ सुरुआतहरूको निरन्तर श्रृङ्खला रहिआएको छ, र रहिरहनेछ। ती प्रत्येक चरणमा त्रिएकता केन्द्रमा छ, किनकि परमेश्वरको आफ्ना पुत्र र पवित्र आत्मासँगको सम्बन्ध नै हामीसँग उहाँको सम्बन्धको आधार हो।

समयको सुरुआत हुनुभन्दा अघिदेखि सुरु गर्दै, डोनल्ड फेयरबेर्नले पाठकलाई यी नयाँ सुरुआतहरूको यात्रामा डोर्‍याउँछन्। प्रत्येक चरणमा उनले त्रिएकताबारे नयाँ अन्तर्दृष्टि प्रस्तुत गर्छन्। साथै, उनले विभिन्न सङ्केत र प्रश्नहरू राख्दै पाठकलाई सत्यको खोज र बुझाइको यात्रामा सहभागी हुन निम्तो दिन्छन्।

सरल, आकर्षक र सरल शैलीमा लेखिएको यस पुस्तकबाट नयाँ विश्वासीले समेत प्रशस्त लाभ उठाउन सक्छन्। यसले पिता, पुत्र र पवित्र आत्माको आराधनातर्फ हाम्रो हृदयलाई डोर्‍याउँदै, त्रिएक परमेश्वरमा आधारित हाम्रो सुसमाचारप्रतिको बुझाइलाई अझ गहिरो बनाउँछ।

 

“यो सानो पुस्तकले त्रिएक परमेश्वरको विशाल र व्यापक सत्यतालाई देख्न मदत गर्छ- उहाँ त्यही परमेश्वर हुनुहुन्छ, जो सृष्टिभन्दा अगिदेखि नै हुनुहुन्छ, जो सारा संसारको सृष्टिकर्ता हुनुहुन्छ र सुसमाचारको बलियो जग हुनुहुन्छ ।”

फ्रेड सान्डर्स, टोरी अनर्स कलेज, बायोला विश्वविद्यालय र द डिप थिङ्ग्स अफ गडः हाउ द ट्रिनिटी चेन्जेस् एभ्रिथिङ्ङ्ग का लेखक ।

तपाईले यहाँ बाइबलले के भन्छ भन्ने कुरामा निर्माण गरिएको एउटा तर्क पाउनुहुनेछ (यसमा टोल्किन लगायतका समकालीन प्रसङ्गहरू बाहेक अरू कुरा छैन!), जसले सृष्टिको आरम्भदेखि दोस्रो आगनसम्मको क्षेत्रलाई समेट्छ । यो पुस्तक त्रिएकतासम्बन्धी बुझाइको लागि एक उत्कृष्ट सुरुवाती बिन्दु हो।”

डेरेक टिडबल, लेखक, वक्ता र बाइबल शिक्षक

Donald Fairbairn

डोनल्ड फेयरबर्न स्कूल अफ थिओलोजीमा ऐतिहासिक र सुव्यवस्थित ईश्वरशास्त्रका प्राध्यापक हुनुहुन्छ । साथै, उहाँले गोर्डन-कनवेल थिओलोजिकल सेमिनेरीमा रोबर्ट ई. कूलीको नाममा स्थापित प्रारम्भिक ख्रीष्टियान विश्वासको प्राध्यापक पद सम्हाल्दै आउनुभएको छ । उहाँ लाइफ इन द ट्रिनिटी पुस्तकका लेखक हुनुहुन्छ ।

थप जानकारी

  • लेखक: डोनल्ड फेयरबर्न
  • स्वरूप: मुलायम कभर
  • (ISBN) नम्बर: 9789937-9984-9-9       
  • पृष्ठ संख्या: 64
  • भाषा: नेपाली
  • प्रकाशन: गोस्पल पब्लिकेशन

गोस्पल पब्लिकेशनमा उपलब्ध “एसेन्सियल शृङ्खला”का पुस्तकहरू,

WhatsApp Image 2025 08 13 at 09.13.54 16163ec4  The Trinity

Book Author

Format

ISBN

9789937-9984-9-9

Language

Pages

64

Publisher

Reviews

There are no reviews yet.

Be the first to review “त्रिएकता”

Your email address will not be published. Required fields are marked *