नयाँ जन्म

Original price was: NPR 200.00.Current price is: NPR 150.00.

–पिटर मीड

ख्रीष्टियान जीवन केवल आफ्नो व्यवहार सुधार्ने कुरा होइन। हामीलाई नयाँ जन्म र परमेश्वरलाई प्रेम गर्ने नयाँ हृदय चाहिन्छ। यस पुस्तकले परमेश्वरले हाम्रो हृदयलाई परिवर्तन गरी नयाँ आत्मिक जीवन दिनुहुने काम र त्यसको आवश्यकता तथा महत्त्वलाई स्पष्ट रूपमा बुझ्न मदत गर्छ।।

THE NEW BIRTH BY PETER MEAD

CLICK HERE: FOR UNION ESSENTIALS

यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।

 

के हामीलाई साँच्चै नयाँ गरी जन्मनु आवश्यक छ?

हामी कसरी “नयाँ सृष्टि” बन्न सक्छौँ?

पिटर मीडले हाम्रो समस्या कहाँबाट सुरु भयो भन्ने कुरा उत्पत्तिको पुस्तकबाट देखाउँछन्। हाम्रो हृदय स्वेच्छाले पाप गर्न चाहने खालको छ। हाम्रो अवस्था यति गम्भीर छ कि हामीलाई “मृत” भनेर समेत वर्णन गर्न सकिन्छ। त्यसैले, येशूले निकोदेमसलाई बताउनुभएझैँ, हाम्रो लागि नयाँ गरी जन्मनुबाहेक अर्को उपाय छैन।

पिटर मीडले “नयाँ सृष्टि” बन्नुको आनन्द र उत्साहलाई पनि उजागर गर्छन्। परमेश्वरको अनुग्रह र उदारताका कारण हामी ख्रीष्टमा साँचो र प्रशस्त जीवन पाउन सक्छौँ। परमेश्वरले हामीलाई दिनुभएको यस वरदानभन्दा आवश्यक र अद्भुत कुरा अरू केही छैन।

“यो सानो पुस्तकले एउटा विशाल वास्तविकतालाई व्यक्त गर्दछः येशू आत्मिक रूपमा मरेका मानिसहरूलाई प्रशस्त जीवन दिन आउनुभएको हो ! येशूले दिनुहुने नयाँ जन्मबारे पिटर मीडका अन्तर्दृष्टिहरू पास्टरीय रूपमा बुद्धिमानी र गहिरो रूपमा उपयोगी छन् ।”

– फिलिप मिलर, वरिष्ठ पास्टर, द मुडी चर्च, शिकागो

“यो सुन्दर र मनै छुने पुस्तकले नयाँ जन्मको आधारभूत सत्यतालाई प्रकट गर्दछ । ‘एसेन्सियल’ शृङ्खलाका अन्य पुस्तकहरू जस्तै यो पनि छोटो र सरल छ, तर पनि गहिरो र आनन्ददायी शिक्षाले भरिएको छ।”

– जोनाथन थोमस, पास्टर, प्रसारक तथा ‘Intentional Interruptions’ का लेखक

“मैले ‘एसेन्सियल’ शृङ्खलामा पिटर मीडको योगदान नयाँ जन्म अत्यन्तै उपयोगी पाएँ; किनभने यसले पवित्र आत्माको कामको दृष्टिकोणद्वारा हाम्रो कथालाई धर्मशास्त्रको मुख्य कथासँग जोड्छ। येशू र निकोदेमसबीचको भेटलाई मुख्य आधार बनाउँदै यसले साँचो परिवर्तनको सिद्धान्त र यसको जीवन्त अनुभवलाई अद्भुत रूपमा व्याख्या गर्दछ ।”

– रिको टाइस, सह-संस्थापक, Christianity Explored

Peter mead

पिटर मीड युकेको ट्रिनिटी चिपेनह्यामका एक पास्टर, कोर डिओ (Cor Deo) का निर्देशक, र वेल्सको ब्रिजएन्डमा रहेको युनियन स्कुल अफ थियोलोजीका प्राध्यापक हुनुहुन्छ ।

थप जानकारी

  • लेखक: पिटर मीड
  • स्वरूप: मुलायम कभर
  • (ISBN) नम्बर: 9789905-605-22-0   
  • पृष्ठ संख्या: 76
  • भाषा: नेपाली
  • प्रकाशन: गोस्पल पब्लिकेशन

 

Book Author

Format

ISBN

9789905-605-22-0

Language

Pages

76

Publisher

Reviews

There are no reviews yet.

Be the first to review “नयाँ जन्म”

Your email address will not be published. Required fields are marked *