बाइबलमा किन भरोसा गर्ने?
NPR 250.00
ग्रेग गिल्बर्ट
यस पुस्तकले बाइबलको विश्वसनीयताका ऐतिहासिक र धर्मशास्त्रीय आधारहरू प्रस्तुत गर्दै परमेश्वरको वचनमा भरोसा गर्ने कारणहरू र परमेश्वर, मानिस तथा जीवनबारे बाइबलले दिने शिक्षालाई स्पष्ट पार्छ।
WHY TRUST THE BIBLE? BY GREG GILBERT
यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।
बाइबलमा किन भरोसा गर्ने?
बाइबल ख्रीष्टियान विश्वासको केन्द्रमा छ। तर यसले एउटा महत्त्वपूर्ण प्रश्न खडा गर्छ: हामीले बाइबलमा किन भरोसा गर्ने? ख्रीष्टियान नभएका, लामो समयदेखि ख्रीष्टियान विश्वासमा रहेका र यी दुई अवस्थाबीचका सबैलाई परमेश्वरको वचन किन भरपर्दो छ भन्ने कुरा अझ राम्ररी बुझ्न मदत गर्ने यस छोटो पुस्तकले शताब्दीयौँदेखि लाखौँ विश्वासीहरूलाई उत्पत्तिदेखि प्रकाशसम्मको बाइबलमा भरोसा गर्न प्रेरित गरेका ऐतिहासिक र धर्मशास्त्रीय तर्कहरूको चर्चा गर्छ।
सुसमाचार के हो? र येशू को हुनुहुन्छ? जस्ता लोकप्रिय पुस्तकका लेखक पास्टर ग्रेग गिल्बर्टद्वारा लिखित यस पुस्तकले परमेश्वर को हुनुहुन्छ, हामी को हौँ र हामीले कसरी जिउनुपर्छ भन्ने विषयमा बाइबलमाथि आफूले किन भरोसा गर्छौँ भन्ने कुरा ख्रीष्टियानहरूलाई स्पष्ट रूपमा व्यक्त गर्न मदत गर्छ।

ग्रेग गिल्बर्ट (एमडीभ, द साउदर्न व्याप्टिष्ट थियोलोजिकल सेमिनारी) लुइभिल केन्टकीमा अवस्थित थर्ड एभेन्यू ब्याप्टिष्ट चर्चका वरिष्ठ पास्टर हुनुहुन्छ । उहाँ सुसमाचार के हो ? र याकूब १२ हप्ते अध्ययन का लेखक तथा चर्चको मिसन के हो ? का सहलेखक हुनुहुन्छ। ग्रेग र उहाँको श्रीमती मोरियाको तीन जना छोराछोरी छन् ।
थप जानकारी
- लेखक: ग्रेग गिल्बर्ट
- स्वरूप: मुलायम कभर
- (ISBN) नम्बर: 9789905-9921-6-0
- पृष्ठ संख्या: 136
- भाषा: नेपाली
- प्रकाशन: गोस्पल पब्लिकेशन
| Book Author | |
|---|---|
| Format | |
| ISBN | 9789905-9921-6-0 |
| Language | |
| Pages | 136 |
| Publisher |











Reviews
There are no reviews yet.