प्युरिटन खजाना आजको लागि
NPR 600.00
प्युरिटन खजाना आजको लागि शृङ्खलाले सावधानीपूर्वक सम्पादन गरिएका र सरल रूपमा बुझ्न सकिने प्युरिटन लेखकहरूको लेखन प्रस्तुत गर्छ, जसले प्रामाणिक विश्वास खोज्ने आजका पाठकहरूलाई समयहीन आत्मिक अन्तर्दृष्टि प्रदान गर्छ।
यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।
बचाउने विश्वासको सुसमाचारीय प्रमाणहरू
परमेश्वरले हामीचाट पवित्रताको माग गर्नुहुन्छ, किनभने उहाँ स्वयम् पवित्र हुनुहुन्छ । उहाँले सिद्धताको पनि माग गर्नुहुन्छ, जसे हाम्रो स्वर्गीय पिता सिद्ध हनुहुन्छ । तर, हामी तबसम्म पवित्र वा सिद्ध हुन सक्दैनों, जबसम्म हाम्रो पवित्रता र सिद्धत्ता परमेश्वरको पवित्रता र सिद्धतासँग केही हदसम्म मेल खाँदैन । यदि हामीले यो कुरा निरन्तर आफ्नो हृदयमा सही रूपमा ग्रहण गर्न सक्यों भने, यसले हामीलाई हरेक कर्तव्य पालन गर्न र पापबाट बच्न अझ बढी सावधानी र परिश्रम गर्न प्रेरित गर्नेछ।
एक सिद्ध उद्धारक
जो-जो साँचो हृदयले ख्रीष्टकहाँ आउन र उहाँलाई स्विकार्न चाहन्छन्, तिनीहरूले सबै कुरालाई हानि ठान्नुपर्छ । तिनीहरूले आफ्ना सबै स्व-धार्मिकतालाई त्याग्नुपर्छ। हामीमा भएका असल कुराहरूको भावनालाई पूर्ण रूपमा त्याग्नुपर्छ । हामीले आफैलाई केही पनि नभएको नीच र असहायको रूपमा हेर्नुपर्छ। हामीले एक सानो बालकलेझैँ खीष्टलाई दया र नम्रताका साथ ग्रहण नगरेसम्म स्वर्गको राज्यमा प्रवेश गर्न असम्भव छ। ख्रीष्टलाई ग्रहण गर्नका लागि हामीसँग केही हुनुपर्दैन, केवल परमेश्वरको अनुग्रहमाथि विश्वास भए पुग्छ ।
पापमय डरमाथि विजय हुनु
हामी जान्दछौं कि, हामी एकदमै शक्तिशाली र क्रोधित शत्रुहरूको बिचमा छौं। हामी तिनीहरूका क्रूर हातहरूले यस संसारमा कस्ता रक्तपातपूर्ण त्रासदीहरू मच्चाउलान् भन्ने सोचेर धरथर काँप्छौं। तर परमेश्वरको करारले तपाईलाई यी डरहरूको बिचमा विश्वासको महान् र सहासिलो कार्य गर्ने शक्ति दिनुहुन्छ। यदि परमेश्वर तपाईको परमेश्वर हुनुहुन्छ भने, तपाईको साथमा सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ। यही कुरा नै सबै डरहरूलाई मार्नको लागि पर्याप्त छ।
| Format | |
|---|---|
| Language | |
| Publisher |









Reviews
There are no reviews yet.