गर्भपतन सम्बन्धी बाइबलीय दृष्टिकोण

– टम पेनिङ्टन

गर्भमा रहेका जीवनप्रति परमेश्वरको हृदय

आजको संसारमा गर्भपतन सामान्य जस्तो देखिए तापनि यो गम्भीर नैतिक मुद्दा हो। परमेश्वरले यसलाई हल्का रूपमा लिनुहुन्न; यो उहाँको दृष्टिमा गम्भीर विषय हो। टम पेनिङटनले यस पुस्तकमा गर्भपतनलाई परमेश्वरले कसरी लिनुहुन्छ भन्ने कुरा स्पष्ट रूपमा बाइबलीय दृष्टिकोणबाट प्रस्तुत गर्नुभएको छ।

THE BIBLICAL VIEW OF ABORTION BY TOM PENNINGTON

यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।

Category:

मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्ने निर्णय गरेर परमेश्वरले स्वयम् मानव जीवनको मूल्य स्थापित गर्नुभयो (उत्पत्ति १:२७)। यही सार्वभौम र अपरिवर्तनीय निर्णयले गर्भपतनलाई हाम्रो समयको सबैभन्दा गम्भीर नैतिक र आचारिक मुद्दाहरूमध्ये एक बनाएको छ। ख्रीष्टियानहरूका लागि गर्भपतनसम्बन्धी सबैभन्दा महत्त्वपूर्ण प्रश्न यही हो: “बाइबलले के भन्छ?” टम पेनिङ्टनले यस पुस्तकमा गर्भपतनका भ्रष्ट आत्मिक र सांस्कृतिक आधारहरूलाई उजागर गर्दै यस विषयमा पवित्र-शास्त्रले प्रस्तुत गर्ने प्रमुख तर्कहरूलाई खोज, व्याख्या र रक्षा गर्नुभएको छ। यसरी उहाँले गर्भपतनको विरुद्धमा एक शक्तिशाली बाइबलीय प्रमाण प्रस्तुत गर्नुहुन्छ। यदि गर्भपतनबारे तपाईंमा पहिले नै बाइबलीय समझ छ भने, यो पुस्तकले तपाईंलाई पवित्र-शास्त्रबाट अझ बलियो, प्रोत्साहित र सुसज्जित बनाउनेछ।

धर्मशास्त्रको स्पष्ट शिक्षा यो हो कि मानव जीवन गर्भधारणबाट सुरु हुन्छ। परमेश्वर गर्भधारणको परम कारण हुनुहुन्छ—यो उहाँको कार्यविना सम्भव छैन। अनि धर्मशास्त्रले यो पनि स्पष्ट पार्छ कि गर्भधारणले मानव जीवनको सुरुवातलाई सङ्केत गर्छ। त्यस क्षणदेखि नै हामी पूर्ण रूपमा परमेश्वरको स्वरूपधारक बनिसकेका हुन्छौँ। यसबाहेक, आदमको पाप र नैतिक दोष प्रत्येक व्यक्तिमा सन्तानोत्पादनमार्फत गर्भधारणको समयमा नै सर्ने तथ्यले यो प्रमाणित गर्छ कि प्रत्येक मानव जीवनको सुरुवात गर्भधारणको समयबाट नै हुन्छ।

“टम पेनिङ्टनले यस उत्कृष्ट पुस्तकमार्फत गर्भपतनको गहिरो अध्ययन गर्दै यस विरुद्ध बाइबलका शक्तिशाली प्रमाणहरू प्रस्तुत गर्नुभएको छ।”

– जोन मकार्थर, पास्टर, ग्रेस कम्युनिटी चर्च, क्यालिफोर्निया

“आज संसारमा भइरहेको गर्भपतन एक मौन हत्याकाण्ड जस्तै हो। संसारले यसलाई सामान्य देखाउन खोजेकाले धेरै मानिसहरू अन्योलमा छन् र यसलाई परमेश्वरको नजरबाट हेर्न सकेका छैनन् । त्यसैले टम पेनिट्टनको यो पुस्तक धेरै उपयोगी छ।”

– कनराड बेवे, पास्टर, काव्वाटा व्याप्टिस्ट चर्च, जाम्बिया

“मानव जीवनको पवित्रताको पक्षमा अझ स्पष्ट र प्रभावकारी रूपमा बोल्नका लागि यो पुस्तकले खीष्टियानहरूको विश्वासलाई बलियो बनाउनेछ र उनीहरूलाई सुसज्जित पार्नेछ ।”

– डेभिड एम. डोरन, अध्यक्ष, डेट्रोइट ब्याप्टिस्ट थियोलोजिकल सेमीनरी

pennington tom

टम पेनिङ्टन सन् २००३ देखि ड्यालस क्षेत्रको काउन्साइड बाइबल चर्चमा पाष्टर-शिक्षकको रूपमा सेवा गर्दै आइरहनुभएको छ। टेक्सासमा आउनुअघि, उहाँले ग्रेस कम्युनिटी चर्चमा १६ वर्षसम्म सेवा गर्नुभएको थियो, जहाँ उहाँले वरिष्ठ सहयोगी पाष्टर र जोन मकार्थरका व्यक्तिगत सहायकको रूपमा काम गर्नुभयो। यसअघि, उहाँले प्रेस टु यूको प्रबन्धन निर्देशकको रूपमा काम गर्दै सो सेवकाइको दैनिक कार्यहरूको निरीक्षण गर्नुभएको थियो। टम र उहाँकी पत्नी शिलाको तीन सन्तान छन्ः लरेन, केटी र जेसिका।

थप जानकारी

  • लेखक: टम पेनिङ्टन
  • स्वरूप: मुलायम कभर
  • (ISBN) नम्बर: 9789905-9921-5-3  
  • पृष्ठ संख्या: 224
  • भाषा: नेपाली
  • प्रकाशन: गोस्पल पब्लिकेशन

टम पेनिङ्टनद्वारा लिखित नेपाली पुस्तकहरू,

WhatsApp Image 2024 11 19 at 15.20.23 a053fbe0  Abortion

 

Book Author

Format

ISBN

9789905-9921-5-3

Language

Pages

224

Publisher

Reviews

There are no reviews yet.

Be the first to review “गर्भपतन सम्बन्धी बाइबलीय दृष्टिकोण”

Your email address will not be published. Required fields are marked *