बन्दवाद

Original price was: NPR 300.00.Current price is: NPR 150.00.

– टम पेनिङ्टन

आश्चर्यकर्म गर्ने आत्मिक वरदानहरू किन बन्द भइसकेका छन् ? यदि यो तपाईंको प्रश्न हो भने, यो पुस्तकले बाइबलबाट तपाईंलाई स्पष्ट पारिदिनेछ ।

The book “Cessationism” by Dr. Tom Pennington has been translated into Nepali with the title “बन्दवाद” (Bandavāda).

यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।

डाक्टर टम पेनिङ्टनद्वारा लिखित यो पुस्तकले चर्चमा आश्चर्यकर्मका दानहरूको अन्त्यको बाइबलीय पक्ष प्रस्तुत गर्दछ। टम पेनिङ्टनले परमेश्वरको वचनबाट पवित्र आत्माले अब आफ्ना सेवकहरूलाई आश्चर्यकर्म गर्ने दान दिनुहुन्न भनी प्रमाण प्रस्तुत गर्नुभएको छ। यो पुस्तक यस विषयमा स्पष्टता चाहने र यस विषयमा अन्योलमा हुने पास्टर र विश्वासीहरू सबैका लागि एक अत्यन्त उपयोगी पुस्तक हो।

अनुमोदनहरू

म ती मध्ये एक हुँ जसले क्यारिज्म्याटिक अभियानका गम्भीर त्रुटिहरूसँग सम्बन्धित प्रश्नहरूमा लामो समयदेखि आफ्नो सेवामा ध्यान केन्द्रित गरेका छु। ती त्रुटिहरूले धेरैको विश्वासलाई बर्बाद गरेको छ। यस सन्दर्भमा डा. टम पेनिङ्टनको पुस्तक बन्दवाद एक अनुपम संसाधन हो। उनले क्यारिज्म्याटिक अभियानप्रति सही शङ्कामा रहेका, तर त्यसको दाबी र अभ्यासहरूको बाइबलीय उत्तर दिन असमर्थ महसुस गरिरहेका विश्वासीलाई एक अत्यन्त उपयोगी साधन प्रदान गर्नुभएको छ । यो पुस्तक पास्टर र साधारण विश्वासी दुवैका लागि अपरिहार्य छ। म यो महत्त्वपूर्ण योगदानका लागि डा. टम पेनिङ्टनप्रति आभारी छु।

-जस्टिन पिटर्स, प्रचारक तथा विश्वास रक्षक

हामीले पवित्र आत्मालाई सम्मान र प्रेम गर्नुपर्छ, किनकि उहाँ परमेश्वर हुनुहुन्छ। यो गर्नका लागि सबभन्दा महत्त्वपूर्ण तरिकामध्ये एक भनेको पवित्र आत्मासम्बन्धी हाम्रा विश्वासलाई उहाँले प्रेरित गर्नुभएको पवित्र धर्मशास्त्रमा आधारित बनाउनु हो। टम पेनिङ्टनले परमेश्वरको वचनबाट पवित्र आत्माले अब आफ्ना सेवकहरूलाई आश्चर्यकर्म गर्ने वरदान दिनुहुन्न भनी प्रमाण प्रस्तुत गर्नुभएको छ। यो पुस्तक “धर्मशास्खले के भन्छ?” भनी साँचो रूपमा प्रश्न गर्दै बन्दवादीहरू र क्यारिज्म्याटिकहरूले पढ्नुपर्छ।

– जोएल आर. बीकी, अध्यक्ष, प्युरिटन रिफर्म्ड थियोलोजिकल सेमिनरी, ग्र्यान्ड र्यापिड्स

 

images 1

टम पेनिङ्टन सन् २००३ देखि ड्यालस क्षेत्रको काउन्साइड बाइबल चर्चमा पाष्टर-शिक्षकको रूपमा सेवा गर्दै आइरहनुभएको छ। टेक्सासमा आउनुअघि, उहाँले प्रेस कम्युनिटी चर्चमा १६ वर्षसम्म सेवा गर्नुभएको थियो, जहाँ उहाँले वरिष्ठ सहयोगी पाष्टर र जोन मकार्थरका व्यक्तिगत सहायकको रूपमा काम गर्नुभयो। यसअघि, उहाँले ग्रेस टु यूको प्रबन्धन निर्देशकको रूपमा काम गर्दै सो सेवाकाइको दैनिक कार्यहरूको निरीक्षण गर्नुभएको थियो। टम र उहाँकी पत्नी शिलाको तीन सन्तान छन्ः लरेन, केटी, र जेसिका।

थप जानकारी
  • लेखक: टम पेनिङ्टन
  • Format: Paperback
  • ISBN: 9789937-9776-3-0
  • Page: 124
  • भाषा:नेपाली
  • प्रकाशन:गोस्पल पब्लिकेशन

म पेनिङ्टनद्वारा लिखित नेपाली पुस्तकहरू,

Abortion  WhatsApp Image 2024 11 19 at 15.20.23 a053fbe0

 

 

Book Author

Format

ISBN

9789937-9776-3-0

Language

Pages

124

Publisher