१) वचन प्रचार 

जवान पास्टरको सबैभन्दा महत्वपूर्ण कार्य भनेको परमेश्वरको वचन प्रचार हो । सम्पूर्ण कुरा यहीँबाट सुरु हुन्छ ।  परमेश्वरको वचनले पापीलाई परिवर्तन गर्दछ र पवित्र बनाउँछ, (१ थेसलोनिकी १ः५, यूहन्ना १७ः१७) । परमेश्वरको वचनले स्वास्थ्य, वृद्धि र आत्मिक परिवर्तन ल्याउँछ, (१ थेसलोनिकी २ः१३) ।  तसर्थ, विश्वासयोग्य भई परमेश्वरको वचनको व्याख्यात्मक प्रचार नै एक जवान पास्टरको पहिलो प्राथमिकता हुनुपर्दछ । 

२) प्रेम

पास्टरले आफ्नो मानिसहरूलाई प्रेम गर्नुपर्छ । उनी आफ्ना मानिसहरू माझ बस्नुपर्छ, र तिनीहरूको वास्ता र सेवा गर्नुका साथै उत्साह दिनुपर्छ । तिनीहरूको बोझ उठाउन मदत गर्नुपर्छ र आफैलाई तिनीहरू प्रति समर्पण गर्नुपर्छ । आफ्ना मानिसहरू माझ आफूलाई विश्वासयोग्य ठहराउन पास्टरले आफ्ना सेवकाइको दिनहरूमा उनीहरूलाई  उदार र नम्रताका साथ प्रेम गर्न जरुरी हुन्छ । किनकि पास्टरले प्रेमपूर्वक आफ्ना मानिसहरूको विश्वास जित्न सकेनन् भने ती मानिसहरूले पनि उनलाई पछ्याउने छैनन् । 

३) आफ्नो लडाइ बुद्धिमानीपूर्वक रोज्नु 

सबै मामिलाहरू लडाइका योग्यका हुँदैनन् । एक जवान पास्टरले कुन कुराहरू महत्वपूर्ण छन् ? कुन कुराहरूमा आफ्नो अडान लिनुपर्दछ ? कुन कुराहरू यी सबैका  योग्यका छन् र कुन कुराहरू योग्यका छैनन् ? भन्ने कुरालाई जान्न र बुझ्न आफूभित्र त्यस चेतनाको विकास गर्दै जानुपर्छ ।

४) धैर्य 

परिवर्तन एकै रातमा हुनेछ, भनी अपेक्षा नगर्नुहोस् । योजना बनाउनुहोस्, र त्यसमा धैर्यताका साथ लागि पार्नुहोस् । धैर्यताका साथ आफ्ना मानिसहरूलाई सिकाउनु होस् र शिक्षा दिनुहोस् । लामो समय अवधिसम्म आफ्ना मानिसहरूलाई सेवा गर्न प्रतिवद्ध हुनुहोस्, र परमेश्वरले आफ्नो समयमा यी सबै कुराको फल फलाउनु भएको होस् भनी प्रार्थना गर्नुहोस् । 

आफ्नो माया साझा गर्नुहोस्
Gospel Pubication
Gospel Pubication

न्यूजलेटर अपडेटहरू

न्यूजलेटर अपडेटको लागि सदस्यता लिन तल आफ्नो नाम र इमेल ठेगना भर्नुहोस् ।