येशूको कथापुस्तक बाइबल

NPR 999.00

– सेली लोइड जोन्स

येशूको कथापुस्तक बाइबलको हरेक कथाले येशूको नाउँ गुनगुनाउँछ।

बाइबल केवल फरक–फरक कथाहरूको संग्रह होइन, बरु परमेश्वरले येशू ख्रीष्टद्वारा गर्नुहुने उद्धारको एउटै महान् कथा हो।

यही सन्देश येशूको कथापुस्तक बाइबल ले बालबालिकाहरूलाई हरेक कथामा येशूलाई देख्न, उहाँलाई प्रेम गर्न र उहाँलाई पछ्याउन मद्दत गर्छ।

The children’s book “The Jesus Storybook Bible” by Sally Lloyd-Jones has been translated into Nepali with the title “येशूको कथापुस्तक बाइबल” (Yeshūko Kathāpustak Bible).

यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क  गर्न पनि सक्नुहुन्छ ।

के तपाईंले कहिल्यै सोच्नुभएको छ, बाइबलका हरेक कथाले वास्तवमा के वा कोतर्फ इसारा गर्छन्?
अक्सर हामी बाइबललाई ६६ वटा पुस्तकहरू र धेरै फरक–फरक कथाहरूले भरिएको एउटा सङ्ग्रहको रूपमा सोच्ने गर्छौं। तर बाइबलका कथाहरू केवल छुट्टाछुट्टै कथाहरू होइनन्। ती सबै कथाहरूले एउटै महान् कथा बताउँछन् परमेश्वरले येशू ख्रीष्टद्वारा गर्नुहुने उद्धारको महान् कथा।
यदि बाइबलका कथाहरू अब्राहाम, याकूब, योसेफ वा दाऊदमै टुङ्गिन्थे भने तिनले हामीलाई केवल उनीहरूजस्तै बन्न वा नैतिक जीवन जिउन मात्र सिकाउने थिए। तर बाइबलको उद्देश्य त्योभन्दा धेरै गहिरो छ। त्यसैले येशूको कथापुस्तक बाइबल ले बालबालिकाहरूलाई हरेक कथामार्फत मुक्तिदाता येशूलाई देख्न, उहाँलाई प्रेम गर्न र उहाँलाई पछ्याउन प्रेरित गर्छ, केवल असल मानिसहरूजस्तै बन्न होइन।

परमेश्वरको मुक्तिको महान् कथा

बहुपुरस्कार विजेता येशूको कथापुस्तक बाइबल ले बाइबलका सबै कथाहरू पछाडिको मुख्य कथा बताउँछ । यो कथा बताउनको लागि हामीलाई पूरै बाइबल चाहिन्छ । यो कथा एक विशेष बालकको बारेमा हो। र बाइबलका सबै कथाहरूले ती नै बालकको नाउँ गुनगुनाउँछ। ऊ पजलको हराएको एउटा टुक्रा जस्तै हो – जुन टुक्राले अरू सबै टुक्राहरूलाई एकसाथ जोड्छ, र एउटा सुन्दर तस्बिर बनाउँछ ।

निकै ढंग पुऱ्याएर लेखिएको र चित्रण गरिएको, येशूको कथापुस्तक बाइबल ले बालबालिकाहरूलाई परमेश्वरको मुक्तिको महान् कथाको केन्द्रमा, साथै तिनीहरूको कथाको केन्द्रमा पनि येशू हुनुहुन्छ भनी आफै पत्ता लगाउन आमन्त्रित गर्दछ ।

बालबालिकाहरूको लागि नेपाली पुस्तकहरू,

469407136 1058195689548478 4740901703444461431 n     Untitled design 1

Book Author

Format

Language

ISBN

9789937-9628-9-6

Pages

352

Publisher

Reviews

There are no reviews yet.

Be the first to review “येशूको कथापुस्तक बाइबल”

Your email address will not be published. Required fields are marked *