महान् आदेशले चर्चहरूलाई मोटरगाडी उत्पादन गर्ने कम्पनीको रूपमा काम गर्न आह्वान गर्दैन । यसले तिनीहरूलाई सूचना विभागहरू जसरी कार्य गर्न पनि आह्वान गर्दैन । न त महान् आदेशले  चर्चहरूलाई व्यावसायिक खेलकुद टोलीहरू जस्तैगरी काम गर्न आह्वान गर्दछ ।

मलाई खेलकुदको बारेमा धेरै थाहा नभएको कारण मेरा चर्चका कर्मचारीहरूले मेरो खिसी गर्ने गर्छन् । तर मलाई योचाहिँ थाहा छ कि हरेक खेलकुद टोलीको लक्ष्य भनेको जित्नु हो । एउटा टोलीले आफ्नो खेलको शीर्ष ट्रफी जित्नका लागि उत्कृष्ट खेलाडीहरू भाडामा लिने र उत्कृष्ट प्रशिक्षण सुविधाहरूको व्यवस्था गर्ने गर्दछ । निःसन्देह, धेरै टोलीहरू भएको कारण नै खेलको आयोजना गरिन्छ र एउटा टोलीको उपस्थितिले कुनै अर्को टोलीलाई खुशी बनाउँछ, तर ती टोलीहरूको मुख्य लक्ष्य भनेको अरू टोलीहरूलाई हराएर ट्रफी जित्नु नै हुन्छ ।

मलाई लाग्दैन कि कुनै पनि चर्चले यी फुटबल टोलीहरूले झैँ एकअर्कालाई हराउने मनसाय बोकेका हुन्छन् । तैपनि हामी माझ यस्ता मनसायहरू छन् कि भनेर जाँच्नको निम्ति म केही प्रश्नहरू सोध्न चाहन्छु । 

– के तपाईं आफ्नो उत्कृष्ट खेलाडीहरू अन्य चर्चहरूलाई खुसीसाथ दिन सक्नुहुन्छ ?

– तपाईंले अन्य चर्चहरूको जागृतिको लागि प्रार्थना गर्दैगर्दा त्यस चर्चमा आएको जागृतिले, के तपाईंलाई आनन्दित तुल्याउँछ ?

– के तपाईंले आफ्नो गाउँघरमा रहेका अन्य चर्चहरूको लागि प्रार्थना गर्नुभएको छ ?

.-के तपाईं आफ्नो शहर, देश वरपर वा विदेशमा रहेका पुराना चर्चहरूलाई पुनः स्थापना गर्न वा नयाँ चर्चहरूको निर्माण गर्न, आफ्नो भेटीको केही अंश दिन सक्नुहुन्छ ?

प्रायः चर्चहरूमाझ रहेको यस्तो विचित्र प्रतिस्पर्धाले सुसमाचारीय चर्चहरूलाई चिनाउने गर्दछ । तर महान् आदेश प्राप्त चर्चले अन्य सुसमाचार— प्रचार गर्ने चर्चहरूसँग प्रतिस्पर्धा गर्दैन किनभने प्रत्येक सुसमाचार— प्रचार गर्ने चर्चले उनीहरू एकै टोलीको लागि खेलिरहेको छ भनी बुझ्दछ ।

महान् आदेश प्राप्त चर्च — चर्च निर्माण गर्ने चर्च

विस्तृत रूपमा भन्नुपर्दा, महान् आदेश प्राप्त चर्च सुसमाचार प्रचार गर्ने र चेलापनमा हुर्काउने चर्चमात्र नभएर, चर्च निर्माण गर्ने र चर्चलाई पुनरुत्थान गर्ने चर्च  पनि हो । जसले परमेश्वरको राज्यलाई आफ्नै सेवकाइ मार्फत वृद्धि भएको हेर्न चाहन्छ, तर परमेश्वरको राज्यको वृद्धि गर्ने काम आफ्नै पर्खालभित्र मात्र सीमित नराखेर बाहिर  फैलिएको हेर्न पनि चाहन्छ ।

त्यसैले महान् आदेश प्राप्त चर्चले बाहिरकाहरूलाई आफूतर्फ खिच्नको लागि सुसमाचारीय गतिविधिहरूमा चासो राख्छ । त्यसैगरी अन्य स्थानीय चर्चहरूलाई सहायता गर्नमा पनि इच्छुक हुन्छ । यो आफ्नै सुस्वास्थ्यसँग मात्र  सन्तुष्ट रहँदैन, यसले बाइबलमा विश्वास गर्ने र स्वास्थ्य सुसमाचार प्रचार गर्ने जमातलाई पनि हेर्न चाहन्छ ।

यस्तो चर्चले अन्य सुसमाचारीय चर्चलाई निर्माण गर्छ र प्रोत्साहन गर्ने कार्य गर्दछ । तिनीहरूको लागि नाम काढेर प्रार्थना गर्दछ, चाहे तिनीहरू टाढा नै किन नरहून् । ती अन्य चर्चहरूलाई मद्दत गर्ने असल मानिसहरू पठाउन इच्छुक हुन्छ । यस प्रकारको चर्चले संसारको पल्लो कुनामा अन्य चर्चहरू निर्माण गर्ने काम गर्दछ ।

महान् आदेश प्राप्त चर्चले एल्डर हुन योग्य मानिसहरू निर्माण गर्न प्रार्थना गर्छ, र त्यसपछि निःस्वार्थ रूपमा तिनीहरूलाई बाहिर पठाउने काम गर्दछ । महान् आदेशलाई प्राथमिकतामा राखी आफ्नो बजेट बिनियोजन गर्ने काम गर्दछ । केही पैसा आफ्नै ठाउँमा सेवकाइको लागि राखी, केही पैसा नजिक र टाढाका अन्य काममा सहयोग गर्नका लागि छुट्याउँछ ।

यसले आफ्ना सदस्यहरू र अन्य सुसमाचार— केन्द्रित चर्चहरू बीच सुसमाचारको निम्ति एकता स्थापित गर्न  सबै प्रकारका सार्वजनिक र निजी तरिकाहरू अपनाएर 

काम गर्दछ । भोकमरीको देशमा एउटा नयाँ रेस्टुरेन्ट खोल्ने कुरामा खुसी भए जसरी नै सदस्यहरू र अगुवाहरू, सुसमाचार प्रचार गर्ने नयाँ चर्चको बारेमा त्यति नै खुसी हुन्छन् । त्यसोभए महान् आदेश प्राप्त चर्चले के गर्छ ? यस विषयमा म चार रणनीतिहरू अघि सार्न चाहन्छु ।  

चेलापनको संस्कृति विकास गर्नुहोस्

पहिलो, महान् आदेश प्राप्त चर्चले आफ्ना सदस्यहरूमाझ चेलापनको संस्कृति  विकास गर्दछ । यसले प्रत्येक सदस्यलाई अन्य विश्वासीहरूलाई विश्वासमा बढ्न मद्दत गर्ने जिम्मेवारीको स्वामित्वमा मद्दत गर्दछ । पावल भन्छन्, पास्टरहरूले सन्तहरूलाई सेवकाइको कामको लागि सुसज्जित पार्छन्, जसको अर्थ सेवकाइको काम सबै सन्तहरूको हो भन्ने हुन्छ । सम्पूर्ण शरीर, प्रेममा सत्य बोल्दै, यसले आफैलाई निर्माण गर्दा, प्रत्येक भागले आफ्नो काम गर्दै, बढ्दै जान्छ (एफिसी ४ः १५–१६) । (१ कोर १२, १४) पनि हेर्नुहोस् ।

मैले येशूलाई पछ्याउनु चेला बन्नु हो भने, मैले कसैलाई येशूलाई पछ्याउन मद्दत गर्नु भनेको चाहिँ चेलापन हो (२ तिमो २ः२) । महान् आदेश प्राप्त चर्चमा, विश्वासमा परिपक्क पुरुषहरूले विश्वासमा कम्जोर पुरुषहरूलाई चेला बनाउँछन्, र विश्वासमा परिपक्क स्त्रीहरूले कम्जोर स्त्रीहरूलाई चेला बनाउँछन् । उदाहरणका लागि, यदि तपाईं एक्लै बस्ने महिला हुनुहुन्छ भने, आफ्ना चर्चको कोही महिलालाई केही काममा मद्दत गर्नको लागि अनुरोध गर्न सक्नुहुन्छ र यसरी तपाईंले त्यस महिलासँग प्रश्न सोध्ने अवसर पाउनुहुनेछ । यदि तपाईं वयस्कहरू माझ बाइबल अध्ययन सञ्चालन गर्ने साधारण एल्डर हुनुहुन्छ भने, तपाईंले अर्को जवान चेला निर्माण गर्न जरुरी हुन्छ र केही समय पश्चात उनलाई जिम्मेवारी सुम्पनुपर्ने हुन्छ । 

महान् आदेश प्राप्त चर्चले कुनै नामधारी ख्रीष्टियानप्रति असहज महसुस गर्नुपर्दछ । यदि तपाईं अनौपचारिक धार्मिक कर्तव्यको रूपमा मात्र शनिवारको दिन चर्चमा अतिथिको रूपमा देखा पर्नुहुन्छ भने, तपाईंलाई स्वागत त गरिनेछ तर  सदस्यको रूपमा व्यवहार भने गरिने छैन । तपाईंलाई यो खासै मन नपर्नसक्छ । तिनीहरूले आफ्नो सम्पूर्ण जीवन येशूलाई पछ्याउनुको लागि दिएका छन्, र तिनीहरू एकअर्कालाई येशूलाई पछ्याउन प्रतिबद्ध छन् । यस्तो प्रतिबद्धता र गतिविधि चेलापन संस्कृतिको भाग हो । अभिप्राययुक्त प्रश्नहरू, अर्थपूर्ण कुराकानी, प्रार्थना र निरन्तर सुसमाचारको याद दिलाउने काम ।

रोबर्ट कोलम्यानको इभान्जेलिज्मको मास्टर प्लान, कोलिन मार्सल र टोनी पेनको द ट्रेलिस एन्ड द भाइन, वा यस विषयमा थप जानकारीको लागि मेरो आफ्नै डिसाइपलिङ्ग नामक पुस्तकलाई हेर्नुहोस् ।

सुसमाचार प्रचार गर्ने  संस्कृतिको  विकास गर्नुहोस्

दोस्रो, महान् आदेश प्राप्त चर्चले सुसमाचारीय संस्कृति विकास गर्दछ । एकतर्फ, सदस्यहरूलाई हरेक साप्ताहिक भेलामा सुसमाचार प्रचार गरिनेछ भन्ने थाहा हुन्छ । त्यसैले तिनीहरू आफ्ना अख्रीष्टियान साथीहरूलाई निम्तो दिन उत्साहित हुन्छन् । सुसमाचार चाहिँ गायन, प्रार्थना र वचन प्रचार मार्फत फैलन्छ । तपाईंले आफ्नो चर्चमा ल्याउनुभएको कुनै पनि अख्रीष्टियानले सुसमाचार सुन्छ भनी के तपाईं विश्वस्त हुनुहुन्छ ? यदि छैन भने, तपाईं यसको बारेमा के गर्न सक्नुहुन्छ ?

अर्कोतर्फ, महान् आदेश प्राप्त चर्चले आफ्ना सदस्यहरूलाई सुसमाचार प्रचारमा तालिम दिने काम गर्छ, किनभने उनीहरूले सामूहिक रूपमा हप्ताभर चर्च भवनमा भेला हुन सक्नेभन्दा बढी अख्रीष्टियानहरूलाई भेट्नेछन् भन्ने कुरा चर्चलाई थाहा हुन्छ । त्यसैले सुसमाचार प्रचारमा “सफलता” प्राप्त गर्नु भनेको तपाईँका अख्रीष्टियान साथीहरूलाई सुसमाचार सुन्नका लागि चर्चमा ल्याउनु मात्र नभएर तपाईंको अख्रीष्टियान छिमेकीहरू र साथीहरूसँग सुसमाचार बाँड्नु हो ।

त्यसैले चर्चले आफ्ना सदस्यहरूलाई सुसमाचार प्रचारमा सुसज्जित पार्ने काम गर्छ ताकि उनीहरूले अरूलाई सुसमाचार कसरी बाँड्ने भनेर जान्न सकून् । मेरो आफ्नै चर्चले सुसमाचार प्रचारमा समर्पित बाइबल अध्ययन समूह मार्फत यसो गर्दछ । म मेरो प्रचारमा अख्रीष्टियानहरूसँग कसरी संलग्न हुनसक्छ भनी, म अख्रीष्टियानहरूलाई स्पष्ट रूपमा सम्बोधन गर्ने तरिकामा नमुना तयार पार्ने प्रयास गर्छु । हामी हाम्रा सदस्यहरूलाई “जिउने दुई तरिका” को उपकरणहरू वा  “क्रिस्चियनिटी व्याख्या” वा “क्रिस्चियनिटी उत्खनन्” जस्ता स्रोतहरू प्रदान गरेर उनीहरूलाई सुसज्जित पार्ने प्रयास गर्छौँ । हामीले ग्रेग गिल्बर्टको येशू को हुनुहुन्छ ? भन्ने पुस्तक आफ्ना सदस्यहरूलाई तिनीहरूका अख्रीष्टियान साथीहरूलाई दिनका लागि हस्तान्तरण गर्छौँ । हामी आइतबार साँझको भेलामार्फत सुसमाचारका अवसरहरूको बारेमा पनि कुरा गर्छौँ । अन्य सदस्यहरूले सुसमाचार प्रचार गर्ने अवसरहरू प्राप्त गरुन् भनी प्रार्थनमा सुसमाचार सुनाउन प्रोत्साहित गर्छ ।

महान् आदेशले तपाईंको लागि के अर्थ राख्छ ? यसको अर्थ यही हो कि येशूले तपाईंलाई चेला– निर्माण गर्न बोलाउनुभएको हो भन्ने हुन्छ । उहाँले तपाईंलाई  अख्रीष्टियानहरूलाई सुसमाचार प्रचार गर्न र ख्रीष्टियानहरूलाई चेला बनाउन बोलाउनुहुन्छ । तपाईंले यो व्यक्तिगत रूपमा— घरमा, काममा, तपाईंको छिमेकमा र साथीहरूमाझ गरिरहनुपर्छ । तपाईंले यो आफ्नै चर्चमा र चर्च मार्फत अन्य ठाउँहरू गर्नुपर्दछ ।

त्यसैले, चर्चका सङ्गी साथीहरूलाई तपाईंलाई मद्दत गर्न प्रयोग गर्नुहोस् । कुनै एल्डरलाई खानाको लागि निम्तो दिनुहोस् र उसँग सल्लाह माग्नुहोस् । तपाईंको सानो समूहसँग यस कुरा बाँड्नुहोस् र प्रार्थना गर्नुहोस् । बाहिर जानुहोस् र आफ्ना साथीहरूसँग सुसमाचार प्रचार 

गर्नुहोस् ।

यस विषयमा थप जानकारीको लागि, म्याक स्टाइल्सका कुनै पनि पुस्तक, विशेषगरी इभान्जेलिज्मः हाउ द होल चर्च स्पीक्स अफ जिजस, वा मेरो पुस्तक द गोस्पेल एन्ड पर्सनल इभान्जेलिज्म हेर्नुहोस् ।

मिशनहरू मार्फत प्रचार नगरिएकाहरूसम्म पुग्नको लागि काम गर्नुहोस्

तेस्रो, महान् आदेश प्राप्त चर्चले, मिसनहरू मार्फत सुसमाचार नपुगेको ठाउँसम्म पुग्नको लागि काम गर्दछ । मिसन र सुसमाचार प्रचार र घरमा चर्च निर्माण बीच के भिन्नता छ ? वास्तवमा, मिसन भनेको सुसमाचार प्रचार हो र जब यसले जातीय, सांस्कृतिक र सामान्यतया राष्ट्रिय सीमाहरू पार गर्दछ तब यो चर्च निर्माण हुन्छ । येशूले हामीलाई “जाओ र सबै जातिहरूलाई चेला बनाओ” भनी आज्ञा गर्नुहुन्छ । मैले यस विषयमा धेरै बताएको छैन किनभने अन्य थुप्रै पुस्तकहरूले यस विचारलाई राम्रोसँग समेटेका छन् । तर कुनै चर्चले यस आज्ञालाई पढ्छ र  कहिल्यै सुसमाचार नसुनेका राष्ट्रहरूमा सुसमाचार पुर्याउन आफैलाई प्रतिबद्ध गर्दैन भन्ने थाहा पाउँदा गाह्रो महसुस हुन्छ ।

कुनै पनि चर्चले संसारभरि जताततै आफ्नो मिसनको लक्ष्य निर्देशित गर्न सक्दैन । त्यसैले मलाई लाग्छ कि चर्चहरू आफ्ना मिसन लक्ष्यमा केन्द्रित हुँदा बुद्धिमानी हुन्छ । उदाहरणका लागि, मेरो आफ्नै चर्च भूमध्य रेखाको १० र ४० डिग्री उत्तरको बीचमा पूर्वी गोलार्द्ध क्षेत्रभित्र पर्ने धेरै देशहरूमा केन्द्रित छ । यो संसारको त्यो क्षेत्र हो जहाँ सबैभन्दा कम प्रतिशत ख्रीष्टियानहरू छन् ।

यदि तपाईं हाम्रो चर्चको सदस्य हुनुहुन्छ भने, र तपाईंले मिसनहरू पछ्याउन चासो व्यक्त गर्नुहुन्छ भने, यदि तपाईं पहिले नै लगानी गरेको स्थानमध्ये कुनै एकमा जान चाहनुहुन्छ भने, हामी तपाईंको निम्ति हाम्रा थप स्रोतहरू प्रयोग गर्न तयार हुनेछौं । तर, सयौँ मानिसहरू सयौँ ठाउँमा पठाउन भने हामी असक्षम छौँ । हामी थोरै पैसामा धेरै मिसनरीहरू पठाउनभन्दा धेरै पैसामा केही मिसनरीहरूलाई सहायता गर्न रुचाउँछौँ । यसले हामीले सहायता गर्ने मिसनरीहरूलाई पैसा उठाउन थोरै समय र चर्च निर्माणको कार्यमा धेरै समय खर्च गर्न सक्षम बनाउँछ । साथै, यसले हामीलाई उनीहरूसँग सम्बन्ध राख्न र जवाफदेहिताको विकास गर्न मदत गर्छ ।

हाम्रो चर्चले मिसनरीहरूसँग प्रत्यक्षरूपमा काम गर्छ, र हामी साउद्रन ब्याप्टिस्ट कन्भेन्सनको अन्तर्राष्ट्रिय मिसन बोर्ड जस्ता संस्थाहरू मार्फत काम गर्छौँ । हामी एक्सेस पार्टनर्स जस्ता समूहहरूसँग पनि काम गर्छौँ, जसले व्यापारीहरूलाई तिनीहरूको व्यवसायिक पेशामा संसारभरका रणनीतिक स्थानहरूमा राख्न मद्दत गर्दछ, जसले गर्दा उनीहरूले दीर्घकालीन रूपमा  मिसनरीहरूलाई सहायता पुर्याउन सक्छन् ।

एक व्यक्तिगत ख्रीष्टियानको हैसियतमा तपाईंको चर्चलाई पहुँच नपुगेकाहरूको ठाउँमा पुग्न मद्दत गर्नलाई तपाईंको भूमिका कस्तो हुनुपर्छ ? पक्कै पनि तपाईंले आफ्नो चर्चका मिसनरीहरूको लागि प्रार्थना गर्नुपर्छ । जब तिनीहरू छुट्टीमा हुन्छन् तिनीहरूको बारेमा थाहा गर्नुहोस् । सायद छोटो अवधिको मिसन यात्राहरूलाई नियाल्नुहोस् जसले तपाईंलाई दीर्घकालीन कामदारहरूलाई सहायता गर्न अनुमति दिनेछ । मिसनरी जीवनीहरू पढ्नुहोस् । अनि आफै पनि मिसनरी यात्रामा जाने बारेमा विचार गर्नुहोस् ।

सुसमाचार नपुगेका ठाउँहरूमा पुग्नको लागि तपाईं र तपाईंको चर्चले गर्नसक्ने एउटा अन्तिम कुरा यो हो कि तपाईंको आफ्नै शहरमा अन्तर्राष्ट्रिय मानिसहरू खोज्नुहोस् । मेरो आफ्नै चर्चले अन्तर्राष्ट्रिय विद्यार्थीहरूमाझ पुग्न कडा मेहनत गर्छ,  तपाईंको शहरमा कुनकुन राष्ट्रका मानिसहरू बस्छन् ? यदि तपाईं तिनीहरूकहाँ सुसमाचार लिएर पुग्नुहुन्छ भने, तिनीहरू जहाँबाट आएका थिए त्यहाँ सुसमाचार फैलिने राम्रो सम्भावना हुन्छ ।

यस विषयमा थप जानकारीको लागि जोन पाइपरले लेख्नुभएको पुस्तक लेट द नेसन्स बी ग्ल्याडमा हेर्नुहोस् ।

अन्य चर्चहरूलाई बलियो बनाउन काम गर्नुहोस्

चर्चहरूमा सामान्यतया मिसनको निम्ति बजेट छुट्याइएको हुन्छ । मलाई लाग्छ कि स्वस्थ चर्चहरूको निर्माण गर्नका लागि पनि बजेट छुट्याउन जरुरी छ । अन्य चर्चहरूलाई बलियो बनाउन काम गर्नु महान् आदेश प्राप्त चर्चहरूको चौथो अभ्यास हो ।

मेरो आफ्नै चर्चले पनि हाम्रो पास्टरीय तालिम कार्यक्रमलाई सहायता गर्नलाई यस माध्यमको प्रयोग गर्दछ । हामी एक वर्षमा बाह्रजना जवानहरूलाई हामीसँग तालिम गर्न खर्च गर्छौँ, जसमध्ये धेरै जसो पास्टरीय सेवकाइमा वा सेवकाइका अन्य पाटोहरूमा आवद्ध हुन्छन् ।

हामी ढःबचपक को सेवकाइ, अर्थात् स्वस्थ चर्चहरू निर्माण गर्न समर्पित सेवकाइलाई सहायता गर्नलाई पनि यो माध्यमको प्रयोग गर्छौँ । हामी अभिप्रायका साथ, हाम्रा स्टाफको संरचना बनाउँछौँ ताकि जवानहरू तालिम प्राप्त भएर अन्य ठाउँहरूमा गइ सेवा पुर्याउन सकुन् । पास्टरीय सहायकहरूले दुईदेखि तीन वर्षसम्म हामीकहाँ सेवा गर्छन् र त्यसपछि 

अन्य ठाउँमा जान्छन् । सहायक पास्टरहरूले तीनदेखि पाँच वर्षसम्म हामीकहाँ सेवा गर्छन् र त्यसपछि जान्छन् । केवल म र सहयोगी पास्टरहरू हाम्रा चर्चमा दीर्घकालीन रूपमा 

रहन्छौँ । बाँकी रहेकाहरूलाई पठाउनको लागि हामी तयार गर्छौँ ।

हाम्रो चर्चले साप्ताहिक सम्मेलनहरूको आयोजना गर्दछ, जहाँ विश्वभरका पास्टरहरू नियमित रूपमा निर्धारित रूपमा भेला हुन्छन् । म पनि यही उद्देश्यका लागि विश्वभरका पास्टरहरूको सञ्जालहरूमा साप्ताहिक फोन वार्ताहरूमा भाग लिन्छु । यी प्रत्येक कुराकानीले मलाई संसारभरिका स्वस्थ चर्चहरूका लागि प्रार्थना गर्ने र काम गर्ने मौका दिन्छ ।

चर्च निर्माण र चर्चलाई पुनर्जीवित बनाउने कतिपय कामहरू हामीले विशेषगरी आफ्नै क्षेत्रमा र संसारका अन्य क्षेत्रहरूमा गर्ने गर्छौँ, जुन अर्को अध्यायको शीर्षक  हो । उदाहरणका लागि, लगभग एक दशकअघि संयुक्त अरब एमिरेट्स दुबईमा रहेको एउटा चर्चमा पास्टरको आवश्यकता परेको बेला हामीले एक जना भाइ, जोनलाई त्यस चर्चमा पठायौँ । त्यो अन्तर्राष्ट्रिय चर्चलाई पुनर्जीवित गर्न परमेश्वरले जोनलाई शक्तिशाली तरिकाले प्रयोग गर्नुभएको छ । जोनलाई त्यहाँ ल्याउन मद्दत गर्ने उहाँका प्रमुख एल्डरमध्ये एक मेरो पुरानो साथी म्याक थिए । जोन र म्याकले त्यस चर्चलाई स्वस्थ स्थानमा पुर्याएपछि, म्याक र अर्का भाइ, डेभले ३०  मिनेटको दूरीमा अर्को चर्च निर्माण गर्नलाई त्यो चर्च छोडे । म्याक र डेभलाई त्यो नयाँ काममा मद्दत गर्न हामीले एकजना पूर्व पास्टरीय सहायक र एकजना पूर्व प्रशिक्षार्थीलाई पनि पठाएका थियौँ । यसरी नै हामीले युएईको अर्को शहरमा अर्को चर्च निर्माण गर्नलाई अर्को पूर्व पास्टरीय प्रशिक्षार्थी पनि पठायौँ ।

यस मुस्लिम देशमा अहिले हाम्रो समूहभित्र रहेका तीनवटा स्वस्थ चर्चहरू सञ्चालन भइरहेका छन् । यिमध्ये कुनै पनि हाम्रो ठूलो योजनाको हिस्सा थिएनन् । हामी त केवल प्रार्थना गर्न, मद्दत गर्न र आर्थिक र मानवीय सहयोग पठाउन त्यहाँ  थियौँ । भनौँ भने, हाम्रा धेरै सदस्यहरूले यी चर्चहरूको काममा मद्दत गर्नको लागि आफ्नो जागिर युएईमा स्थानान्तरण गरेका छन् । हाम्रो चर्चले यस विदेशी भूमिमा परमेश्वरको राज्यको विस्तार भएको देखेर पूर्ण आनन्द बाहेक अरू कुनै विशेष तरिकाको लाभ प्राप्त गर्दैन ।

यी उदाहरणहरू मैले पास्टरको रूपमा के गरेको छु भन्ने कुरामा केन्द्रित छन् । तर तपाईं एकजना साधारण चर्च सदस्य हुनुहुन्छ भन्ने कुरालाई ध्यानमा राख्दै, तपाईं आफ्नो क्षेत्र वा संसारभरि अन्य चर्चहरूलाई बलियो बनाउन के गर्न सक्नुहुन्छ ? पक्कै पनि तपाईंले व्यक्तिगत रूपमा अन्य कामहरूको लागि प्रार्थना गर्न सक्नुहुन्छ । तपाईंले  आफ्नो परिवारसँग मिलेर अन्य कामहरूको लागि प्रार्थना गर्न र आर्थिक सहयोग गर्न सक्नुहुन्छ ।

पक्कै पनि तपाईं अन्य चर्चहरूको आलोचना गर्दा होसियार हुनुपर्छ । हो, यस्तो ठाउँहरू छन् जहाँ तपाईंको चर्चका अभ्यासहरू वा सिद्धान्तहरू अन्य चर्चहरूका भन्दा भिन्न हुन सक्छन् । हामीसँग विभिन्न असहमतिका कुराहरू र त्यसका अनेकन कारणहरू छन् । म तपाईंलाई ती असहमतिहरूलाई झ्यालबाट बाहिर फाल्न भनिरहेको छैन । तर ती मामिलाहरूमा याद राख्नुहोस् कि जसमा तपाईंको चर्च अन्य चर्चहरूसँग असहमत हुन सक्छ, तर कुनैपनि सिद्धान्तहरू सुसमाचार जत्ति महत्त्वपूर्ण छैन । त्यसैले आलोचनात्मक आत्माबाट जोगिनुहोस्, र सुसमाचार प्रचारको साझेदारीमा आनन्दित हुने तरिकाहरू खोज्नुहोस् ।

आफ्नो माया साझा गर्नुहोस्
Gospel Pubication
Gospel Pubication

न्यूजलेटर अपडेटहरू

न्यूजलेटर अपडेटको लागि सदस्यता लिन तल आफ्नो नाम र इमेल ठेगना भर्नुहोस् ।