आधारभुत कुराहरू– एल्डर एक त्यस्तो व्यक्ति हो, जो १ तिमोथी ३ः१–७ र तीतस १ः६–९ मा उल्लेख गरिएको सबै योग्यता अनुसार योग्य ठहरिएको हुन्छ । एल्डरहरूः

१) चर्चका मानिसहरूद्वारा एल्डरको रूपमा पहिचान गरिएको हुन्छ,

२) मानिसहरूलाई वचनबाट सिकाउँछन्, (१ तिमोथी ३ः२) आफ्ना बगालको निम्ति प्रार्थना गर्दछन्, (५ः१४), र चर्चको मामिलालाई हेर्छ, (१ पत्रुस ५ः२) ।

हेरचाहः एल्डरले बगालको हेरचाह गर्नुपर्छ । सबै भेडाहरूलाई निर्देशन दिनुपर्छ, कमजोरहरूलाई बलियो बनाउनुपर्छ, जोगाउनुपर्छ, जिद्दीहरूलाई हप्काउनु पर्छ, र कठिन प्रकारका भेडाहरूलाई सहनुपर्छ (२ तिमोथी २ः२४–२५; प्रेरित २०ः२८; १ थेसलोनिकि ५ः१४) । एल्डरले आफ्नो चर्चका सदस्यहरूको बारेमा परमेश्वरलाई लेखा दिनुपर्ने भएकोले सोही अनुरूप आफ्नो बगालको हेरचाह गर्नुपर्छ । ( हिब्रू १३ः१७)

बहुलताः नयाँ नियममा स्थानीय चर्चहरूमा एल्डरहरूको बहुलता निरन्तर रूपमा देखिएको छ (प्रेरित १४ः २३, २०ः१७; फिलिप्पी १ः १;१ तिमोथी ५ः१७; याकूब ५ः१४) । ख्रीष्ट हाम्रो प्रमुख गोठालो हुनुहुन्छ, र उहाँले नियुक्ति गर्नु भएको मानिसहरूद्वारा आफ्नो बगालको हेरचाह गर्नुहुन्छ, जसले भेडाहरूलाई सिकाउने, हेरचाह गर्ने, मार्गदर्शन गर्ने, संरक्षण गर्ने र प्रेम गर्ने काम गर्दछन् । यसको अर्थ यही हो कि, प्रत्येक स्थानीय मण्डलीले आफ्नो पास्टरको नेतृत्व पछ्याउँदै एल्डरको काम गरिरहेका पुरुषहरूको खोजी गर्नुपर्छ, र तिनीहरूलाई एल्डर कार्यभारको लागि नियुक्त गर्नुपर्छ ।

आफ्नो माया साझा गर्नुहोस्
Gospel Pubication
Gospel Pubication

न्यूजलेटर अपडेटहरू

न्यूजलेटर अपडेटको लागि सदस्यता लिन तल आफ्नो नाम र इमेल ठेगना भर्नुहोस् ।