अन्जान कोही व्यक्तिको अन्त्येष्टिमा वचन प्रचार गर्न सबैभन्दा उपयोगी सुझाव भनेको यही हो किः “तिनीहरूलाई स्वर्गको बारेमा प्रचार नगर्नुहोस् न त नर्कको बारेमा नै । तर त्यहाँ उपस्थित मानिसहरूलाई सुसमाचार प्रचार गर्नुहोस् ।” यस सिद्धान्तले, हामीले जस्तो सुकै अन्त्येष्टिमा वचन प्रचार गरे पनि हाम्रो कामलाई निर्धारण गर्दछ । व्यंग्यात्मक ढङ्गमा भन्नुपर्दा, मृतकको निम्ति हामी भेला भए पनि अन्ततः त्यस समारोहमा उपस्थित हुनेहरूको निम्ति नै हुन्छ ।

वचन प्रचारमा सुसमाचार नै प्रचार गरिनुपर्छ । जब हामी व्यक्तिगत रूपमा कुनै व्यक्तिको परिवर्तन प्रति ढुक्क हुन सक्छौ, तब मात्र हामीले त्यस व्यक्तिले प्राप्त गरेको स्वर्गीय इनामको बारेमा ढुक्कसाथ बोल्न सक्छौ । यदि तपाईंको मनमा अनिश्चितता छ भने, जुन प्रायः आफूले नचिनेको व्यक्तिको अन्त्येष्टिमा प्रचार गर्दा हुने गर्दछ, त्यस समयमा पनि उपस्थित मानिसहरूलाई सुसमाचार प्रचार गर्नमा नै केन्द्रित हुनु उत्तम हुन्छ । कुनै आधारबिना झुटो आश्वासन प्रदान गर्ने परीक्षाबाट आफैलाई अलग राख्नु नै उत्तम हुन्छ । अन्त्येष्टिको वचन प्रचार २० मिनेट भन्दा लामो हुनुहुँदैन, र प्रचारमा वचनले व्याख्या गरेको यी तिन कुराहरूलाई समेट्नु पर्दछ ।

१) शोकित परिवारको आवश्यकतालाई सम्बोधन गर्नुहोस्

यूहन्ना ११ अध्यायमा, येशूले मृत लाजरसलाई जीवित पार्नुभएको घटना यस्तो अवस्थामा उपयोगी हुन सक्छ । यदि येशू आफ्नो मित्रको मृत्युमा रुनु भयो भने हामी पनि रुनु पर्छ । प्रायः म मेरो जीवनमा घटेको यस घटनालाई बाँड्ने गर्छु– मेरी श्रीमती र मैले हाम्रो दोश्रो सन्तानलाई गर्भमै गुमाएका थियौँ ।  त्यस समयमा मेरो बुबाले हामी दुवैलाई आफ्नो सन्तानको निम्ति शोक गर्ने सल्लाह दिनु भयो र कसरी गर्ने भन्ने बारेमा पनि सिकाउनु भयो । 

शोक गर्नु उपयुक्त कुरा हो भनी मानिसहरूले बुझेका हुन्छन्, भन्ने कुरा तपाईंले कहिल्यै पूर्वानुमान नगर्नुहोस् । या त आफ्नो प्रियको बारेमा कुरा गरी आफ्नो शोकलाई कम गर्ने भनेर जानेका हुन्छन् भनेर नै । वास्तवमा आफ्नो प्रियजनलाई गुमाउनु पर्दाको पीडाको कारण धेरैले कुरै गर्न चाहदैनन् । प्रायः धेरै पास्टरलाई यस विषयमा थाहा छ कि पास्टरीय परामर्शसँगै सान्त्वना दिँदै जाँदा धेरै वर्षपछि मानिसहरूले यस प्रक्रियाको महत्वलाई बुझेका छन् । 

२) सुसमाचारको आशालाई प्रष्ट रूपमा बुझाउनुहोस्

शोकको बीचमा साँचो आशा जुन सुसमाचारको आशा बाहेक अन्य कुनै कुराबाट आउन सक्दैन । त्यसैकारण अन्त्येष्टिको वचनको दोश्रो र तेश्रो भाग ख्रीष्टको व्यक्तित्व  र काम प्रति केन्द्रित रहन्छ ।  प्रचार गर्नलाई तपाईंले जुनसुकै पदलाई रोज्नु भए पनि सुसमाचारको यी तत्वहरूः परमेश्वरको पवित्रता, मानिसको पाप र त्यसको योग्यको न्याय, ख्रीष्टको सिद्ध व्यक्तित्व, हाम्रो बचावटको लागि उहाँको प्रायश्चितको काम र पश्चाताप प्रति हाम्रो अपरिहार्य प्रतिक्रियालाई प्रचार गर्न केन्द्रित हुनुहोस् । 

३) प्रचार सुन्ने मानिसहरूलाई सुसमाचारप्रति प्रतिक्रिया जनाउन बोलाउनु होस् । 

यस कुरालाई प्रभावकारी ढङ्गमा गर्न तपाईंले सक्दो आफ्नो श्रोताहरू र मृतकको बारेमा जानेर तयारी गर्नुपर्ने हुन्छ । त्यहाँ ख्रीष्टियान र अख्रीष्टियानहरू दुवै उपस्थित छन्, भन्ने कुरा तपाईंलाई थाहा हुनुपर्छ । त्यहाँ उपस्थित सबैसँग अनन्त जीवन कसरी  प्राप्त गर्न सक्छौं भन्ने बारेमा आ–आफ्नै धारणा छ भन्ने तपाईंले जान्नुपर्छ ।  उदाहरणको लागिः मैले एउटा यस्तो अन्त्येष्टिको सेवा गरेको थिएँ, जहाँ उपस्थितहरू मध्ये ९० प्रतिशत रोमन क्याथोलिक थिए र अन्य धेरै उपस्थित मानिसहरू मर्मोन र अरू मानिसहरू कहिल्यै चर्च नगएकाहरू थिए ।   

अवस्था जस्तो सुकै भए पनि मैले सुसमाचारलाई प्रष्ट रूपमा बताइदिएँ   । प्रचारलाई सुन्ने मानिसहरूलाई आफ्ना पापको पश्चाताप गर्न र ख्रीष्टमा विश्वास गर्न र उहाँमा भरोसा गर्नलाई आह्वान गरें । उनीहरूले सुसमाचार प्रति पूर्वानुमान लगाएका कुरालाई मध्यनजर गर्दै भिन्न तरिकामा सुसमाचारप्रति प्रतिक्रिया जनाउनलाई आह्वान गरेँ । उनीहरूलाई शोक गर्न सल्लाह दिदैँ सुसमाचारलाई स्पष्ट र साधारण रूपमा प्रचार गर्नुहोस् । उनीहरूलाई ख्रीष्टको आवश्यकता र मृत्यु नजिकै छ भन्ने कुरालाई बुझ्न मदत गर्नुहोस् । उनीहरूलाई पश्चाताप र विश्वास गर्न आह्वान गर्नुहोस् । 

आफ्नो माया साझा गर्नुहोस्
Gospel Pubication
Gospel Pubication

न्यूजलेटर अपडेटहरू

न्यूजलेटर अपडेटको लागि सदस्यता लिन तल आफ्नो नाम र इमेल ठेगना भर्नुहोस् ।