अनुग्रहका अत्यावश्यक माध्यमहरू
Original price was: NPR 200.00.NPR 99.00Current price is: NPR 99.00.
ईश्वरभक्तिमा वृद्धि हुनको लागि परमेश्वरले दिनुभएको तीन प्रमुख दानहरू: धर्मशास्त्र, प्रार्थना र स्थानीय चर्चको जीवन र सेवकाइमा हुने सहभागिता ।
यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।
अनुग्रहका अत्यावश्यक माध्यमहरू
प्रायः ख्रीष्टियानहरूले आफ्ना सबै आत्मिक समस्याहरूको समाधानका लागि आत्माको कुनै असाधारण चमत्कारको प्रतीक्षा गर्छन् । यस्तो जागृति सम्भव भएता पनि, यो नै आफ्नो चर्चलाई वृद्धि गराउने परमेश्वरको सामान्य तरिका होइन । पावल वशरले अनुग्रहका अत्यावश्यक माध्यमहरू नामक पुस्तकमा, ईश्वरभक्तिमा वृद्धि हुनको लागि परमेश्वरले दिनुभएको तीन प्रमुख दानहरूमा ध्यान केन्द्रित गरेका छन्ः धर्मशास्त्र, प्रार्थना र स्थानीय चर्चको जीवन र सेवकाइमा हुने सहभागिता । असाधारण कुराप्रतिको हाम्रो चाहनाले हामीलाई साधारण कुरालाई बेवास्ता गर्ने बनाउनुहुँदैन । बरु, असाधारण तरिकामा ख्रीष्टको अनुरूपमा वृद्धि हुन र उहाँको निम्ति उपयोगी बन्नको लागि आत्मामा निर्भर भएर अनुग्रहका यी साधारण माध्यमहरूमा आफूलाई समर्पित गरौं।
यो पुस्तकको हरेक पृष्ठले मेरो हृदयमा एक न्यानो प्रतिध्वनि दिन्छ । यस पुस्तकले सङ्क्षिप्त र स्पष्ट रूपमा, सरल र दृढ रूपमा, गम्भीर र आकर्षक रूपमा, परमेश्वरद्वारा तोकिएको वास्तविक र स्थायी आत्मिक जीवनको मार्ग देखाएको छ। मेरो बाइबल, मेरो अनुभव र मेरो विवेकको गवाही यो हो, कि पावल वशरले हामीमध्ये धेरैको आत्मिक समस्याहरूको सरल समाधान देखाएका छन् । मलाई मेरो प्राणको भलाइको निम्ति यी कुराको आवश्यकता छ र मैले प्रेम गर्ने मानिसहरूको प्राणको भलाइ र उहाँको चर्चमा परमेश्वरको महिमाको निम्ति म यी कुराको चाह गर्छु। मलाई विश्वास छ, कि तपाईलाई यी कुराको आवश्यक छ र तपाईले तिनीहरूको चाह पनि गर्नुपर्छ ।”
– जेरेमी वाकर, मेडिनबोअर ब्याप्टिस्ट चर्चका पास्टर, क्राउली, इंगल्याण्ड
लेखक
पावल वशर ले दश वर्षसम्म पेरू देशमा मिसनरीको रूपमा काम गर्नुभयो, जुन समयमा उनले पेरूमा मण्डली स्थापना गर्नेहरूलाई सहायता गर्नका लागि HeartCry Missionary Society नामक सस्था खोल्नुभयो । अहिले पावल त्यही HeartCry Missionary Society (www.heartcrymissionary.com) मा सक्रिय सदस्यका रूपमा काम गरिरहनुभएको छ। उहाँको पत्नीको नाम चारो (Charo) हो र उहाँहरूका तीन सन्तानहरू छन्ः इआन, इभान र रोवान ।
थप जानकारी
- लेखक: पावल वशर
- स्वरूप: मुलायम कभर
- (ISBN) नम्बर: 9789937-9776-4-7
- पृष्ठ संख्या: 64
- भाषा:नेपाली
- प्रकाशन:गोस्पल पब्लिकेशन
गोस्पल पब्लिकेशनमा पावल वशरद्वारा लिखित नेपाली पुस्तकहरू
Book Author | |
---|---|
Format | |
ISBN | 9789937-9776-4-7 |
Language | |
Pages | 64 |
Publisher |
Reviews
There are no reviews yet.