महत्त्वपूर्ण प्रश्नहरू

Original price was: NPR 300.00.Current price is: NPR 199.00.

बाइबलीय पुरुष र स्त्रीसम्बन्धी मुख्य सरोकारहरूको संक्षिप्त अवलोकन

–जोन पाइपर र वेन गुडम

यस पुस्तिकाले परमेश्वरले पुरुष र स्त्रीका लागि दिनुभएको असल योजनालाई बुझ्न ५० महत्त्वपूर्ण बाइबलीय प्रश्नहरूको स्पष्ट, सन्तुलित र धर्मशास्त्रमा आधारित उत्तर प्रस्तुत गर्दै घर, परिवार, चर्च र सेवकाइमा उहाँको योजनाअनुसार जीवन जिउन मार्गदर्शन गर्छ।

50 Crucial Questions About Manhood and Womanhood

यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।

महत्त्वपूर्ण प्रश्नहरूका चित्तबुझ्दा जवाफहरु

‘सुसमाचारीय चर्चका अगुवाहरूले यस विषयमा एउटा बुद्धिमानी, स्पष्ट र सम्झौताहीन बाइबलीय स्पष्टताका साथ बोल्नु नितान्त आवश्यकता छ। पाइपर र मुडमले त्यो स्पष्ट आवाज प्रदान गर्नुभएको छ। म प्रार्थना गर्दछु कि उहाँहरूका जवाफहरू मानिसहरूले सुनुन् र व्यवहारमा लागु गरून्, ताकि पुरुष र स्त्रीका लागि उहाँको विशाल योजनामार्फत परमेश्वरको महिमा अझ शक्तिशाली रूपमा प्रदर्शित हुन सकोस् ।”

एरिक थोएनेस, बाइबलीय तथा ईश्वरशास्त्रीय अध्ययनका प्राध्यापक, ट्यालबोट स्कूल अफ थियोलोजी, बायोला युनिभर्सिटी

“हाम्रो सृष्टिकर्ताले गर्नुभएका अचम्मका कामहरूतर्फ हाम्रो मन र हृदयलाई जागृत गराउन पाइपर र युडमले पवित्र-शास्त्रका खण्डहरू पालैपालो प्रस्तुत गर्नुभएको छ। चर्च र घरमा हाम्रा भूमिकाहरूका बारेमा रहेका प्रमुख प्रश्नहरूको यो सङ्क्षिप्त व्याख्याले पाठकहरूलाई सिधै परमेश्वरको वचनतर्फ डोऱ्याउनेछ, ताकि त्यहाँ वास्तवमा के छ भनी उनीहरूले देख्न सकून् ।”

ग्लोरिया फर्म्यान, पास्टरकी पत्नी, रिडिमर चर्च अफ दुबई: द पास्टर्स वाइफ एण्ड मिसनल मदरहुड नामक पुस्तकको लेखिका

“यहाँ तपाईले सुसमाचारीय समुदायका दुई उत्कृष्ट व्यक्तिहरूबाट सङ्क्षिप्त ढाँचामा प्रमुख प्रश्नहरूको उत्तर पाउनुहुनेछ । परमेश्वरको असल र बुद्धिमानी योजनाप्रति साँचो हृदयदेखि आज्ञाकारी हुनका लागि प्रोत्साहन दिन परमेश्वरले यस पुस्तकको प्रयोग गर्नुभएको होस् ।”

ऱ्यान्डी स्टिन्सन, प्रमुख प्राज्ञिक अधिकारी तथा प्राज्ञिक प्रशासनका वरिष्ठ उपाध्यक्ष, द सदर्न ब्याप्टिस्ट थियोलोजिकल सेमिनेरी

Piper 768x768 1

जोन पाइपर desiringGod.org का संस्थापक तथा मिनियापोलिस, मिनेसोटामा रहेका बेथेलेहेम कलेज र सेमिनारीका कुलपति हुनुहुन्छ। उहाँले बेथेलेहेम व्याप्टिस्ट चर्चको पास्टरको रूपमा तेत्तिस वर्षसम्म सेवा गर्नुभयो, र उहाँ पचासभन्दा बढी पुस्तकहरूको लेखक हुनुहुन्छ । तिस वर्षभन्दा बढी समयावधिमा उहाँले प्रचार गर्नुभएको प्रवचन र उहाँका लेखहरू desiring God.org मा उपलब्ध छन् ।

wayen grudem

वेन गुडम फिनिक्स सेमिनेरीमा ईश्वरशास्त्र र बाइबलीय अध्ययनका अनुसन्धान प्राध्यापक हुनुहुन्छ । उहाँ काउन्सिल अन बिब्लिकल म्यानहुड एण्ड वुमनहुडका सह-संस्थापक र पूर्व अध्यक्ष हुनुहुन्छ, र इएसभी अध्ययन बाइबलका मुख्य सम्पादक हुनुहुन्थ्यो । उहाँले सुव्यवस्थित ईश्वरशास्त्रसहित २० भन्दा बढी पुस्तकहरू प्रकाशित गर्नुभएको छ। वेन मुडमका अन्य स्रोतहरूका लागि waynegrudem.com हेर्नुहोस् ।

थप जानकारी

  • लेखक: जोन पाइपर र वेन गुडम
  • स्वरूप: मुलायम कभर
  • (ISBN) नम्बर:  9789905-605-00-8    
  • पृष्ठ संख्या: 92
  • भाषा: नेपाली
  • प्रकाशन: गोस्पल पब्लिकेशन

 

Book Author

Format

ISBN

9789905-605-00-8

Pages

92

Publisher

Reviews

There are no reviews yet.

Be the first to review “महत्त्वपूर्ण प्रश्नहरू”

Your email address will not be published. Required fields are marked *