विवाहको तयारी

ख्रीष्टियान जोडीहरूको निम्ति सहायता

–जोन पाइपर

विवाह केवल दुई व्यक्तिको सम्बन्ध होइन, तर परमेश्वरको महिमाका लागि उहाँको योजनामा सहभागी हुने बोलावट हो। जोन पाइपरले विवाहको तयारी र वैवाहिक जीवनका व्यावहारिक पक्षहरूमा बाइबलीय मार्गदर्शन दिँदै, ख्रीष्टियान विवाहको महान् उद्देश्यलाई देखाउनुहुन्छ।

Preparing for Marriage: Help for Christian Couples

यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।

परमेश्वरसँगै सपना देख्ने साहस गर्नुहोस् ।

कुनै विशेष व्यक्तिलाई चिन्नु वा बुझ्नु भनेको स्वाभाविक रूपमा उसको परिवार, साथीभाइ, शिक्षा, खेलकुद, मनपर्ने रुचिहरू तथा उनको आशा र सपनाहरूका बारेमा पनि जान्नु हो। उचित रूपमा, तपाईहरूले एक अर्कालाई विभिन्न प्रकारका प्रश्नहरू सोध्नुहुनेछ- केही अत्यन्त महत्त्वपूर्ण र केही सामान्य जीवनका राम्रा तथा नराम्रा क्षणहरू र आफ्ना विगतका सुखद र दुःखद पक्षहरूका बारेमा ।

तर परमेश्वरको बारेमा नि ? तपाईहरूको सम्बन्धमा उहाँको भूमिका के छ ? तपाईहरू प्रत्येकले उहाँका बारेमा के विश्वास गर्नुहुन्छ, र विवाहका लागि विशेष गरी तपाईहरूको विवाहका लागि – उहाँको योजनालाई कसरी बुझ्नुहुन्छ ?

जोन पाइपर तपाईलाई विश्वासयोग्य पति र पत्नी बन्ने यात्रामा अघि बढ्न मदत गर्न चाहनुहुन्छ। यहाँ तपाईले मगनी (engagement), विवाहको तयारी, आर्थिक व्यवस्थापन र यौन सम्बन्धजस्ता व्यावहारिक विषयहरूमा उहाँका सल्लाहहरू पाउनुहुनेछ। तर सबैभन्दा महत्त्वपूर्ण कुरा, पास्टर जोनले विवाहबारे एउटा गहिरो सत्य सिकाउनुहुन्छः परमेश्वरले हरेक ख्रीष्टियान विवाहमा गरिरहनुभएको त्यस्तो भव्य कार्यको दर्शन, जुन हामीमध्ये धेरैले कल्पना गर्न समेत साहस गरेका हुँदैनौँ।

Piper 768x768 1

जोन पाइपर desiring God.org का संस्थापक तथा मिनियापोलिस, मिनेसोटामा रहेका बेथेलेहेम कलेज र सेमिनारीका कुलपति हुनुहुन्छ। उहाँले बेथेलेहेम व्याप्टिस्ट चर्चको पास्टरको रूपमा तेत्तिस वर्षसम्म सेवा गर्नुभयो, र उहाँ पचासभन्दा बढी पुस्तकहरूको लेखक हुनुहुन्छ । तिस वर्षभन्दा बढी समयावधिमा उहाँले प्रचार गर्नुभएको प्रवचन र उहाँका लेखहरू desiring God. org मा उपलब्ध छन् ।

थप जानकारी

  • लेखक: जोन पाइपर
  • स्वरूप: मुलायम कभर
  • (ISBN) नम्बर: 9789905-9921-7-7   
  • पृष्ठ संख्या: 84
  • भाषा: नेपाली
  • प्रकाशन: गोस्पल पब्लिकेशन
Book Author

Format

ISBN

9789905-9921-7-7

Language

Pages

84

Publisher

Reviews

There are no reviews yet.

Be the first to review “विवाहको तयारी”

Your email address will not be published. Required fields are marked *