सुसमाचारको बोलावट र साँचो परिवर्तन

Original price was: NPR 400.00.Current price is: NPR 250.00.

पावल वाशर

 

सुसमाचारको पुनःस्थापना

यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।

150 in stock

प्रेरित पावलले सुसमाचारलाई आफ्नो प्रचारमा पहिलो स्थान दिए, यसलाई प्रष्टसँग घोषणा गर्नका लागि आफ्नो सम्पूर्ण बल खर्च गरे, अनि उनीले सुसमाचारको यतिसम्म खबरदारी गरे कि यसको सत्यतालाई तोडमोड गर्नेलाई श्रापितसम्म भन्न पुगे । तर वर्तमान युगमा एउटा हायलाग्दो दृश्य छ, जहाँ आफैलाई सुसमाचारवादी भन्नेहरूमध्ये धेरैले सुसमाचारलाई सुँगा रटाइ गरिने केही वक्तव्यहरूमा सीमान्कित गरेका छन् अनि परिवर्तनलाई केवल मानवीय निर्णयको रूपमा हेरेका छन् । सुसमाचारको बोलावट र साँचो परिवर्तनमा पावन वशरले विश्वास, पश्चाताप र खीष्टलाई ग्रहण गर्नुको सही अर्थलाई केलाउँदै यस्तो सस्तो विश्वासवादलाई चुनौती दिन्छन् । साथै उनले उद्धारकारी अनुग्रहको प्रभावहरूको पनि उत्खनन् गर्दछन् जसको बारेमा परमेश्वरले नयाँ करारमा प्रतिज्ञा गर्नुभएको छ नयाँ हृदय र नयाँ मानिसहरूको सृष्टि ।

अनुमोदनहरू

71374837 1731200847024244 4107847429317984256 n

नेपाली चर्चहरूमा मैले देखेको मुख्य खाचो भनेको साँचो परिवर्तन सम्बन्धी बाइबलीय शिक्षा हो। सुसमाचारको बोलवट र साँचो परिवर्तनका लेखक पावल वाशरले साँचो खीष्टियान कसरी बन्न सकिन्छ भनी बाइबलीय सत्यताद्वारा गहन शिक्षालाई प्रष्टै रूपमा उजागर गरिदिनुभएकोमा म लेखकको निम्ति परमेश्वरलाई धेरै धन्यवाद दिन चाहन्छु। हाम्रो नेपाली श्रीष्टियान जगतमा मानिसको सुसमाचार प्रचारको आफ्नै रणनीति र साँचो परिवर्तन सम्बन्धी कम्जोर बुझाइले गर्दा चर्चहरू कम्जोर भएको र झूटा चर्चहरुको स्थापना भएको म देख्छु म तपाई सबै चर्चका पास्टरहरू लगायत सम्पूर्ण विश्वासीहरूले यस पुस्तक अध्ययन गरी तपाईं आफैलाई र तपाईंका चर्चलाई बलियो बनाउनुहुनेछ भनी बाशा राख्दछु ।

पास्टर सर्बजित गुरुङ , ग्रेस चर्च बुटवल

12916838 10154174938727859 4877059707962089001 o

वर्तमानको नेपाली ख्रीष्टियान चर्चहरूमा सुसमाचारको सतही बुझाइ, सस्तो अनुग्रहु र  सजिलो विश्वासवादले निकै प्रभाव पारेको देखिन्छ । यसैले, बाइबलीय साँचो सुसमाचार के हो, के म साँच्चै नयाँ गरि जन्मिएको विश्वासी हूँ र साँचो तरिकाले ख्रीष्टमा विश्वास गर्नु भनेको के हो भन्ने महत्वपूर्ण विषयहरूलाई बुझ्नु आजको अपरिहार्यता हो। यो पुस्तकमा यही विषयको विश्लेषण अध्ययन गर्दै गर्दा धर्मशास्त्रको प्रकाशमा मैले सुसमाचारको मेरो बुझाइ र विश्वासलाई स्पष्ट तवरले बुझ्ने मौका पाएँ म सबैलाई यो पुस्तक पढ्न हौसला सहित अनुरोध गर्दछु ।

पास्टर तिमोथी केसी, द ग्यादरिंग चर्च, ललितपुर

467149173 10231232056043532 2957095977549901074 n

यस पुस्तकको चुरो कुरा भनेको साँचो सुसमाचारले साँचो विश्वास र चेनापनतर्फ होर्‍याउँछ। यस पुस्तकले ख्रीष्ट साँचो चेलाहरू निर्माण गर्न सहायता पुर्याउनेछ भनी म विश्वास गर्दछु ।

पास्टर जिरमान राई, लिभिङ बप्तिस पर्व, ललितपुर

   लेखक

cIprIoQH 400x400

पावल वशर ले दश वर्षसम्म पेरू देशमा मिसनरीको रूपमा काम गर्नुभयो, जुन समयमा उनले पेरूमा मण्डली स्थापना गर्नेहरूलाई सहायता गर्नका लागि HeartCry Missionary Society नामक सस्था खोल्नुभयो । अहिले पावल त्यही HeartCry Missionary Society (www.heartcrymissionary.com) मा सक्रिय सदस्यका रूपमा काम गरिरहनुभएको छ। उहाँको पत्नीको नाम चारो (Charo) हो र उहाँहरूका तीन सन्तानहरू छन्ः इआन, इभान र रोवान ।

    थप जानकारी

  • लेखक: पावल वशर
  • स्वरूप: मुलायम कभर
  • (ISBN) नम्बर: 9789937-9776-4-7
  • पृष्ठ संख्या: 64
  • भाषा:नेपाली
  • प्रकाशन:गोस्पल पब्लिकेशन
गोस्पल पब्लिकेशनमा पावल वशरद्वारा लिखित नेपाली पुस्तकहरू

Gospel Power and Message scaled 1     Gospel scaled     22    WhatsApp Image 2025 04 02 at 12.00.13 70a0a0ea    WhatsApp Image 2024 11 20 at 14.38.20 7de72d54      11

Book Author

,

Format

Language

Pages

200

Publisher

ISBN

9789937129732

Reviews

There are no reviews yet.

Be the first to review “सुसमाचारको बोलावट र साँचो परिवर्तन”

Your email address will not be published. Required fields are marked *