मभित्र अहिले एउटा बढ्दो विश्वास छ– वर्तमान समयमा चर्चहरूको आवश्यकता भनेको ताजा र दीर्घकालीन पवित्र आत्माको काम हो । मेरो यो विश्वास साधारण रूपमा पवित्र आत्मा तल आउनु र हामीलाई पुनर्जीवित वा सशक्त बनाउनु नै चर्चहरूको आवश्यकता हो भन्ने बारेमा होइन, तर पवित्र आत्माले येशू ख्रीष्टको राज्य हामी र अन्य मानिसहरूलाई प्रकट गरिदिनु भन्ने बारेमा हो । 

यदि मेरो जस्तै विश्वास, तपाईंको हृदय र दिमागमा पनि नवीन शक्ति र जोशका साथ घुमिरहेको छ भने, यो प्रश्न गर्न उचित हुन्छ, “यस विश्वासले हामीभित्र वास गरिसकेको छ भनी हामी कसरी थाहा गर्न सक्छौ ?” “हामीले यस विश्वासलाई साँचो रूपमा अँगालेका छौं, भन्ने कुराको प्रमाण के ले दिन्छ ?”

प्रार्थना प्रति प्रतिवद्ध

यी दिनहरूमा म यसप्रकारका प्रश्न विचार गरिरहेको छु, र मलाई लाग्छ, हामीले कम्तिमा यी दुई चिन्हहरू माथि अवलोकन गर्नैपर्छ । पहिलो, जब हामी प्रार्थनामा प्रतिवद्ध हुन्छौ, तब हामी यस विश्वासलाई अँगाल्छौ । प्रार्थना गर्ने व्यक्तिले यस कुरालाई बुझ्दछ । अझ भन्नुपर्दा, ती मानिसहरूले जो नियमित रूपमा परमेश्वरको अघि प्रार्थनामा जान्छन् । किनकि तिनीहरूले आफ्नो प्रार्थनाद्वारा यस विश्वासलाई देखाइरहेका हुन्छन् कि, केवल परमेश्वरले मात्र पवित्र आत्माको सेवकाइद्वारा नयाँ जन्मको काम पुरा गर्न सक्नुहुन्छ । यदि हामी प्रार्थना नगर्ने मानिस हौँ भने, हामी आफैले नै यस कामलाई पुरा गर्न सक्छौँ भनी विश्वास गर्नु हो ।

अब यदि, प्रार्थना भनेको हाम्रो विश्वासको प्रमाणको प्रकटीकरण हो भने, ती मानिसहरूले प्रार्थना गर्नेछन्, जसले सुसमाचारको ताजा काम परमेश्वरले गर्नुभएको होस् भनी इच्छा गर्दछन् । चाख लाग्दो कुरा त, लुकाले लेखेका सुसमाचारको पुस्तकको महत्वपूर्ण विन्दुमा यस सम्बन्धलाई देखाइएको छ । कम्तिमा पनि ४ पटक मानिसहरूले येशूलाई प्रार्थना गर्ने मानिसको रूपमा र उहाँ को हुनुहुन्छ भन्ने कुराको वास्तविकताको निकटतामा देखेका छन् ।

पत्रुसले येशू ख्रीष्ट हुनुहुन्छ, भनी स्वीकार गरेको घटनाभन्दा अघि येशूले एक्लै प्रार्थना गर्नुभएको थियो । (लूका ९ः १८–२०)

– पत्रुस, यूहन्ना र याकूब येशूसँग डाँडामा गएको बेलामा परमेश्वरको आवाज स्वर्गबाट, येशू को हुनुहुन्छ भनी प्रकट गर्नको निम्ति मात्र नभएर उहाँको चेलाहरूले उहाँको शिक्षाको प्रकाशमा के गर्नुपर्ने हो भनी प्रकट गर्नको निम्ति पनि आएको हो । (लूका ९ः २८–२९)

– बप्तिस्मामा, येशूले प्रार्थना गर्दै गर्नुहुँदा स्वर्ग उघारिन्छ, पवित्र आत्मा ढुकुरको रूपमा तल ओर्लनु हुन्छ र स्वर्गबाट आएको आवाजले येशू उहाँको पुत्र हुनुहुन्छ भनी पुष्टि गर्दछ । (लूका ३ः२१–२२)

– वृद्ध सन्तहरू, सिमोन र हन्नाले पवित्र आत्माको सेवकाइ र येशूलाई जानी आफ्ना दैनिक प्रार्थनाको सन्दर्भमा उहाँको को हुनुहुन्छ भन्ने कुराको स्वीकार गरे ।

यी चार बुँदाहरू महत्वपूर्ण छन्, र मलाई लाग्छ यी बुँदाहरू हामीलाई योजनाबद्ध तरिकाले दिइएको छ । यी बुँदाहरूले हामीलाई यही सिकाउँछ– जब मानिसहरू ख्रीष्टकहाँ आउँछन्  र उहाँलाई पछ्याउन थाल्छन् तब तिनीहरूले यी कुराहरू पवित्र आत्माको ताजा र सक्रिय कार्यद्वारा गर्छन् र पवित्र आत्माले यो काम हाम्रो प्रार्थनाद्वारा गर्नुहुन्छ ।

जब हामीलाई पवित्र आत्माको खाँचो छ, भन्ने विश्वासलाई हामी साँचो रूपमा अँगाल्छौँ, तब हामीले आफैलाई प्रार्थनामा समर्पण गर्दछौं ।

बाइबलीय व्याख्यामा प्रतिवद्ध हुनु

दोश्रो– जब हामी पवित्र आत्माको ताजा र दीर्घकालीन सेवकाइलाई अँगाल्छौँ, तब यसले प्रार्थना मात्र नभई बाइबलीय व्याख्या पनि निम्त्याउँछ । चर्च पुनः आफ्नो मुख्य आवश्यकता प्रति सचेत भएसँगै मानिस र प्रचारकहरू परमेश्वरको साधारण र शक्तिशाली वचन प्रचारप्रति भोको हुँदै जान्छन् । अर्को शब्दमा भन्नुपर्दा, प्रार्थनामा समय बिताउने व्यक्ति तिनीहरू नै हुन्, जो आफैलाई बाइबलीय वचन प्रति अर्पण गर्दछ ।

प्रचार र पवित्र आत्माले सँगै काम गर्नुहुन्छ

म यस कुरामा सचेत छु कि, हामी मध्ये धेरैले पवित्र आत्मा र प्रचारको सम्बन्धलाई राम्ररी बुझेका छैनौँ । किनकि हामी धेरै जना गलत दिशातर्फ डोर्याएका छौँ । हामी माझ यो विचार प्रचलित छ कि, विश्वास गर्नलाई हामी कि त पवित्र आत्मा प्रति प्रतिवद्ध हुनुपर्छ, वा त परमेश्वरको वचन प्रति । एक व्यक्तिले यी दुई मध्ये एउटालाई रोज्न सक्छन्, तर दुवैलाई भने होइन ।

यी व्यक्तिहरूले नै हामीलाई यो कुरामा विश्वास दिलाउन खोज्छन् कि, एक व्यक्ति या त पवित्र आत्माले अगुवाइ गर्नुभएको चर्चमा सामेल हुन्छ, या त वचन केन्द्रित चर्चमा, तर दुवै प्रकारको चर्चमा भने सामेल हुन सक्दैन । हामीभित्र यसप्रकारको परम्परागत विचार जकडिएर बसेको छ । तर यस्तो धारणा गलत धारणा हो ।

वास्तवमा यी सबै कुराहरू प्रति म थकित भइसकेको छु, र पवित्र आत्मा र वचन एकअर्का प्रति विरोधाभास भएझैँ बहस गर्ने मानिसहरू प्रति पनि । यसप्रकारको विभाजन गलत कार्य हो, र यस्ता कार्यहरूलाई कसरी निर्मूल पार्न सक्छौँ भनी सिक्न यो उचित समय हो ।

म यही भन्न चाहन्छु कि, पवित्र आत्माको ताजा र दीर्घकालीन सेवकाइलाई चर्चको आवश्यकताको रूपमा बुझेका  व्यक्ति प्रार्थनामा मात्र समर्पित हुँदैनन् तर बाइबलीय व्याख्यामा पनि । किनकि पवित्र आत्माको सेवकाई सदैव वचनको सेवकाइसँग सक्रिय रूपमा सम्बन्धित रहेको छ ।

धर्मशास्त्रलाई उदाहरणको रूपमा हेर्नु

बाइबलमा धेरै वचनहरू भए पनि यस कुराको पुष्टि गर्न, हिब्रू ३ः७ पद नै पर्याप्त छ । जहाँ यसरी लेखिएको छ : “यस कारण पवित्र आत्मा भन्नुहुन्छ,” यस पदमा दुई आश्चर्यजनक शब्दहरू रहेकाछन् । पहिलो ध्यान दिनुपर्ने कुरा, भजनसंग्रह ९५ लाई उद्धरण गर्दा लेखकले पवित्र आत्मालाई लेखकको रूपमा उल्लेख गरेकाछन् । हामीले यस चकित पार्ने कुरामा ध्यान दिनैपर्छ । लेखकले यहाँ “बाइबलले भन्दछ,” वा, “भजन लेखकले भनेका छन्,” वा “धर्मशास्त्रले भन्दछ,” भनी भनिरहेका छैनन्, तर उनले भनेका छन्, “यसकारण पवित्र आत्माले भन्नुहुन्छ,”

यसको आशय एकदमै महत्वपूर्ण छः यदि तपाईं पवित्र आत्माको आवाजलाई सुन्न चाहनुहुन्छ भने, तपाईंले आफ्नो बाइबल पढ्नुपर्छ, र तपाईंले यस कुरालाई सक्रिय रूपमा बाइबलको वचनसँग सम्बन्धित भेटाउनुहुन्छ । पवित्र धर्मशास्त्रले बताए अनुसार पवित्र आत्मा पहिल्यैबाट पवित्र धर्मशास्त्रको लेखक हुनुहुन्छ । जोन पाइपरले कुनै समयमा आफ्नो ट्विटरमा लेख्नुभएको थियो, “यदि परमेश्वर आज तपाईसँग बल्नुभएको चाहनुहुन्छ भने, आफ्नो कोठामा जानुहोस्, ढोका बन्द गर्नुहोस् र बाइबललाई ठुलो आवाजमा पढ्नुहोस् ।” जोन पाइपरले भन्नुभएको यस कुरामा म सहमत छु । परमेश्वरको वचन नै पवित्र आत्माको आवाज हो । त्यसैकारण, पवित्र आत्माको ताजा र दीर्घकालीन सेवकाइ नै चर्चको सबै भन्दा ठुलो आवश्यकता हो, र बाइबलीय व्याख्या पनि ।

हिब्रू ३ः७ मा रहेको अर्को आश्चर्यजनक कुरा भनेको यस पदमा प्रयोग गरिएको व्याकरण हो । यस पदको  क्रियापद वर्तमान कालमा छ । यस पदले यसरी भन्दछ,  “यसकारण पवित्र आत्मा भन्नुहुन्छ,“ हामीले यो कुराको महत्वलाई अवहेलना गर्नुहुन्न । भजनसंग्रह ९५  खास गरी हामीभन्दा भिन्न समयमा बाँचेका प्राचीन मानिसहरूलाई दिइएको थियो र सोही वचन कयौं पुस्ता पछि वर्तमान समयमा पनि मानिसहरूका निम्ति  परमेश्वरको जीवित र सत्य वचन रहेको छ । हिब्रु ३ः७ ले पवित्र आत्माको सेवकाइ र पवित्र धर्मशास्त्रको व्याख्या बिचको सक्रिय र निरन्तर सम्बन्धलाई स्थापित गरेको छ ।

निष्कर्ष

अन्त्यमा म यही भन्न चाहन्छु, जब प्रार्थना र प्रचार प्रति हामी प्रतिवद्ध भएर निरन्तर लागिपर्छौं, तब पवित्र आत्माको नवीन काम प्रतिको विश्वास आवश्यक छ र यो विश्वास हाम्रो हड्डी र त्यसको भित्री भागसम्मै पुगेको छ भनी हामी थाहा पाऊँछौ ।

वर्तमान समयमा, यही विश्वासले मेरो आत्मा र प्राणलाई भिजाइरहेको छ । र मभित्र बढ्दै गइरहेको यो विश्वास साँचो विश्वास हो भनी म जान्दछु, किनभने प्रार्थना र प्रचारले मेरो जीवनमा व्यावहारिक प्रभावहरू बढाउँदै गइरहेको छ । र म चाहन्छु कि तपाईंहरूको जीवनमा पनि यस्तै होस् ।

आफ्नो माया साझा गर्नुहोस्
Gospel Pubication
Gospel Pubication

न्यूजलेटर अपडेटहरू

न्यूजलेटर अपडेटको लागि सदस्यता लिन तल आफ्नो नाम र इमेल ठेगना भर्नुहोस् ।