चर्चले मुख्य रूपमा चेलापनलाई विशेष घटना वा कार्यक्रमको रूपमा हेर्नुहुँदैन । चेलापन भनेको कहिले काहिँ ख्रीष्टियानहरूले जीवनमा गरिने विशेष प्रकारको कार्यक्रम होइन ।  ख्रीष्टियान हुनु भनेको ख्रीष्टको चेला हुनु हो । र ख्रीष्टको चेला हुनु भनेको :

१) ख्रीष्ट जस्तै बन्नको लागि अरु मानिसहरूसँग मद्दत माग्नु हो, (चेला बन्नको लागि)

२) अरू मानिसहरूलाई ख्रीष्ट जस्तै बन्न मद्दत गर्नु हो, (चेलापनमा हुर्काउन) ।

त्यसैले, मण्डलीहरूले चेलापनलाई जीवन शैलीको रूपमा हेर्नुपछ । ख्रीष्टियान हुनु र कुनै चर्चको सदस्य बन्नको लागि यसलाई अभिन्न अंगको रूपमा हेर्नुपछ ।

चर्चहरूले चेलापनलाई वृद्धि गर्न कार्यक्रमहरू आयोजना गर्ने भन्दा पनि चेलापन संस्कृतिको प्रवर्द्धन गर्नुपर्दछ । विश्वासमा बालकै रहेका ख्रीष्टियनहरूले पाका ख्रीष्टियनहरूसँग खाना खाँदै आत्मिक कुराहरूमा छलफल गर्नु सामान्य हुनुपर्छ । विश्वासमा पाका ख्रीष्टियानहरूले आफ्ना छोराछोरीहरूलाई कसरी हुर्काउँछन्, तिनीहरू विश्वासमा स्थिर भई जीवनको हरेक परिस्थिति कसरी सामना गर्दछन् ? यी सबै कुराहरू हेर्न पाका ख्रीष्टियानहरूको  घरमा समय बिताउनु सामान्य हुनुपर्छ । परमेश्वरको अनुग्रहले चेलापनको संस्कृतिलाई वृद्धि दिने चर्चहरू प्रभु येशू जस्तै देखिने सदस्यहरूले भरिपूर्ण हुन्छन्, (१ कोरिन्थी ११ः१) ।

आफ्नो माया साझा गर्नुहोस्
Gospel Pubication
Gospel Pubication

न्यूजलेटर अपडेटहरू

न्यूजलेटर अपडेटको लागि सदस्यता लिन तल आफ्नो नाम र इमेल ठेगना भर्नुहोस् ।