भजनसंग्रह १६ को सत्यतामा पुग्नका लागि ठिक वा बेठिक समय छैन । भजनसंग्रहको यस खण्डमा हामी जुनसुकै समयमा पनि गहिरिएर हेर्न सक्छौँ, र यसको निम्ति सबै समय उपयुक्त छन् । हामी सोही काम आजको यस शृङ्खलामा २०१५ मा आयोजित सेन एन्ड सेन कन्फरेन्समा पास्टर जोन पाइपरले प्रचार गर्नुभएको “अनन्त आनन्द तर्फको बाटो” नामक वचनबाट सानो अंशलाई लिएर गर्नेछौँ । पास्टर जोन मञ्चतर्फ अघि बढ्नुहुन्छ र भजनसंग्रह १६ लाई पाठ गर्नुहुन्छ ।

“मलाई रक्षा गर्नुहोस्, हे परमेश्वर, किनकि मैले तपाईंमा शरण लिएको छु । मैले परमप्रभुलाई भनेको छु, “तपाईं मेरा प्रभु हुनुहुन्छ । तपाईंबाहेक मेरो निम्ति अरू कुनै राम्रो कुरा छैन ।” देशमा भएका पवित्र जनहरूचाहिँ तेजस्वी छन्, तिनीहरूमा नै मेरो सम्पूर्ण आनन्द छ । अरू देवताको अनुसरण गर्नेहरूले आफ्ना दुःख बढ़ाउँछन् । ती देवताहरूलाई रक्त–बलि म चढ़ाउनेछैनँ, अनि तिनीहरूका नाउँ मेरो ओठले उच्चारण गर्नेछैन । परमप्रभु, तपाईंले मेरो हिस्सा र कचौरा छुट्ट्याइदिनुभएको छ । तपाईंले मेरो भाग सुरक्षित राखिदिनुभएको छ । सिमानाका रेखाहरू मेरो निम्ति रमणीय स्थानमा परेका छन् । साँच्चै, मैले आनन्दमय पैतृक–सम्पत्ति पाएको छु । मलाई सल्लाह दिनुहुने परमप्रभुको प्रशंसा म गर्नेछु । मेरो हृदयले राती पनि मलाई अर्ती दिन्छ । मैले परमप्रभुलाई सधैँ मेरो सामुन्ने राखेको छु । उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्छ, यसकारण म डग्नेछैनँ । यसकारण मेरो हृदय आनन्दित छ, अनि मेरो जिब्रो हर्षित हुन्छ । मेरो शरीर पनि सुरक्षित रहन्छ । किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्नुहुनेछैन, न त तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ । तपाईंले मलाई जीवनको मार्ग देखाउनुभएको छ। तपाईंको उपस्थितिद्वारा तपाईंले आनन्दले मलाई गद्गद् पार्नुहुनेछ । तपाईंको दाहिने बाहुलीमा अनन्त आनन्द छ ।”

“यदि परमेश्वर तपाईंको सार्वभौम प्रभु र सर्वोच्च धन हुनुहुन्छ भने उहाँले तपाईंलाई अनन्त आनन्दमा ल्याउनुहुनेछ ।”

मैले प्रार्थना गर्नुअघि यदि तपाईंसँग बाइबल छ भने, म चाहन्छु कि तपाईंले मैले भर्खरै पाठ गरेको भजनसंग्रह १६ लाई पल्टाउनुहोस् ।

गन्ती गरिएका दिनहरू
दुई हप्ताअघि म दक्षिण मिनेसोटाको सीमावर्ती जल छेत्रमा मेरो छोरा र अन्य ६ जान मित्रहरूसँग माछा मारिरहेको थिएँ । ती छ जनामध्ये, हाम्रो चर्चमा २० वर्षदेखि आराधना अगुवाको रूपमा रहेका, मैले प्रेम गर्ने मेरो एकजना मित्र पनि हुनुहुन्थ्यो । माछा मारिसकेपछि हामीले माछा मार्न भाडामा लिएका सामाग्रीहरू फिर्ता गर्दै थियौँ, त्यही समयमा त्यस मित्रलाई घरबाट फोनमा तुरुन्त बोलाइयो । उनका २२ वर्षीय जवान छोरा एलेक्सको कुनैपनि स्वास्थ्य समस्याबिना दक्षिण आयरल्याण्डमा मिसनरी यात्रामा रहेको बेला मृत्यु भएको थियो ।

गत शुक्रबार मात्र हामीले उनको अन्त्येष्टि गर्यौँ । उनी मर्दैछन् भन्ने कुरा एलेक्सलाई थाहा थिएन । हामीले उनका साथीहरूबाट थाहा पायौँ कि दक्षिण आयरल्याण्डतर्फ यात्रा गर्नुअघि, उनले आफ्नो साथीहरूको समूहमा उनी आफ्नो अन्त्येष्टिमा के गरेको चाहन्छन् भनी बताएका थिए । उनले केही गीतहरू र पाठ गर्नको निम्ति भजनसंग्रह १६ लाई रोजेका थिए । एलेक्सले रोजेका सबै गीतहरू हामीले गायौँ र भजनसंग्रह १६ बाट पाठ गर्यौँ । केही महिनाअघि मलाई यस कार्यक्रममा यही भजनसंग्रह १६ बाट बोल्नको निम्ति भनिएको थियो । गत शुक्रबार हजारौँ मानिसहरू, विशेषगरी जवान मानिसहरूको माझमा बाइबलको यस खण्डबाट बोलेको थिएँ । र आज सोही भजनसंग्रहबाट एलेक्सकै उमेरका कयौँ हजारौँ जवान मानिसहरूको माझमा बोल्नको निम्ति परमेश्वरले मलाई यो सुन्दर अवसर दिनुभएको छ । तपाईंहरू कसैलाई पनि यो हप्ताभर, तपाईं जीवित हुनेछ या छैन भनेर यस घडीसम्म थाहा छैन । एलेक्सको सम्बन्धमा पनि त्यस्तै भएको थियो । उनमा कुनै शारीरिक अस्वस्थता थिएन र आजको दिनसम्म पनि उनको मृत्युको कारण हामी जान्दैनौँ ।

त्यसैकारण हे पिता म यो विश्वास गर्दछु कि, यो धेरै जनाको निम्ति स्वर्गीय अवसर हो । चाहे यहाँ भेला भएका मानिसहरूको आयु तपाईंले एकहप्ताको वा अरू ६० वर्षको नै निर्धारण गरिदिनुभएको होस् । हे पवित्र आत्मा, हाम्रो माझमा तपाईंको उपस्थितिको निम्ति म प्रभु येशू ख्रीष्टको नाउँमा बिन्ती गर्दछु । म आफैबाट मेरो नजरलाई हटाएर तपाईंतर्फ लगाउँछु र म प्रार्थना गर्दछु कि मेरा यी मित्रहरूले पनि आफ्ना नजर उठाएर तपाईंलाई हेरुन् ताकि तिनीहरूले राजा दाउद को हुन् भन्ने सत्यता र उनले यस भजनमा देखेका रहस्यलाई देख्न र महसुस गर्न सकून् । येशू ख्रीष्टको नाउँमा । आमेन ।

अजम्बरी आनन्द
भजनसंग्रह १६ को ११ पदबाट मैले बुझेको मुख्य बुँदा म एक वाक्यमा तपाईंलाई दिन चाहन्छु । यदि परमेश्वर तपाईंको सुरक्षित शरणस्थान, सार्वभौम प्रभु र सर्वोच्चको धन हुनुहुन्छ भने, उहाँले तपाईंलाई– तपाईंको शरीर र प्राणलाई— जीवन र मृत्युबाट— पूर्ण र अनन्त आनन्दमा ल्याउनुहुनेछ । र यदि उहाँ हुनुहुन्न भने मेरो प्रार्थना यही छ कि, तपाईंको निम्ति उहाँ यी सबै कुरा बन्नुभएको होस् ।

तपाईंहरूमध्ये कोही जसले बाइबललाई राम्रोसँग जान्नुभएको छ, मैले दिएको यस एक वाक्य सारांश सुनेर सायद यो भन्नुहुनेछ कि प्रेरित पत्रुसले प्रेरितको पुस्तकको दुई अध्यायमा भजनसंग्रह १६ को पद ९–११ ले ख्रीष्टको पुनरुत्थानको बारेमा बताएको छ भनी भनेका छन् । तर तपाईंले आफ्नो मुख्य बुँदाको रूपमा यस कुरालाई उल्लेख गर्नुभएन । किन ?

यस प्रश्नको लागि मैले दिने उत्तरको दुई भागहरू छन् । पहिलो, हो प्रेरित २ अध्यायमा पत्रुसले बताएको कुराको बारेमा म बताउने छु, र दोस्रो, येशू ख्रीष्टको पुनरुत्थान भजनसंग्रहको मुख्य बुँदाको एक भाग हो भन्ने मलाई लाग्दैन । बरु येशू ख्रीष्टको पुनरुत्थानचाँहि भजनसंग्रहलाई मद्दत पु¥याउने विशाल र अटल तर्क हो ।

“बाइबलमा बारम्बार महिमित सत्यताहरू खण्डको व्यावहारिक र व्यक्तिगत मुख्य बुँदाहरूलाई सेवा गर्नको निम्ति बनाइएको छ ।”

परमेश्वरको पुत्रको महान् र महिमित पुनरुत्थान जस्तो विशाल र अटल कुरा आफैमा मुख्य बुँदा नभएर, मुख्य बुँदालाई मद्दत गर्ने उपबुँदा हुनुपर्छ भनी सुन्दा तपाईंलाई अनौठो लाग्नेछ । र तपाईंले यो कुरा जानेको म चाहन्छु कि— बाइबलको महान र अद्भूत कुरा भनेको यही हो कि बाइबलमा बारम्बार, महिमित, विशाल, अटल र सुन्दर सत्यताहरू व्यावहारिक र व्यक्तिगत मुख्य बुँदाहरूको सेवा गर्नको निम्ति बताइएको छ । यो अद्भूत छ र सम्पूर्ण बाइबलभरि नै यो सत्य छ ।

पुनरुत्थानको विषयमा पत्रुसले पद ९–११ बाट दिएको प्रयोगलाई हामी हेर्नेछौँ, र पुनरुत्थान नै यस भजनसंग्रहको मुख्य बुँदा हैन भनेर पनि पद १६ मा हेर्नेछौँ । यस खण्डको मुख्य बुँदा भनेको यही हो कि यदि परमेश्वर तपाईंको धन, शरणस्थान, सार्वभौम सल्लाहकार हुनुहुन्छ भने, उहाँले तपाईंलाई— तपाईंको शरीर र प्राणलाई— जीवन र मृत्युबाट— पूर्ण र अनन्त आनन्दमा ल्याउनुहुनेछ ।

जोन पाइपर (@JohnPiper) desiringGod.org_ का संस्थापक, शिक्षक र बेथलेहेम कलेज र सेमिनारीका कुलपति हुनुहुन्छ । उहाँले ३३ वर्षसम्म बेथलेहेम ब्याप्टिस्ट चर्च मिनियापोलिस मिनेसोटामा पास्टरको रूपमा सेवा गर्नुभएको थियो । उहाँ डिजाइरिङ्ग गडः मेडिटेसन अफ ए क्रिस्चियन हेडोनिस्ट र हालसालै प्रकाशित प्रोभिडेन्स नामक पुस्तक साथै अन्य ५० भन्दा बढी पुस्तकहरूका लेखक हुनुहुन्छ ।

आफ्नो माया साझा गर्नुहोस्
Gospel Pubication
Gospel Pubication

न्यूजलेटर अपडेटहरू

न्यूजलेटर अपडेटको लागि सदस्यता लिन तल आफ्नो नाम र इमेल ठेगना भर्नुहोस् ।