ख्रीष्टियानहरूले यस शारीरिक जीवनमा पापसँग सङ्घर्ष गरिरहन्छन् । हामीभित्र रहेको पाप महिमित दिनमा हामीले ख्रीष्टलाई प्रत्यक्ष नदेखेसम्म नष्ट भएर जादैनन् । त्यो कति आनन्दको दिन हुनेछ ! त्यो समय नआएसम्म हामी विश्वासीहरू पापको विरुद्धमा सङ्घर्ष गरिरहन्छौँ । त्यस लडाइँमा हामी अनन्तको अनुभव गर्नेछौँ । हामी यो पनि विश्वास गर्छौँ कि त्यस्ता इच्छुक पापका अनेकन रूपहरू छन् जसले नबचाइएका आत्माको प्रमाण दिन्छ । जसले हामीलाई हाम्रा मित्र रबिनले सोध्नुभएको प्रश्नतर्फ डोर्‍याउँछ ।

जयमसीह पास्टर जोन ! मेरो प्रश्न हिब्रूको पुस्तकमा रहेको केही कठिन पदहरूको विषयमा रहेको छ । विशेषगरी हिब्रू १०ः२६–२९, जहाँ हिब्रूको लेखकले ‘जानीजानी पाप’ मा संलग्न भइरहँदा मुक्ति गुम्नसक्छ भनेको जस्तो आशय देखिन्छ । मेरो प्रश्न यो छ कि, ‘जानीजानी पाप’ गर्नुको विपरित के हो ? के त्यो ‘आकस्मिक पाप’ हो ? वा अरू केही ? मलाई लाग्छ पवित्र आत्माको उपस्थिति र उहाँले प्रदान गर्नुहुने समझ शक्तिको कारण विश्वासीहरूले गर्ने सबै पाप स्वेच्छामा गरिएको हुन्छ । के यस पदमा मैले देख्न नसकेका अन्य केही कुराहरू छन् ?

हाम्रा मित्र रबिनले ठिक भन्नुभयो । प्रायः हिब्रू १० र हिब्रू ६ अध्यायले मुक्ति पाए पनि गुम्नसक्छ भन्ने कुराको सङ्केत गरेझैँ देखिन्छ । तर केही यस्ता सङ्केतहरू पनि छन् जसले हिब्रू लेखकले भन्न चाहेको कुरा यो हैन भनी बताउँछ ।

रबिनले सोध्नुभएको प्रश्न दुई प्रकारका छन् :
१) के यी पदहरूले हाम्रो मुक्ति गुम्नसक्छ भनेर बताउँछ ?
२) “जानी–जानी पाप गर्नु” भनेर हिब्रू १०ः१६ ले के भनिरहेको छ ? किनकि एक अर्थमा भन्नुपर्दा, सबै पाप
स्वेच्छापूर्वक जानीजानी गरिने कार्य नै हो ।

दुई प्रकारको इच्छा
उहाँले उल्लेख गर्नुभएको पद यसप्रकार छ— “किनकि सत्यताको ज्ञान पाएर पनि हामीले जानी–जानी पाप गर्यौँ भने पापको निम्ति अब उसो अरू कुनै बलिदान रहँदैन” (हिब्रू १०ः२६) । अर्को शब्दमा हामी मुक्तिभन्दा धेरै टाढा छौँ । यस “जानी–जानी पाप गर्यौँ भने” भन्ने वाक्यांशमा हामीले दुईओटा कुरालाई नियाल्नु पर्दछ ।

पहिलो, “स्वेच्छा” भन्ने शब्दको ग्रीक अनुवाद “हेकुसिओस” भन्ने हुन्छ । १ पत्रुस ५ः२ मा पनि यी शब्दलाई यसरी प्रयोग गरिएको छ, “तिमीहरूको देखरेखमा राखिएको परमेश्वरको बगालको हेरचाह गर । करले होइन तर स्वेच्छाले ।”

मैले १ पत्रुसको पत्रबाट यस पदलाई उल्लेख गर्नुको कारण भनेको, त्यहाँ दुई फरक प्रकारका स्वेच्छाहरू छन् भनेर देखाउनलाई हो । एउटा उत्सुकता र सम्पूर्ण हृदयको इच्छा, अर्को बाध्यात्मक इच्छा ।

कसैले यसरी तर्क गर्न सक्छन्, यी दुवै अवस्थाहरूमा एल्डरहरूले परमेश्वरको बगालको हेरचाह गरिरहेका छन् । एक अवस्थामा उनीहरूले खुसीसाथ आफ्नो सम्पूर्ण हृदयले, स्फूर्त रूपमा यी काम गरिरहेका छन् भने, अर्को अवस्थामा बाध्यतामा, इच्छा नभए तापनि प्रसिद्धि, पैसा वा ग्लानिबाट बच्नको लागि यी कामहरू गरिरहेका छन् । वास्तवमा तिनीहरू परमेश्वरको बगालको रखवाली गर्न चाहँदैनन् ।

विनाश गर्ने पापहरू

रबिनले राख्नुभएको केही विचारहरू— सबै पाप, सबै मानव कार्यहरू समान रूपमा स्वैच्छिक छन्— पापका सम्पूर्ण कार्यहरू इच्छाका कार्यहरू हुन्— उहाँको यस विचारलाई सच्याउनको निम्ति म केही कुराहरू भन्न चाहन्छु ।

यो सत्य हो । तिनीहरू सबै स्वेच्छाका कार्यहरू हुन् । हामीले नै तिनीहरूलाई रोज्छौँ ।

तर हिब्रू १०ः२६ ले आत्मालाई नष्ट गर्ने पाप, स्वेच्छाको एक कार्य मात्र नभएर अझ केही बढी हो भनिरहेको छ । सबै पापहरू स्वेच्छाका कार्यहरू हुन् तर सबै पापहरूले विनाशमा पुर्‍याउँदैनन् । विनाश गर्ने पाप भनेको उत्सुकतासाथ, सम्पूर्ण हृदयले जानी– जानी गरिने पापको कार्य हो । एउटा कार्य जसले भित्री आध्यात्मिक नयाँपनको वास्तविक पहिचानलाई देखाउँदैन ।

पापको ढाँचाहरू
“जानी– जानी पाप गर्यौ भने” भन्ने वाक्यांशमा हामीले नियाल्नुपर्ने अर्को कुरा भनेको “पाप गरिरहनु” भन्ने वाक्यांश हो । जुन ग्रीक शब्दको क्रियापद– वर्तमानकाल “पाप” को अनुवाद हो ।

अर्को शब्दमा, यो एउटा कार्य हैन; यो कुनै कार्य पनि हैन; यो कुनै समयावधि भित्र गरिने कार्य पनि हैन । यो त निरन्तर गरिरहने कार्य हो । पद २६ अनुसार प्राणलाई नष्ट गर्ने, त्यसलाई क्षमा भन्दा टाढा लैजानु भनेको केवल एउटा पाप मात्र हैन तर सम्पूर्ण हृदयले जानी– जानी गरिने पापको कार्य हो ।

हामीले यो कति गम्भीर विषय हो भन्ने कुरा पद २६ भन्दा अगाडि र पछाडि आउने पदहरूबाट थाहा पाउँछौँ । ‘किनकि’ शब्दसँग पद २६ को सुरुआत हुन्छ । जसले त्यस पछिका पदहरूले कस्ता प्रकारका पापहरूको बारेमा उल्लेख गर्नेछ भनी बताउँछ । अर्थात, ख्रीष्टियान सङ्गतिलाई त्याग्ने— भ्रातृत्व सल्लाहलाई इन्कार गर्ने पाप । अर्को शब्दमा यो मानिस, ख्रीष्ट र चर्चबाट टाढा गइरहेको छ ।

यदि तपाईंले पद २६ देखि तलतिर हेर्नुभयो भने विशेषगरी पद २९ मा, तपाईंले पापको ढाँचा दोहोरिएको देख्न सक्नुहुन्छ र यो यति गहिरो छ कि त्यसलाई, “परमेश्वरका पुत्रलाई खुट्टा मुनि कुल्चने” र “आफूलाई पवित्र तुल्याएको करारको रगतलाई अपवित्र बनाउने र अनुग्रहको आत्मालाई अपमान गर्ने” भनेर भनिएको छ ।
ठिक यही वाक्यांश “आफूलाई पवित्र तुल्याउने रगत” लाई हेर्दा, हामीले हाम्रा मुक्तिलाई गुमाउन सक्छौँ झैँ लाग्छ । पाप गर्न उत्सुकता, सम्पूर्ण हृदयले जानी– जानी गरिने पापको कार्यद्वारा तपाईंले आफूलाई पवित्र पार्ने रगतको करारलाई अपवित्र बनाउन सक्नुहुन्छ । जुन यस्तो सुनिन्छ, “उनी बचाइएका थिए तर अहिले क्षमा भन्दा धेरै टाढा पुगिसकेका छन् । त्यसैकारण उनले मुक्ति गुमाएका छन् ।”

हराएको र भेटाइएको
दुईओटा पदहरू छन् जसले कोही व्यक्ति ख्रीष्टमा मुक्तिको पूर्ण अनुभव गरेर पनि हराउन सक्छ वा तिनले मुक्तिलाई गुमाउन सक्छ भनी भन्न मलाई रोक्छ (हिब्रू १०ः१४ र हिब्रू ३ः१४) । हिब्रू १०ः१४ “किनकि एउटै बलिद्वारा” –ख्रीष्टको बलिद्वारा– “जो पवित्र तुल्याइँदैछन्, तिनीहरूलाई उहाँले सदाको निम्ति सिद्ध बनाउनुभएको छ ।” अर्को शब्दमा, पवित्र बनाइनुको लागि एउटा यस्तो तरिका छ जसले सदाको निम्ति सिद्ध भएको कुराको पूर्ण प्रत्याभूति दिन्छ ।” अर्को शब्दमा, जसले यसप्रकार पवित्रीकरणको अनुभव गरेका हुन्छन् तिनीहरू कहिल्यै पनि हराउने छैनन् ।

दोस्रो पद, हिब्रू ३ः१४ “यदि हामीले हाम्रो सुरुको भरोसालाई अन्त्यसम्मै दृढतासाथ थामीराख्यौं भने, हामी ख्रीष्टका सहभागी भएका छौं ।”

ध्यान दिनुहोला यस पदले, “हामीले अन्त्यसम्मै दृढतासाथ थामीराख्यौं भने ख्रीष्टसँग सहभागी हुनेछौँ भनेर भन्दैन ।” यसले भन्छ, “यदि हामीले हाम्रो सुरुको भरोसालाई अन्त्यसम्मै दृढतासाथ थामीराख्यौं भने, हामी ख्रीष्टका सहभागी भएका छौं ।” यसको मतलव यदि हामीले अन्त्यसम्म थामी राखेनौँ भने हिब्रू १०ः२६ झैँ हामी कहिल्यै ख्रीष्टसँग सहभागी भएका थिएनौँ । हिब्रू ३ः१४ ले यही कुरालाई स्पष्ट रूपमा सिकाएको छ । हामीले ख्रीष्टसँगको सहभागितालाई गुमाएका हैनौँ तर हामी त उहाँसँग कहिल्यै सहभागी भएकै थिएनौँ।

ख्रीष्टसँग एक भएको
मेरो निष्कर्ष यही हो कि, हिब्रू १०ः२६, १०ः२९ मा उल्लेख गरिएको हराएको मानिस र उनले अनुभव गरेको पवित्रीकरण, ख्रीष्टमा वास्तविक रूपमै विश्वास गरेर, उहाँसँग एक भएर, उहाँको मुक्ति र अनन्त जीवनमा सहभागी भएर चर्चको भागको रूपमा रहँदा, विश्वासलाई घोषणा गरिरहँदा उनले अनुभव गरेका नैतिक नवीकरण मात्र हो ।

त्यसैकारण रबिनलाई म यही उत्तर दिन चाहन्छु :

१) ख्रीष्टमा साँचो विश्वासीले आफ्नो मुक्तिलाई गुमाउँदैन ।
२) मलाई लाग्छ वास्तविक विश्वासीले गर्ने पापबाहेक पनि अर्को छुट्टै प्रकारका पापहरू पनि छन्, जुन जानी– जानी,
उत्सुकतासाथ निरन्तर गरिन्छ । ती पापहरू जुन स्वीकार गरी पश्चाताप गर्दा क्षमा पाइन्छ ।

आफ्नो माया साझा गर्नुहोस्
Gospel Pubication
Gospel Pubication

न्यूजलेटर अपडेटहरू

न्यूजलेटर अपडेटको लागि सदस्यता लिन तल आफ्नो नाम र इमेल ठेगना भर्नुहोस् ।