केवल सुरुका चर्चको प्रार्थनाको महत्व र केन्द्रीयतालाई केलाउनुले मात्र हामीलाई प्रार्थनाको योद्धा बनाउँदैन । त्यति मात्र होइन, प्रार्थना वास्तवमै के हो भन्ने विषयमा हामी प्रायजसो अलमल्लमा पर्न सक्छौँ । गलत विचारहरू प्रशस्त छन् । उदाहरणको लागि :
◼️ जबसम्म हामी प्रार्थना गर्दैनौँ, परमेश्वरले संसारमा काम गर्न सक्नुहुन्न ।
◼️ परमेश्वरले सबै कुराको निर्णय गरिसक्नुभएको छ, उहाँ सार्वभौम हुनुहुन्छ, त्यसोभए किन प्रार्थना गर्ने ?
◼️ परमेश्वर मेरो प्रार्थना सुन्न निकै व्यस्त हुनुहुन्छ ।
मूल कुरा के हो भने, प्रार्थनाको बारेमा धेरै गलत बुझाइहरू परमेश्वरको स्वभाव र उहाँसँगको हाम्रो सम्बन्धको गलत बुझाइबाट उत्पन्न हुन्छन् । प्रार्थनालाई “म केन्द्रित” कार्यक्रम वा प्रस्तुतीमा परिवर्तन गर्न सजिलो छ, जहाँ हाम्रो दावी र खाँचोहरूलाई मुख्य स्थानको आवश्यक हुन्छ र परमेश्वर हाम्रो अनुरोधमा पर्दा परिवर्तन गर्ने एक सेवक हुनुहुन्छ । यद्यपि, परमेश्वर एक ब्रह्माण्डको चेस खेलाडी, जसले आफ्ना मानिसहरूको कुनै पर्वाह नगरी सबै टुक्राहरू आफूलाई जसरी मन लाग्यो त्यसरी नै चलाउनेको रूपमा बुझेर बाटोको अर्को छेउमा खस्नु पनि सजिलो छ ।

हामीलाई प्रार्थनाको बारेमा सुसमाचार केन्द्रित बुझाइको आवश्यकता छ । ईश्वरशास्त्री ग्राइ्रम गोल्डसवोर्थी यो बुझाइलाई यसरी  प्रदान गर्नुहुन्छ :

सुसमाचार मुख्यतया पुत्रको कामको बारेमा हो । हामी पुत्रले कसरी बुझ्दछौँ भन्ने कुराले, उहाँको वचनद्वारा हामीसँग बोल्नुहुने पितासँगको हाम्रो सम्बन्धलाई कसरी लिएका छौँ भन्ने कुरालाई निर्धारण गर्छ । हामी त्यो सम्बन्धलाई कसरी हेर्छौँ भन्ने कुराले हामी प्रार्थनामा परमेश्वर कहाँ कसरी र कुन विश्वस्ततासँग आउछौँ भन्ने कुरालाई निर्धारण गर्दछ । त्यसपछि प्रार्थना फेरि कहिले पनि भावुक यात्रा वा त्रासमा गरिने असंवेदनशील अस्त्र हुनेछैन । न त यो परमेश्वरको ध्यान माग्ने जन्मजात अधिकारको अनुमान हुनेछ । बरु यो स्वर्गीय वेदीमा हाम्रो प्रवेशको अभिव्यक्ति हुनेछ, जुन हाम्रो महान प्रधान पूजाहारीले हाम्रो लागि खरिद गर्नुभएको छ ।


सुसमाचारमा विश्वासले हाम्रो अवस्था बाहिरी व्यक्तिहरूबाट, ख्रीष्टमा विश्वासद्वारा अपनाइएको परमेश्वरको छोराको रूपमा, परमेश्वरको परिवारका सदस्यहरूमा परिवर्तन हुन्छ ।  ख्रीष्टमा विश्वासद्वारा हाम्रो पुत्रत्वको आधारमा – हामी परमेश्वरसँग उद्धार पाएका सन्तानहरूको रूपमा कुरा गर्न सक्छौँ । “प्रार्थना भनेको परमेश्वरसँग हामीसँग सबैभन्दा पहिला ख्रीष्टको सुसमाचारमा र त्यसपछि उहाँको वचनमा बोल्नुहुँदा उहाँप्रति हाम्रो प्रतिक्रिया हो ।”२ 


प्रार्थना “अनिच्छुक ईश्वरको सामु गरिएको बिन्ती होइन” र न त  हामीबिना कुनै पनि कुराको प्रभाव पार्न नसक्ने अशक्त ईश्वरको लागि काम गर्ने प्रतिनिधि हो । प्रार्थनामा, जब सन्तानको रूपमा हामी परमेश्वरको सामु, हाम्रो अधिवक्ता र प्रधान पूजाहारी, सबै कुराका उत्तराधिकारी, ख्रीष्टसँग एकतामा उभिन्छौ, हाम्रो पूरा सुनुवाइ हुन्छ । हामी ख्रीष्टमा परमेश्वरसामु हुने भएकोले, हाम्रो प्रार्थनालाई रोक्ने कुनै छत छैन, यद्यपि हामीले अक्सर यस्तो सोचे ता पनि । बरु, “सुसमाचार र यसको परमेश्वर अभिषिक्त नतिजाद्वारा”, “संसारको लागि उहाँले प्रकट गर्नुभएको इच्छा पूरा होस् भनि प्रार्थना गरेर “हामी आफैलाई यस संसारमा परमेश्वरको काममा संलग्न गराउछौं” । प्रार्थना भनेको “परमेश्वरको विचारहरूमा विचार गर्नु” हो — ती विचारको सँधै सुनुवाइ हुन्छ र जवाफ आउँछ ।


कहिले र कसरी प्रार्थना गर्ने ?


प्रार्थनाको विषयमा धेरै पुस्तकहरू लेखिएका छन् । कतिले प्रार्थनाको लागि केही निश्चित विधिहरू तोकिदिएकाछन्। अरूले बाइबल वा चर्च इतिहासका महान् सन्तहरूका प्रार्थना जीवनको अध्ययन गर्छन् । प्रार्थनाको बारेमा यति धेरै पुस्तकहरू भएकाले, र मेरो आफ्नै प्रार्थना जीवनमा मैले कत्तिको सुधार गर्न आवश्यक छ भनेर जान्दै गर्दा, म अरूलाई विचार गर्नको लागि सुझावहरू दिन हिच्किचाउँछु । तर, परमेश्वरको दया र कृपामा उहाँले हामीलाई कहिले र कसरी प्रार्थना गर्ने भनेर बताउनुभएको छ ।

कसरी र कहिले प्रार्थना गर्ने भन्ने कुरा दुई बाइबलीय शिक्षामा निर्भर हुन्छ : निरन्तर प्रार्थना गर्नुहोस् र आत्मामा प्रार्थना गर्नुहोस् ।

निरन्तर
 
प्रेरित पावलले पत्र लेखेका चर्चहरूलाई निरन्तर प्रार्थना गर्न प्रोत्साहन दिन्थे । उनले थेसलोनिकीहरूलाई “निरन्तर प्रार्थना” गर्न आग्रह गरे (१ थिस्सलोनिकी ५ः१७) । पावलले रोमका ख्रीष्टियानहरूलाई “प्रार्थनामा लागिरहो” भनि लेखेका थिए (रोमी १२ः१२) । र कलस्सीका विश्वासीहरूलाई उनले, “सतर्क भएर धन्यवादसहित स्थिर भई प्रार्थनामा लागिरहो”, भनि लेखे (कलस्सी ४ः२) । कलस्सीको चर्चका सदस्यहरूले  “माथिका कुराहरूको खोजी गरी, जहाँ ख्रीष्ट हुनुहुन्छ, र परमेश्वरको दाहिने बाहुलीपट्टि बस्नुभएको” कुरालाई खोज्ने र केन्द्रित हुने एउटा तरिका थियो  (कलस्सी ३ः १-२) । उदाहरणको लागि, पावलले इप्राफ्रासलाई उचाले, जो “आफ्ना प्रार्थनामा परिश्रमसाथ सधैँ तिमीहरूलाई स्मरण गर्छन”, (कलस्सी ४ः१२) । ख्रीष्टियान जीवनमा आउने परिक्षा, खतराहरू र आवश्यकताहरूलाई ध्यानमा राख्दै स्वस्थ चर्च सदस्यले प्रार्थनामा निरन्तरता राख्ने परमेश्वरको आज्ञा पालन गर्दछ ।

आत्मामा

स्वस्थ चर्च सदस्य प्रार्थनामा निरन्तर रहने मात्र होइन, उनले आत्मामा पनि प्रार्थना गर्छन् । “आत्मामा प्रार्थना गर्नु” कुरालाई फरक ख्रीष्टियान समूहहरूले फरक किसिमले बुझेका कारणले यस कुरामा धेरै अलमल्लमा छन् । तर पावलले रोमीहरूलाई लेखेको पत्र फेरि उपयोगी हुन्छ, जहाँ उनी लेख्छन् “त्यसै गरी पवित्र आत्माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ । कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौं, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रा निम्ति मध्यस्थता गर्नुहुन्छ । र मानिसहरूका हृदयको खोजी गर्नुहुनेले पवित्र आत्माको विचार के हो सो जान्नुहुन्छ, किनकि परमेश्वरको इच्छाअनुसार पवित्र आत्माले सन्तहरूका निम्ति मध्यस्थता गर्नुहुन्छ (रोमी ८ः २६-२७ ) ।

रोमी ८ः२६-२७ जस्तो खण्डलाई लिएर धेरै अनुमान लगाउनुको दुर्भाग्यपूणर् परिणाम यो हो कि आश्चर्यजनक रूपमा दीइएको प्रोत्साहन र स्पष्ट जोडलाई बेवास्ता गरिन्छ । र यँहा हाम्रो प्रार्थनामा हामीलाई प्रोत्साहित गर्न ठूलो शिक्षा छ । विचार गर्नुहोस् त् आत्माले हामीलाई “हाम्रो कमजोरीमा सहायता गर्नुहुन्छ ।“ हामीले पहिल्यै नोट गरिसकेका छौं कि प्रार्थना यस्तो क्षेत्र हो जहाँ ख्रीष्टियानहरूले सजिलै आफ्नो कमजोरीहरू स्वीकार गर्दछन् । परमेश्वर पवित्र आत्माको हामीलाई यस क्षेत्रमा ठीक सँग मद्दत गर्नलाई कत्ति दयालु हुनुहुन्छ !  के प्रार्थना गर्न जानेको कारणले तपाईंले आफैलाई कहिल्यै घाटामा पाउनुभएको छ ? पवित्र आत्मा आपैmले हाम्रो निम्ति अर्जबिन्ती गर्नुहुन्छ । के तपार्ईंंले परमेश्वरको इच्छा के हो भनेर राम्ररी जानेर ठीक त्यसैको लागि सोध्ने थिए भनेर चाहना गर्नुभएको छ ? ठीक “परमेश्वरको इच्छा बमोजिम” नै आत्माले हाम्रो लागि बिन्ती गर्नुहुन्छ ।

यी सबै आत्मामा प्रार्थना गर्नु भन्ने कुराको महत्वपूणर् संकेतहरू हुन् । आत्मामा गरिने प्रार्थना भनेको आत्माद्वारा नियन्त्रण गरिएको प्रार्थना हो । र आत्माद्वारा नियन्त्रण गरिएको प्रार्थना भनेको परमेश्वरको इच्छा अनुसारको प्रार्थना हो । जब हामी परमेश्वरको वचनमा प्रकट गरिएको इच्छा अनुसार प्रार्थना गर्छौ, हामी आत्मामा प्रार्थना गर्दछौं । यस्तो प्रार्थना आत्माबाट जन्मेका र परमेश्वरको छोराको रूपमा अपनाइएका प्रत्येकको जन्मसिद्ध अधिकार हो (रोमी ८ः १४-१७) । यस्तो प्रार्थनाद्वारा हामी ख्रीष्टियानको रूपमा हाम्रो युद्ध लड्छौं (एफिसी ६ः१८) ।

हामीले कसको लागि प्रार्थना गर्ने ?

हामीले रोमी ८ः २६-२७ मा हेरेजस्तै, परमेश्वरको आत्माले प्रार्थनामा हाम्रो दुर्बलतामा मद्दत गर्ने एउटा तरिका भनेको  हामीलाई  के प्रार्थना गर्ने भनेर थाहा नहुँदा, हाम्रो लागि प्रार्थना गरिदिएर हो । यद्यपि, प्रभुले हामीलाई कसको लागि प्रार्थना गर्ने भनेर केही कुरा बताउनुभएको छ ।

खेताला र गोठालाका लागि प्रार्थना गर्नु

मत्तीको सुसमाचारले हाम्रो लागि एउटा उदाहरण राखीदिएको छ जब येशू “गोठाला नभएका भेडाहरू जस्तै”  इस्राएलका हैरान र असहाय मानिसहरूप्रति दयाले भरिनुभयो । येशूले तुरुन्तै आफ्ना चेलाहरूलाई  फसलका प्रभुलाई प्रशस्त खेतालाहरू पठाई दिन प्रार्थना गर्न निर्देशन दिनुभयो (मत्ती ९ः ३६-३८) । चर्चमा पाष्टर नभएर लामो समयसम्म दुःख पाइरहेका ख्रीष्टियानहरूलाई मात्र यस प्रार्थनाको अत्यावश्यकता थाहा छ । प्रभुका मानिसहरूलाई गोठालो आवश्यक हुन्छ, र स्वस्थ चर्च सदस्यहरूले परमेश्वरसँग आफ्नै चर्च र पाष्टरहरूको आवश्यकता भएका अन्य चर्चहरूमा गोठालाहरू पठाउन बिन्ती गर्छन । र उनीहरू केवल गोठालाहरू र खेतालाहरू पठाइदिनुस् भनेर मात्र प्रार्थना गर्दैनन्, उनीहरूले दुःख, कष्ट र कमजोरीको समयमा पनि वचनमा श्रम गर्नेहरूलाई प्रभुलाई सहायता र सुदृढ पार्ने, (फिलिप्पी १ः १९-२०), पाष्टरहरूलाई सुसमाचार प्रचारमा साहस दिनुहोस् (एफिसी ६ः १९-२०), र सेवकाइ र सुसमाचारको वृद्धिको लागि अवसर प्रदान गर्नुहोस् (कलस्सी ४ः३-४) भनि प्रार्थना गर्दछन् ।

सबै सन्तहरूको लागि प्रार्थना गर्नुहोस्

अरू ख्रीष्टियानहरूका लागि प्रार्थना गर्नु भनेको प्रेम र हेरचाहको मूर्त अभिव्यक्ति हो (हेर्नुहोस् एफिसी ६ः१८) । खीष्टियान विश्वास एकल खेल होइन, र प्रार्थना कुनै पनि रेष्टुरेन्टमा एक निर्जीव वस्तुबाट फोन गरेर, केही क्षण पर्खेर, र त्यसपछि हामीले अर्डर गरेको खानाको झोला लिएर “आफ्नो बाटो लाग्नु होइन“। ख्रीष्टियान जीवन एउटा पारिवारिक जीवन हो, र अरूलाई आपूmभन्दा बढि आदर गरेर, हाम्रो प्रार्थना सम्पूणर् परिवारको लागि केन्द्रित हुन्छ  । यसको लागि एक तरिका भनेको, यदी तपाईंको चर्चले सदस्यता निर्देशिका प्रकाशित गर्छ भने, तपाईंको स्थानीय चर्चको सदस्यता निर्देशिका मार्फत सबैको लागि नियमित रूपमा प्रार्थना गर्नु हो । प्रति दिन एक पृष्ठ वा एक अक्षर अनुसार प्रार्थना गर्नुहोस् । सबै सन्तहरूका लागि प्रार्थना गर्ने अर्को तरिका तपार्ईंंको छिमेकी चर्च र परिवारका अन्य सदस्यहरू र मित्रहरू सदस्य भएका चर्चहरू लागि पनि प्रार्थना गर्नु हो । प्रभुसँग हामी दिनहुँ उहाँको वचन अध्ययन गर्न भेटेपछि, हामी अरू  ख्रीष्टियानहरूलाई उनीहरूको जीवनमा दिनहुँ परमेश्वरको वचनको सत्यतालाई प्रार्थना गरेर प्रेम गर्न सक्छौँ । हामी तिनीहरूको पवित्रताको लागि प्रार्थना गर्न सक्छौँ (१ थेस ४ः३), हामी परिक्षाको विरुद्ध सतर्कताको लागि प्रार्थना गर्न सक्छौँ (मत्ती २६ः४१), हामी तिनीहरू पवित्र आत्माले भरिउन भनि प्रार्थना गर्न सक्छौं  (गलाती ५ः १६-२५) र बाइबलले ख्रीष्टयानहरूलाई आज्ञा गर्ने अरू कुराहरूको लागि पनि प्रार्थना गर्न सक्छौ ।

अधिकारमा भएकाहरूका लागि प्रार्थना गर्नुहोस्

युवा पाष्टर तिमोथीले आफ्ना गुरु, प्रेरित पावलबाट यी वचनहरू पाए : “सर्वप्रथम म आग्रह गर्दछु, कि सबै मानिसहरूका निम्ति नम्र-निवेदन, प्रार्थना र मध्यस्थ-बिन्ती र धन्यवाद चढ़ाइऊन्, राजाहरू र सबै उच्च पदमा भएकाहरूका निम्ति पनि, ताकि हामी निर्धक्क र शान्तिपूणर् भएर हरप्रकारले धार्मिक र आदरणीय जीवन बिताउन सकौं । हाम्रा मुक्तिदाता परमेश्वरको दृष्टिमा यो असल र ग्रहणयोग्य छ ।” (१ तिमोथी २ः १-३) । परमेश्वरले हाम्रो जीवनमा सबै शासकहरू (रोमी १३ः १-२) देखि आमाबुबा (एफेसी ६ः १-३) मा नियुक्त गर्नुभयो, र परमेश्वरले नियुक्त गर्नुभएको अख्तियारको अनुसरण गर्नेहरूलाई परमेश्वरले आशिष्‌ दिनुहुन्छ भनि, ख्रीष्टयानहरूले अख्तियार भएकाहरूको लागि प्रार्थना गर्नुपर्छ भन्नु स्वभाविक हो । स्वस्थ चर्च सदस्यहरूले आफ्नो प्रार्थनामा नियमित रूपमा निर्वाचित अधिकारीहरू, सरकारी कर्मचारीहरू, स्कूल शिक्षकहरू, आफ्ना रोजगारदाताहरू, अभिभावक, र अधिकारपूणर् अन्य व्यक्तिहरूलाई सम्झनुपर्दछ । तपाईंको बाइबल वा तपार्ईंको प्रार्थना पुस्तिकामा यस्ता व्यक्तिहरूको सूची राख्नु सहयोगी छ जसले अख्तियारमा भएकाहरूका लागि प्रार्थना गर्ने एक अनुकुलित अनुस्मारकको रूपमा काम गर्छ ।

तिनीहरूलाई दुव्र्यावहार र सताउनेहरूको लागि प्रार्थना गर्नुहोस्

यो प्रभुको आज्ञा होः “सराप्नेहरूलाई आशीर्वाद देओ, दुव्र्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर” (लूका ६ः२८) । हामीले माया गर्ने मानिसहरूको लागि प्रार्थना गर्नु स्वाभाविक हो । अविश्वासीहरूले पनि यस्ता “प्रार्थना” गर्छन् । तर ख्रीष्टको प्रेमले हामीलाई दुव्र्यायवहार गर्ने, अपमान गर्ने र चोट पुर्‍याउनेहरूका लागि पनि प्रार्थना गर्न बाध्य पार्छ (मत्ती ५ः४५) । अचम्मको कुरा, त्यस्ता प्रार्थनाहरूले हामी परमेश्वरका छोराहरू हौं भन्ने प्रमाण दिन्छ (मत्ती ५ः४५), र धार्मिकताका लागि सतावट पाउनु आनन्दको कुरा हो किनभने ख्रीष्टले आफ्नो राज्यमा इनामको प्रतिज्ञा गर्नुभएको छ (मत्ती ५ः १०-१२) । हामी आफ्नो साहुबाट ऋण माफी पाएर पनि, आफ्नो ऋणीलाई क्रुर व्यवहार गर्ने निर्दयी नोकरजस्तो हुनु हुँदैन (मत्ती १८ः २१-३५ ) । हामी हामीलाई सताउनेहरूलाई प्रेम नगर्न र तिनीहरूलाई प्रार्थनामा बेवास्ता गर्न शारीरिक इच्छाको विरूद्ध लड्नुपर्छ, र त्यसको सट्टामा हामीलाई कष्ट दिने मानिसहरूको लागि पनि प्रार्थना गर्ने परमेश्वरका छोराहरूको धार्मिकता र उच्च आनन्द रोज्नुपर्छ ।

निष्कर्ष

के ख्रीष्टियानहरूको लागि ख्रीष्टद्वारा दिइएको : हाम्रा पिता परमेश्वरसामु उभिनु र उहाँले बोल्नुभएको वचनलाई उहाँको आत्माद्वारा प्रार्थनामा जवाफ दिने कुराभन्दा अरू सुन्दर केही अवसर हुनसक्छ ? यदि हामी व्याख्यात्मक प्रचार सुन्ने, सुसमाचार सन्तृप्त, बाइबलीय ईश्वरशास्त्रीहरू हुन्छौ भने, हामीले आफ्नो पुत्र येशू ख्रीष्ट मार्फत  परमेश्वरले संसारमा गरिरहनुभएको काममा विश्वस्त ज्ञानका साथ, उहाँको सुसमाचार र इच्छाको विश्वव्यापी विस्तारको लागि प्रार्थना गर्नुपर्छ ।

थप विमर्शको लागि
१. के तपार्ईंंसँग प्रार्थनाको लागि विशेष योजना छ ? तल दीएका कुराहरूलाई समावेश गरेर, तपार्ईंंको वर्तमान योजनाको समीक्षा गर्नुहोस् वा प्रार्थनाको लागि नयाँ योजना लेख्नुहोसः
क) निजी र समूह र सार्वजनिक  प्रार्थनाको समय,
ख) प्रार्थना गर्ने समय र ठाउँ,
ग) तपाईंले प्रार्थना गर्ने विशेष व्यक्ति र व्यक्तिहरूको समूह,
घ) सुसमाचार र चर्चको विषय,
ङ्ग) प्रार्थनाको लागि उपयोगी र उत्साहजनक पवित्रशास्त्रका खण्डहरू  

आफ्नो माया साझा गर्नुहोस्
Gospel Publication
Gospel Publication

न्यूजलेटर अपडेटहरू

न्यूजलेटर अपडेटको लागि सदस्यता लिन तल आफ्नो नाम र इमेल ठेगना भर्नुहोस् ।