गएको बैशाख महिनामा, हामीले ‘डीजायरिङ्ग गड’ का पाठकहरूमाझ सर्वेक्षण गरेका थियौं, जसमा ८००० जना व्यक्तिहरूले सहभागिता जनाउनु भएको थियो । तपाईंहरूले दिनु भएको प्रतिक्रियाप्रति हामी धन्यवादी छौँ । हामीलाई प्राप्त कुल प्रतिक्रियामा ५०% भन्दा बढी पाठकहरूले बिउँझिए लगत्तै आफ्नो फोन चलाउने कुरालाई स्वीकार गर्नुभएको छ । १८–२९ वर्ष सम्मका पाठकहरू, ६०% भन्दा धेरैले यस कुराको स्वीकार गर्नु भएको छ । हामीले बिहान बिउँझिए लगत्तै आफ्नो मोबाइलमा– फेसबुक, इन्स्टाग्राम, जी–मेल, म्यासेज, लगायत अन्य सामाजिक सञ्जालमा समय बिताउँछौं । यि कुराहरू हाम्रो लागि स्वस्थकर छैनन्, तरै पनि हामी यी कुराहरू गर्छौं । पास्टर जोन, किन धेरै ख्रीष्टियान बिउँझिए लगत्तै आफ्नो फोन चलाउन तल्लिन हुन्छन् ? यस बारेमा तपाईंको विचार के छ ? के बिहानीको समयमा गर्नको लागि के यी भन्दा असल कुराहरू छन् ?

६ खाडलहरू

अवश्य पनि, बिहानीको समयमा गर्नको लागि यी भन्दा असल कुराहरू छन् । मैले किन यस प्रकारले विचार गर्छु र ती असल कुराहरू के के हुन् भनी हाम्रा श्रोतालाई बुझाउनका लागी पहिले, हामी किन केही कुरा गर्न भन्दा अगाडि फोन चलाउन तल्लिन हुन्छौं भन्ने कुराको विश्लेषण गर्नु हाम्रो लागि उपयोगी हुनसक्छ । मेरो विचारमा हामीले यसो गर्नुको पछाडि ६ कारणहरू छन् । यी कारणहरू मैले आफैलाई विश्लेषण गरेर, मेरो प्राण र म माथि आइपर्ने परीक्षाहरूमाथि विचार गर्दै निकालेको हुँ । कसैले यो विश्लेषण पर्याप्त छैन भनेर भन्न पनि सक्नु हुन्छ, हो उहाँहरूले ठिकै भन्दै हुनुहुन्छ तर यदि कोही म जस्तै हुनुहुन्छ भने, यस कुराले ति व्यक्तिहरूलाई अवश्य पनि मदत मिल्नेछ ।

“महान आज्ञाले हाम्रो लागि, बिहान, दिउसो र बेलुकाको समयको लागि कार्यभारको निर्धारण गरिदिएको छ ।”

मैले दिन लागेको ६ कारणहरू अरू मानिसहरूलाई सेवा गर्ने र परमेश्वरलाई प्रिय ठान्ने इच्छामा आधारित नभइ पापमा आधारित छ । मैले यो कुरा यस कारणले भनिरहेको छु कि, महान आज्ञाले हाम्रो लागि बिहान, दिउसो र बेलुकाको समयको लागि कार्यभारको निर्धारण गरिदिएको छ ।

हामी जब बिहान बिउँझन्छौ, तब हामीले हाम्रो सारा प्राण, आत्मा, हृदय र शक्तिले परमेश्वरलाई प्रेम गर्नुपर्दछ । साथै हाम्रो छिमेकीलाई पनि आफैलाई झैँ प्रेम गर्न र सेवा गर्न हामीले आफैलाई तयार गर्नु पर्दछ ।

म एक पापी हुँ र म यही ठान्छु कि, तपाईंहरू पनि म जस्तै हुनुहुन्छ । हामी मध्ये थोरै मात्र परमेश्वर र मानिसहरूलाई प्रेम गर्ने हृदयका साथ बिउँझन्छौँ । त्यसैकारण, हाम्रो हृदयलाई यी कुराहरू प्रति परमेश्वरको वचन र प्रार्थनाद्वारा केन्द्रित गराउन हामीलाई केही समयको आवश्यकता पर्दछ । बिहानीको समयमा हामीले आफैलाई यी सत्यताहरूको याद दिलाउनु पर्दछ ताकी हामीले परमेश्वर र मानिसहरूलाई हामीबाट अपेक्षित ढङ्गमा प्रेम गर्न सकौं ।

हामी बिउँझिए लगत्तै हाम्रो फोन वा अन्य उपकरणहरू चलाउने लत पछाडि मैले दिने ६ कारणहरू यस प्रकार छन् । म पहिलो तिन कारणहरूलाई प्राप्त गर्ने अभिप्राय र पछिल्ला ३ कारणहरूलाई पन्छिने अभिप्राय भनेर भन्न चाहन्छु ।

बौद्धिक अभिप्राय

मलाई लाग्छ, हाम्रो बौद्धिक भोकलाई फोनबाट प्राप्त ज्ञानद्वारा हामी तुरुन्त तृप्त पार्न रुचाउँछौँ । यसलाई म बौद्धिक भोक भनेर भन्न चाहन्छु । साधारणतया, संसारमा र हाम्रो साथीहरूको जीवनमा के भइरहेको छ भन्ने कुराहरूको जानकार हुन हामी रुचाउँछौँ ।

हामी पछिल्लो चोटी संसारलाई नियाँले पश्चात अहिलेसम्ममा के के भए भन्ने कुराहरू प्रति हामी सचेत रहन चाहन्छौ । हामी धेरै जना कुरा थाहा पाउने पहिलो व्यक्ति हुन चाहन्छौ ताकी अरू मानिसहरूले दिने ज्ञान नम्रतापूर्वक सुन्न नपरोस् । हामी यस संसारमा घटिरहेको घटनाहरू छिटो थाहा पाउन चाहन्छौ ताकी हामी मुर्ख, अज्ञानी, सबै कुरा बताइरहनु पर्ने व्यक्तिको सट्टामा सबै कुराको ज्ञाता र अरूलाई जानकारी दिने व्यक्ति बन्न सकौँ । हाम्रो बौद्धिक अभिप्रायभित्र अहङ्कारको ठुलो हात हुन्छ ।


अहङ्कारपूर्ण अभिप्राय


हामीले हाम्रो फोनबाट तुरुन्त जानकारी प्राप्त गर्न खोज्नुको अर्को अभिप्राय भनेको हाम्रो अहङ्कारको भोगको हो । मैले पछिल्लो चोटी मेरो फोन हेरे पश्चात मानिसहरूले मेरो बारेमा के भने ? कसले मेरो बारेमा चासो देखाए ? कसले मेरो फोटोलाई मन पराए ? मलाई सामाजिक सञ्जालमा पछ्याए वा साथी बनाए ?

यस पतित र पापी अवस्थामा मानिसहरूले मानवीय अहङ्कारबाट अनुचित ढङ्गबाट मनोरञ्जन लिइरहेका छन् । हामी मध्ये कति जना यति कमजोर, घाइते र असुरक्षित छौं कि, कसैको सानो आलोचनाले हामीलाई निराश र कसैको सानो प्रशंसाले पनि हामीलाई प्रसन्न बनाउँछ ।

मनोरञ्जनको अभिप्राय

हाम्रो मनोरञ्जनको भोगलाई मेटाउनको निम्ति पनि हामी बिउँझिए लगत्तै फोन चलाउने गर्दछौँ । त्यसैकारण यसलाई म मनोरञ्जनको अभिप्राय नाउँ दिन चाहन्छु ।

“हामीले आफैलाई यी सत्यताहरूको याद दिलाउनु पर्दछ ताकी हामीले परमेश्वर र मानिसहरूलाई हामीबाट अपेक्षित ढङ्गमा प्रेम गर्न सकौँ ।”

हामी जान्दछौ कि इन्टरनेटमा आकर्षक, अनौठो, आश्चर्य लाग्दो, अद्भूत, चकित पार्ने तस्बिरहरू, उद्धरणहरू, कथा र भिडियोहरू र अन्य धेरै कुराहरू छन् र हामी धेरै जनालाई यस्ता कुराहरूको लत नै लागिसकेको छ ।

जब हामी बिहान बिउँझन्छौ, कम्तिमा पनि यी तिन अभिप्रायहरू क्रियाशील भइरहेका हुन्छन् जसले गर्दा हामी फोन चलाउन तल्लिन हुने गर्दछौँ ।

पन्छिने तिन अभिप्रायहरू


अब, हामी पन्छिने तिन अभिप्रायहरूको बारेमा कुरा गर्नेछौँ । अर्को शब्दमा भन्नुपर्दा, यो कुनै कुरा प्रति सकारात्मक इच्छा होइन, यी त हाम्रो जीवनमा हामीले पुरा गर्नुपर्ने कर्तव्यबाट केही समयको लागि आफू पन्छिने वा आफूबाट पन्छाउने इच्छा हो ।

झन्झटिलो समयबाट पन्छिन

पहिलो– झन्झटिलो समयबाट पन्छिने अभिप्राय । हामी बिहान बिउँझन्छौ र हाम्रो अघिको दिन झन्झट लाग्दो भेटाउँछौँ । यो एकदमै दिक्क लाग्दो र उत्साहपूर्ण केही पनि देख्दैनौं । खाटबाट उठ्नको लागि हामीलाई केही कुराले पनि प्रोत्साहन दिदैँन । हाम्रो प्राणको लागि आशा पूर्ण, सकारात्मक र महत्वपूर्ण केही पनि नदेखिएको कारण त्यस्तो समयबाट पन्छिनको लागि हामी हाम्रो फोनको सहायता लिन्छौं ।

जिम्मेवारीबाट पन्छिन

दोस्रो– कर्तव्यबाट पन्छिने अभिप्राय । हामी हरेकको आफ्नै जिम्मेवारी हुन्छ । हामी कोही बुवा, कोही आमा, कोही मालिक र अन्य यस्ता धेरै जिम्मेवारीहरू बोकेका मानिसहरू हौँ । प्रत्येक दिन हामीमाथि आइपर्ने यी जिम्मेवारीहरू गह्रुङ्गो लाग्छ । हाम्रो परिवार, सन्तान, घर, आर्थिक कुराहरू र अन्य धेरै कुराहरूको बारेमा हामीले निर्णय लिनुपर्ने हुन्छ । हाम्रो जीवन ठुलो जिम्मेवारीहरूले भरिएको छ र यी सबै जिम्मेवारीहरू निभाउन हामी असक्षम महसुस गर्दछौँ । र हामी हाम्रो बिस्तरामा डराउँदै, हामीलाई जिम्मेवारी दिने व्यक्तिहरूसँग रिसाउदै लडिरहन्छौँ । हामी यी उराठलाग्दो दिनहरू प्रति कति पनि आकर्षित हुँदैनौं । र सकेसम्म यसबाट केही समयको लागि भएपनि पन्छिन चाहन्छौ र यसको लागि फोनको सहायता लिने गर्दछौँ ।

कठिनाइबाट पन्छिन

तेस्रो– कठिनाइबाट पन्छिने अभिप्राय । तपाईं आफ्नो जीवनको त्यो अवस्थाबाट गुज्री रहनुभएको हुनसक्छ जहाँ बिस्तराबाट निस्कन साथ दिक्क लाग्दो समय र जिम्मेवारीको सामना मात्र नभएर सम्बन्धको समस्या, रोग, बिरामी वा परिवार र साथीभाइ माझमा अन्य धेरै समस्याहरू वा तपाईंको आफ्नै शारीरिक दुखाई धेरै मात्रामा भएको कारण तपाईं मुस्किलले आफ्नो बिस्तराबाट बाहिर निस्कन सक्नुहुन्छ । यस्तो अवस्थामा केही समय ढल्केर फोन चलाउँदै बस्न तपाईंले सहज महसुस गर्नुहुन्छ ।

मैले दिन चाहेको ६ कारणहरू यी नै हुन्, जसले हामीलाई केही कुरा गर्नु भन्दा अगाडि फोन चलाउन तल्लिन बनाइरहेको छ । बिहानीपख हामीले गर्नको लागि अवश्य पनि अन्य धेरै असल कार्यहरू छन्, तर मैले धेरै समय लिएको कारण सम्भवत म अर्को चोटी त्यसको बारेमा बताउनेछु ।

आफ्नो माया साझा गर्नुहोस्
Gospel Pubication
Gospel Pubication

न्यूजलेटर अपडेटहरू

न्यूजलेटर अपडेटको लागि सदस्यता लिन तल आफ्नो नाम र इमेल ठेगना भर्नुहोस् ।