तपाईंले चर्चलाई पुनः पत्ता लगाउनु हुँदा, तपाईंले विभिन्न  प्रचारशैली र प्रवचनको समयावधि सामना गर्न सक्नुहुन्छ। तपाईंले बाइबलमा कुनै सुस्पष्ट सूत्र फेला पार्नुहुने छैन । सम्पूर्ण बाइबल परमेश्वरबाट प्रेरित छन्, तैपनि तपाईंले विभिन्न लेखकहरूको भाव प्राप्त गर्नुहुन्छ । पावल पत्रुस जस्तै सुनिँदैनन्, जो यहूत्रा जस्तो सुनिँदैन थिए । तपाईंले आफ्नो निम्ति भावनात्मक राप भएको प्रवचनलाई प्राथमिकता दिन सक्नुहोला । तपाईंले हिब्रू र ग्रीकका थुप्रै पदहरू उद्धत भएको प्रवचनलाई प्राथमिकता दिन सक्नुहोला । प्रेम र आज्ञाकारितातर्फ पुर्‍याउनका निम्ति परमेश्वरले एउटा वा दुवै तरिकालाई प्रयोग गर्न सक्नुहुन्छ ।

तपाईंले प्रवचनहरू विषयगत वा व्याख्यात्मक हुनुपर्छ भन्दै प्रचारकहरू बहस गरेको पनि सुन्न सक्नुहुन्छ । केही परिस्थितिहरूले आगामी चुनाव, विश्वव्यापी महामारी वा जातीय अन्यायका तीन वर्तमान रुचिमा शीर्षकलाई उदृत गरेको विषयगत प्रवचनहरू माग गर्दछ । तिनीहरूलाई तिनीहरूका बुँदाहरू निर्माण गर्नका निम्ति बाइबलको अर्थलाई बङ्ग्याउने परीक्षाद्वारा, अत्याधिक विषयगत प्रवचनले प्रचारको अख्तियारलाई नष्ट पार्ने जोखिम उठाउँछ। व्याख्यात्मक प्रवचनलाई चर्चको स्थिर आहारा बनाउन उत्तम हुन्छ भनी हामी विश्वास गर्दछौँ, जसले बाइबलीय खण्डको बुँदाहरूलाई प्रवचनको बुँदाहरूको रूपमा निर्माण गर्दै व्याख्या गर्छ । अधिकांश प्रचारकहरूले भनेका छन्, पावलले प्रचारकलाई केवल प्रचार गर्न मात्र होइन तर वचन प्रचार गर्न आज्ञा दिएका छन्।

बाइबलको पदहरू वा अध्याय हुँदै हप्ता दर हप्ता, क्रमिक रूपमा बढ्ने प्रचारले, प्रचारकलाई होइन तर परमेश्वरलाई एजेन्डा निर्धारित गर्न दिन्छ । याद गर्नुहोस्, हामी प्रचारकहरू चिठ्ठी पुर्‍याउँदै गरेका हुलाकी मात्रै हौँ। “यस हप्ता रोमी १ मा परमेश्वरसँग हाम्रा निम्ति भएका सम्पूर्ण कुरा सिक्न जाँदैछौँ, अर्को हप्ता रोमी २, फेरी अर्को हप्ता रोमी ३ ।” जब बाइबललाई हामी यस प्रकारले सुन्छौँ, तब परमेश्वरको एजेन्डा हामीसँग ठ्याक्कै पङ्क्तिबद्ध हुँदैन भनी हामीले पत्ता लगाउनेछौँ । उदाहरणका लागि, रोमीको पुस्तकमा यस्तो कुराहरू हुनसक्छ जसलाई प्रचारकले प्रचार गर्न इच्छा गर्दैनन् । तर परमेश्वरबाट आएको पत्र त्यहाँ राखिएको छ, जसले खोलेर प्रचार गर्न भनिरहेको हुन्छ।

आखिरमा, हामी कसको एजेन्डा चाहन्छौँ - हाम्रो वा परमेश्वरको ? उहाँको मार्गहरू उच्च र उत्तम छन् (यशैया ५५:९) । हामीले हाम्रा सङ्केतहरू उहाँबाट लिनुपर्छ— संसारबाट होइन । केही विशेष हुन्छ जब तपाईंले परमेश्वरको वचनद्वारा पवित्र आत्मालाई बोल्नुभएको सुन्नुहुन्छ, जब सम्पूर्ण उपस्थितहरूमा, प्रचारकले त्यहीँबाट सुरुवात गर्दछन् जहाँ पछिल्लो हप्ता छोडेका थिए ।

जब तपाईंले चर्चलाई पुनः पत्ता लगाउनुहुन्छ, तपाईंले सम्भवतः  रेकर्ड गरिएका र भौतिक रूपमा प्रत्यक्ष प्रचार गरिएका प्रवचनहरू बीचको वादविवादलाई सामना गर्नुहुनेछ । वर्षौँ पहिले, एक विशेष रूपमा दान प्राप्त प्रचारकसँग मेरो कुराकानी भएको थियो । यदि उहाँ प्रचारक हुनुभएको भए, उहाँ एक स्ट्यान्ड-अप हास्य कलाकार बन्नुहुने थियो । वास्तवमा, उहाँले प्रचार गर्दा श्रोतहरूसँग कसरी घुलमिल हुने भन्ने हेतुले हास्यकलाकारहरूलाई अध्ययन गर्नुभएको थियो । उहाँले बाइबलीय र ईश्वरशास्त्रीय अवधारणालाई पनि गहन रूपमा बुझ्नु भएको थियो, र तिनीहरूलाई रचनात्मकता साथ प्रतिप्रश्न गर्ने भीडहरूमा व्याख्या गर्न सक्नुहुन्थ्यो । उहाँको चर्च स्थानीय प्रचारको बढुवा गर्नुको सट्टामा, रेकर्ड गरिएका प्रवचनलाई प्रसारण गरेर, आफ्नो इलाकाभरिका विभिन्न स्थानका साथै देशभरि नै पैmलिएको थियो । म उहाँको तर्कलाई कहिल्यै भुल्ने छैन । उहाँले भन्नुभयो कि जब मानिसहरूले उहाँ जस्तो “क” वर्गको प्रचारक प्राप्त गर्न सक्छन् भने, तिनीहरूलाई “ख” वर्गको प्रचारक दिनुको कुनै अर्थ नै हुँदैन । उहाँको उद्देश्य व्यक्तिको अनुसरण गर्ने ठूलो भिडमात्र भेला गर्नु थियो, त्यसैले उहाँसँग वहस गरिनँ ।

तर जब मैले पछि विचार गरे, मैले महसुस गरे कि उहाँको तर्क धेरै जायज थियो । उहाँले दिनुभएको परिदृश्यमा उहाँ केवल आफ्ना जुनियर पास्टर र इन्र्टनहरूका विरुद्घ प्रतिस्पर्धा गरिरहनुभएको थिएन । तर उहाँ अन्य सम्पूर्ण प्रचारकसँग प्रतिस्पर्धा गरिरहनु भएको थियो, जीवित होस् वा मृत । विलि ग्रहाम जस्ता “क” वर्गका प्रचारकहरूको रेकर्डरहरू किन प्रसारण नगर्नु ? यदि अंग्रेजी भाषा बोल्ने संसारभरिका चर्चहरूले चाल्र्स स्पजर्नको सर्व-श्रेष्ठताको अभिनय गर्नको निम्ति अभिनेतालाई नियुक्ति गर्‍यो भने के हुन्छ ? सायद जसरी हामीले फुटबल टुर्नामेन्ट खेल्दा सेमिफाइनलमा प्रवेश गर्नलाई गोलाप्रथाको प्रयोग गर्दछौँ, त्यसरी नै ख्रीष्टियनहरूलाई, तिनीहरूमाथि शासन गर्नलाई एक वक्ता नियुक्त नगर्दासम्म, पालैपालो तिनीहरूका मनपर्ने प्रचारकलाई मतदान गर्न लगाउँछौँ । तब कोही “ख” वर्ग (वा अझ खराब) प्रचारकको अधीनमा फेरि कहिल्यै रहनेछैन । हामी केवल सर्वोत्कृष्ट मात्र प्राप्त गर्नेछौँ— यदि परमेश्वरले हाम्रो लागि त्यो उत्तम ठात्रुभयो भने ।

तर त्यो उत्तम छैन । तपाईंको लागि उत्तम प्रचारक भनेको त्यो प्रचारक हो जो परमेश्वरको वचनप्रति विश्वासयोग्य छन् । अझै  राम्रो, यदि तिनी तपाईंलाई कफीको लागि भेट्न वा अस्पतालमा तपाईंलाई भ्रमण गर्न इच्छुक हुन्छन्। प्रत्येक आराधना सेवामा, हामीले एकसाथ केवल वचनमात्र नपढ्नुको पनि कारण छ । प्रचारले शिक्षकको अनुभव र व्यक्तिगत मननद्वारा, निर्दिष्ट स्थानीय र व्यक्तिगत मागहरू समकालीन सन्दर्भमा सहन गर्नका निम्ति परमेश्वरको अख्तियारलाई ल्याउँछ । मैले भर्खरै उल्लेख गरेका व्यक्ति, वास्तवमा तपाईंका प्रचारक भन्दा उत्तम हुनसक्छ तर तपाईंको प्रचारकले तपाईंको चर्चलाई राम्रोसँग जान्न भएको हुन्छ । र जब तपाईं र तपाईंको चर्चमाथि बाइबललाई लागू गर्ने कुरा आउँछ, तब यसले अधिक महत्व राख्छ ।

निश्चित रूपमा, प्रचारकहरूले आफ्ना सुनवाईमा प्रत्येक व्यक्तिको सम्पूर्ण आत्मीय विवरणहरू जान्न सक्दैनन् । अत्याधिक पास्टरहरूले कोभिड-१९ को लकडाउनको समयावधिमा क्यामेरामा प्रचार गर्न संघर्ष गर्नुको एक कारण छ । तिनीहरूका प्रचारप्रति हाम्रा वास्तविक प्रतिक्रियामा पवित्र आत्माको अगुवाइको महसुसको निम्ति तिनीहरूले प्रार्थना गर्दथे । जब तिनीहरूले हामीलाई आँखामा आँखा जुधाएर हेर्छन् तब पवित्र आत्माले तिनीहरूका हृदयलाई हाम्रा मूर्खताको निम्ति सान्त्वना दिनुहुन्छ । चर्चले सङ्गीत कार्यक्रम वा चलचित्र घरको अनुकरण गरेका जस्तै गरी, चर्चको आराधना सेवाको दौरान बत्तीलाई मधुरो गर्न नहुने थुप्रै कारणहरू छन् । अनि यो त्यसमध्ये एक हो, ताकि पास्टरहरूले प्रचारको कार्यमा, आत्माको प्रेरणाप्रति संवेदनशील भएर प्रतिक्रिया दिन सकून् ।

समय र स्थान

अन्तमा, प्रचार केवल जानकारी हस्तान्तरण गर्ने बारेमा मात्र होइन । यदि यही नै एकमात्र लक्ष्य भएको भए, प्रचार सबैभन्दा प्रभावकारी माध्यम हुने थिएन । हामी भिडियो, अनलाइन कार्यक्रमहरू वा पुस्तकहरूतर्फ बढ्न सक्थ्यौँ र आराधना सेवालाई पूणर्तया इन्कार गर्न सक्थ्यौँ । तापनि, प्रवचन सुन्नु भनेको केवल तपाईं र येशूसँग तपाईंको व्यक्तिगत हिँडाइको विषयमा होइन । यो त तपाईंको आफ्नै चर्चमा स्वर्गीय संस्कृतिलाई आकार दिनु र स्वर्गीय सहर निर्माण गर्ने विषयमा पनि हो । यो एकसाथ जीवनलाई आकार दिने विषयमा हो ।

भौतिक, प्रत्यक्ष सिकाइमा दुईवटा कुराहरू हुन्छन् जसलाई अनलाइन कार्यक्रममा तपाईंले कहिल्यै चिन्न नसक्ने पास्टरबाट अनुसरण गर्न सक्नुहुन्न । पहिलो, चर्च र प्रचारकले एकसाथ प्रचारलाई एउटै समय र स्थानमा सामूहिक कार्यको रूपमा अनुभव गर्छ । हो, प्रवचनलाई हाम्रा ईश्वरभक्ति मननमा लागू गर्नु असल हुन्छ । तर त्यसलाई मानिसहरूको रूपमा एकसाथ लागू गर्नुमा अझ धेरै असल हुन्छ । हामीले हप्तैभरि एकसाथ एकअर्कालाई कसरी व्यवहार गर्‍यौँ भन्ने  कुराले प्रवचनलाई जीवन्त बनाउँछ । यो पनि याद राख्नुहोस्, प्रचारकहरू अन्ततः हामी “माथिका” हुँदैनन् । तिनीहरू हामीमध्येका हुन्छन् र तिनीहरू नयाँ सहरको रूपमा परमेश्वरको वचनद्वारा एकसाथ आकार लिनका निम्ति हामीसँगै सहभागी हुन्छन् । प्रवचनले निर्दिष्ट स्थानमा मानिसहरूका निम्ति परमेश्वरको वचनबाट दर्शन प्रदान गर्छन्, किनकि तिनीहरू परमेश्वरको आज्ञालाई पालन गर्न र एकअर्कालाई प्रेम गर्न एकसाथ करारमा बाँधिएका हुन्छन् ।

दोस्रो, प्रचारकको उदाहरण र व्यक्तित्वले सम्पूर्ण चर्चको निम्ति लय स्थापित गर्दछ । प्रचारकहरू निश्चित रूपमा भयभीत हुन्छन्, जब चर्चहरूले तिनीहरूका कमजोरीका साथसाथै तागतलाई कसरी लिन्छन् भनी तिनीहरूले महसुस गर्दछन् । जब म सेमिनारीमा कसरी प्रचार गर्ने भन्ने  विषयमा सिक्दै थिएँ, मेरो प्राध्यापकले अर्तिका शब्दहरू दिनुभयो । उहाँले मलाई भन्नुभयो, केही वर्षहरू पश्चात मेरो चर्चले सम्भवतः मैले भनेका वास्तविक शब्दहरू याद गर्ने छैनन् । बरु परमेश्वरले दुवै मेरा शब्दहरू र वर्षौसम्मका मेरा ईश्वरभक्ति र चरित्रको उदाहरणद्वारा कालान्तरमा चर्चलाई आकार दिनुहुनेछ । प्रचारकका सन्देश र चरित्र एकसाथ जोडिन्छ, र पवित्र आत्माको शक्तिद्वारा, सुन्ने ती वचनद्वारा परिवर्तन हुन्छन्, यद्यपि उनीहरूले तिनीहरूलाई सदैव याद नगरे तापनि— अनि यो शिक्षणको लागि पनि उस्तै हुन्छ केवल प्रचारको लागि मात्र होइन । हामी सामन्यतया, हाम्रा सर्वश्रेष्ठ शिक्षकहरूलाई केवल तिनीहरूका ज्ञानको लागि मात्र याद गर्दैनौँ । हामीले तिनीहरूका ज्ञानलाईं साथ-साथ सञ्चारको निम्ति तिनीहरूका वरदान र व्यक्तिगत रूपमा हामीप्रतिको प्रेमलाई पनि याद गर्दछौँ ।

त्यसैले तपाईंले चर्चलाई पुनः पत्ता लगाउनुहुँदा, यस्तो प्रचारकहरू खोज्नुहोस् जसले तपाईंलाई प्रशस्तै प्रेम गर्छ र राम्रो सर्जनले जसरी आवश्यकता अनुसार काट्न वा जोड्न राम्ररी जानेका हुन्छन्। त्यस्तो कसैलाईं खोज्नुहोस् जसले तिनीहरूका अख्तियार राजाहरूका राजादेखि लिन्छन् भनेर जानेका होऊन् जसको सुसमाचार र बुद्घिलाई तिनीहरूले घोषण गरेका हुन्छन् । तिनीहरूले केवल तपाईंका पैसाको चेकबुकका टुक्राहरूमात्र चाहँदैनन् । तिनीहरूले तपाईंका निम्ति उदाहरण पेश गर्छन्— तिनीहरूका सिकाइ र जोशद्वारा केवल तपाईंलाई प्रभावित गर्नलाई मात्र भने होइन ।

आफ्नो माया साझा गर्नुहोस्
Gospel Pubication
Gospel Pubication

न्यूजलेटर अपडेटहरू

न्यूजलेटर अपडेटको लागि सदस्यता लिन तल आफ्नो नाम र इमेल ठेगना भर्नुहोस् ।