अब यूहन्ना पक्राउमा परेपछि परमेश्वरको सुसमाचार प्रचार गर्दै येशू गालीलमा आउनुभयो । उहाँले भन्नुभयो, “समय पूरा भएको छ, र परमेश्वरको राज्य नजिक आइपुगेको छ, पश्चात्ताप गर, र सुसमाचारमा विश्वास गर ।”
मर्कुस १ः१४–१५

यस्तो अज्ञानताका समयलाई परमेश्वरले ध्यान दिनुभएन, तर अब प्रत्येक ठाउँमा सब मानिसहरूलाई पश्चात्ताप गर्ने आज्ञा दिनुहुन्छ ।
प्रेरित १७ः३०

परमेश्वरको अनन्तको योजना र असल अभिप्रायअनुसार, पितासँग एकसमान हुनुभएको र उहाँको स्वभावलाई शतप्रतिशत प्रतिनिधि गर्ने परमेश्वरको पुत्रले स्वइच्छामा नै स्वर्गको महिमा त्याग्नुभयो, पवित्र आत्माद्वारा कन्यामा गर्भधारण हुनुभयो, र परमेश्वर–मानिस भई जन्मनुभयो । यस संसारमा हुँदा उहाँले परमेश्वरको व्यवस्थाको आज्ञापालन गर्नुभयो । र त्यसपछि समयको पूर्णतामा मानिसहरूद्वारा इन्कार भई उहाँ क्रूसमा मारिनुभयो । उहाँले क्रूसमा आफ्ना मानिसहरूका पापहरू बोक्नुभयो, परमेश्वरद्वारा त्यागिनुभयो, ईश्वरीय क्रोध भोग्नुभयो, र एक अपराधी झैँ मर्नुभयो । तेस्रो दिनमा परमेश्वरले उहाँलाई मृत्युबाट पुनर्जीवित पार्नुभयो, सार्वजानिक रूपमा यही घोषणा गर्न कि ख्रीष्टको मृत्युलाई पापको बलिको रूपमा ग्रहण गरियो, पापको दण्ड पूर्ण रूपमा तिरियो, न्यायको मागहरूलाई पूर्ण पारियो, र परमेश्वरको क्रोध शान्त पारियो । पुनर्स्थापनाको चालीस दिनपछि, येशू ख्रीष्ट, परमेश्वरको पुत्र र मानिसको पुत्र, स्वर्गारोहण हुनुभयो, जहाँ उहाँ पिता परमेश्वरको दाहिने हातपट्टि बस्नुभएको छ, र उहाँलाई नै सबै महिमा, आदर, र सबै थोकमाथि प्रभुत्व दिइएको छ । त्यहाँ, परमेश्वरको उपस्थितिमा उहाँले आफ्ना मानिसहरूको प्रतिनिधि गर्नुहुन्छ र उनीहरूको तर्फबाट परमेश्वर समक्ष विशेष बिन्ती र अर्जी बिसाउनुहुन्छ । परमेश्वरको र उहाँको पुत्र येशू ख्रीष्टको सुसमाचार यही नै हो ।

परमेश्वरले गर्नुभएको यस महान् कार्यलाई मनन गरिसकेपछि अब हामी मानवजातितर्फ ध्यानाकर्षण गरौँ । एक व्यक्तिले सुसमाचारप्रति गर्नुपर्ने बाइबलीय प्रतिक्रिया के हो ? एक प्रचारकले हताश भएका मानिसहरूलाई कसरी निर्देशन गर्नुपर्दछ जब उनीहरू यसो भनी चिच्याउँछन्, “आफ्नो आत्मा बचाउनका लागि मैले के गर्नुपर्छ ?” यस मामिलामा धर्मशास्त्र प्रष्ट छ, मानिसहरूले पश्चात्ताप र सुसमाचारमा विश्वास गर्नै पर्दछ । जब येशू इस्राएलीहरूकहाँ आउनुभयो तब उहाँले तिनीहरूको हृदयमा उहाँलाई राख्न आग्रह गर्नुभएन, न त उहाँले कुनै निश्चित प्रार्थना दोहोर्‍याउनका लागि तिनीहरूलाई आज्ञा गर्नुभयो । तर, उहाँले तिनीहरूलाई आफ्ना पापबाट फर्किएर सुसमाचारमा विश्वास गर भनी आज्ञा दिनुभयो ।

आफ्नो माया साझा गर्नुहोस्
Gospel Pubication
Gospel Pubication

न्यूजलेटर अपडेटहरू

न्यूजलेटर अपडेटको लागि सदस्यता लिन तल आफ्नो नाम र इमेल ठेगना भर्नुहोस् ।