आज हामी सिंगापुरबाट जिया नाम गरेकी हाम्री श्रोताले सोध्नुभएको प्रश्नलाई हेर्नेछौँ । उहाँले दश कन्याहरूको दृष्टान्तको बारेमा प्रश्न गर्नुभएको छ । मत्ती २५ः ११–१२ मा येशूले भन्नुभएको छ— ‘पछिबाट ती अन्य कन्याहरू आइपुगे र यसो भन्न लागे, ‘प्रभु, प्रभु, हाम्रा लागि खोलिदिनुहोस् !’ “तर उनले जवाफ दिएर भने, “साँच्चै, म तिमीहरूलाई भन्दछु, म तिमीहरूलाई चिन्दिनँ ।” के यी दुई पदहरूले मुक्तिको बारेमा केही सङ्केत गर्छ ? खासगरी जब दुलाहाले, ‘म तिमीहरूलाई चिन्दिनँ भनेर भने’ ?”

दश कन्या र दुलहा

“म तिमीहरूलाई चिन्दिनँ” भन्ने यस पदले के मुक्तिको बारेमा केही अङ्कित गर्छ ? हो गर्छ । तिनीहरूले मुक्तिबाट अलग गरिएको वा बहिष्कृत गरिएको कुरालाई अङ्कित गर्छ ।

म पुनः तपाईंलाई यो याद दिलाउन चाहन्छु कि यो एक दृष्टान्त हो । जहाँ येशूले दश कन्याहरूको बारेमा एउटा कथा बताउनुभएको छ । यी दश कन्याहरूलाई दुलहा भोजमा आउँदा स्वागत गर्नको निम्ति जिम्मेवारी दिइएको थियो । ताकि दुलहा भोजमा सहभागी भएर आफ्ना दुलहीसँग आनन्द मनाउन सकुन् ।

पाँच कन्याहरूले यस कार्यलाई गम्भीरतापूर्वक लिए र तयार भएर बसे, तर बाँकी पाँचजनाले भने लापर्बाही गरे त्यसैले तिनीहरूसँग तयार रहनको लागि आवश्यक सामानहरू थिएन । अन्तिम घडीमा तिनीहरूले आफ्नो जुक्तिको प्रयोग त गरे तर समय ढिला भएका कारण सफल भएनन् ।

आत्मिकरुपमा जागा

हामी बाइबलमा पाउँछौँः
तिनीहरू किन्न जाँदा दुलहा आइपुगे, र तयार हुनेहरू उनीसँग विवाहको भोजमा पसे, र ढोका बन्द भयो । पछिबाट ती अरू कन्याहरू आइपुगे र यसो भन्न लागे, ‘प्रभु, प्रभु, हाम्रा लागि खोलिदिनुहोस् !’ “तर उनले जवाफ दिएर भने, ‘साँच्चै, म तिमीहरूलाई भन्दछु, म तिमीहरूलाई चिन्दिनँ ।’ “यसकारण जागा रहो, किनकि त्यो दिन र त्यो घडी तिमीहरूलाई थाहा छैन (मत्ती २५ः१०–१३) । हामी यो घटनालाई पाउँदछौँ ।

यो पदले रातको समयमा आकाशतर्फ हेरेर जागा रहनु भनिरहेको छैन तर आफ्ना प्रभुको बोलावट र ख्रीष्टमा आफ्नो जीवनको मार्गप्रति जागा रहनु भनिरहेको छ । यदि तपाईंले प्रभुलाई महत्वहीनझैँ व्यवहार गर्नुभयो भने तपाईं भोजमा प्रवेश गर्नुहुनेछैन । तपाईं मुक्तिमा प्रवेश गर्नुहुनेछैन ।

यहूदालाई बहिष्कार

येशूले भन्नुभएको यस शब्दहरूसँग नजिकको समानता रहेको अर्को वचन हामी मत्ती ७ः २१–२३ मा पाउँछौँ ।

मलाई ‘प्रभु,प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन् । स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ । त्यो दिन धेरैले मलाई भन्नेछन्, ’प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौँ ? र तपाईंको नाउँमा भूतहरू धपाएनौँ । र तपाईंको नाउँमा अनेक शक्तिशाली कामहरू गरेनौँ र ?’ अनि म तिनीहरूलाई सफासँग भन्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ । ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ।”

“मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ” भन्नुको अर्थ यही हो कि “मैले तिमीहरूलाई मेरो चेलाको रूपमा चिनेको छैनँ । मैले तिमीहरूलाई मेरो अनुयायीको रूपमा चिनेको छैनँ । तिमीहरू मेरो निम्ति आत्मिक रूपमा अपरिचित छौ” हामी यहूदालाई उदाहरणको रूपमा लिन सक्छौँ । तीन वर्षसम्म, तिनले येशूसँग भूतहरू निकाले, विभिन्न शक्तिशाली कार्यहरू गरे । तर अन्त्यमा तिनी येशूको प्रेममा नभएर पैसामा बहकिए । यूहन्ना १२ः६ मा हामी देख्नसक्छौँ कि उनलाई चोर भनेर भनिएको छ । अन्ततः उनी येशूबाट बहिष्कृत भए ।

चुनिएको र चिनिएको

“चिनिएको” अनौठो तरिकाले यस शब्दको प्रयोग गर्नुको कारण के हो ? “म तिमीहरूलाई चिन्दिनँ” “मैले तिमीहरूलाई कहिल्यै चिनेको थिइनँ ।” यस भनाइको रहस्य हामी पुरानो करारमा पाउन सक्छौँ । पुरानो करारमा यस “भनाइ” शब्दको सट्टामा “चुनिएको” शब्दको प्रयोग गरिएको छ ।

उदाहरणको लागि तपाईं आमोस ३ः२ मा देख्न सक्नुहुन्छ कि जब परमेश्वरले इस्राएललाई यसो भन्नुभयो, “पृथ्वीका सबै परिवारहरूमध्ये मैले केवल तिमीहरूलाई मात्र चुनेको छु ।” यसको मतलब यो हैन कि येशू अन्य राज्यहरूको बारेमा अन्जान हुनुहुन्थ्यो, तर यसको मतलब त यो हो कि उहाँले ती अन्य राज्यहरूलाई चुन्नुभएन । तिनीहरूलाई परमेश्वरले आफ्नो भनेर स्वीकार गर्नुभएन । तिनीहरूलाई उहाँले चुन्नुभएन ।

उत्पत्ति १८ः१८–१९ मा यसरी लेखिएको छ— “अब्राहामबाट एउटा ठूलो र शक्तिशाली जाति बन्नेछ, र त्यसद्वारा नै पृथ्वीका सबै जातिहरूले आशिष् पाउनेछन् किनभने त्यसले आफ्ना छोराछोरीहरू र घरानालाई धर्म र न्याय गरेर परमप्रभुको मार्ग पालन गर्नलाई आज्ञा देओस् भनेर मैले त्यसलाई छानेको छु । यसैले नै परमप्रभुले अब्राहामसित गर्नुभएको प्रतिज्ञा पूरा गरिदिनुहुनेछ ।”

परमेश्वरलाई प्रेम गर्न बोलाइएका

जब हामी नयाँ करारमा आउँछौँ तब हामी पाउँछौँ कि, “तर अब त तिमीहरूले परमेश्वरलाई चिनेका छौ, अथवा परमेश्वरबाट चिनिएका छौ, अथवा परमेश्वरबाट चिनिएका छौ (गलाती ४ः९) । त्यसैकारण परमेश्वरबाट चिनिनु भन्ने कुराले यही कुरा व्यक्त गर्छ कि हामीले उहाँलाई चिन्नको लागि उहाँले नै पहिलो कदम चाल्नुभयो ।” तर अब त तिमीहरूले परमेश्वरलाई चिनेका छौ, अथवा परमेश्वरबाट चिनिएका छौ, र पनि फेरि कसरी तिमीहरू ती निर्बल र सुरु–सुरुका तुच्छ सिद्धान्तहरूतिर फर्कन्छौ र फेरि तिनका दास बन्न चाहन्छौ ? (गलाती ४ः ९) ।

१ कोरिन्थी ८ः३ मा हामी यो विचारलाई पाउन सक्छौँ । “तर कसैले परमेश्वरलाई प्रेम गर्दछ भने त्यसलाई परमेश्वरका चिन्नुहुन्छ ।” यसको अर्थ यही हो कि तपाईंले परमेश्वरलाई प्रेम गर्नुअघि परमेश्वरले तपाईंलाई चुन्नुपर्छ ।

जागा रह

हामी पुनः दृष्टान्तमै फर्कौँ । ती मूर्ख कन्याहरू आफ्ना दुलहाको भोजमा ढिलो आए र तिनीहरूले कराएर भने “प्रभु, प्रभु, हाम्रा लागि खोलिदिनुहोस् । तर उनले जवाफ दिएर भने, “साँच्चै म तिमीहरूलाई भन्दछु, म तिमीहरूलाई चिन्दिनँ ।” यस भनाइको तात्पर्य यही हो कि “म तिमीहरूमा मप्रतिको बफादारिताको चिन्ह देख्दिनँ । कारण मैले चुनेका मानिस मप्रति समर्पित, विश्वासयोग्य र वफादार हुन्छ ।”

२ तिमोथी २ः१९ मा हामी पाउँछौ— “तर परमेश्वरको दृढ़ जग खड़ै रहन्छ, र त्यसमा यो छाप लागेको छ, “प्रभुले आफ्ना जतिलाई चिन्नुहुन्छ,” र “प्रभुको नाउँ लिने जति हरेक अधर्मबाट टाढ़ै रहोस् ।” “यी दुई कुराहरू छाप लागेका मानिसहरूका चिन्हहरू हुन् ।” प्रभुले तिनीहरूलाई चिन्नुहुन्छ— उहाँले तिनीहरूलाई चुन्नुभएको छ— र तिनीहरू पापबाट अलग बस्छन् ।

येशूले ती पाँच मूर्ख कन्याहरूलाई यही भन्दै हुनुहन्छ कि “म तिमीहरूमा जीवन देख्दिनँ, मेरो नाउँलाई प्रेम गरेको र दुष्टताबाट अलग भएको प्रमाण देख्दिनँ । तिमीहरू मेरा हैनौँ । म तिमीहरूलाई चिन्दिनँ ।” येशूले यसरी अन्त्य गर्नुहुन्छ, “त्यसैकारण जागा रहो, किनकि त्यो दिन र त्यो घडी तिमीहरूलाई थाहा छैन ।” यस भनाइको तात्पर्य यही हो कि, आत्मिक रूपमा सतर्क रहो । मेरो महानता, सुन्दरता र मेरो मूल्यलाई सधैँ तिमीहरूको अघि राख । संसारलाई बढी प्रेम नगर नत्र त म तिमीहरूलाई चिन्नेछैन ।