पापमय डरमाथि विजय हुनु
NPR 200.00
-जोन फ्लेभल
प्युरिटन खजाना आजको लागि
जोन फ्लेभलले डरको प्रकृति, यसको खतराहरू, र पापयुक्त डरलाई परमेश्वरको सही डरद्वारा कसरी पार गर्न सकिन्छ भनी व्याख्या गर्नुहुन्छ। उहाँले ख्रीष्टमा भरोसा राख्ने र उहाँमा शान्ति पाउने व्यावहारिक ज्ञान दिनुहुन्छ।
के तपाई आफ्ना शत्रुहरूले के गर्लान् भनेर डराउनुहुन्छ ?
हामी जान्दछौं कि, हामी एकदमै शक्तिशाली र क्रोधित शत्रुहरूको बिचमा छौं। हामी तिनीहरूका क्रूर हातहरूले यस संसारमा कस्ता रक्तपातपूर्ण त्रासदीहरू मच्चाउलान् भन्ने सोचेर धरथर काँप्छौं। तर परमेश्वरको करारले तपाईलाई यी डरहरूको बिचमा विश्वासको महान् र सहासिलो कार्य गर्ने शक्ति दिनुहुन्छ। यदि परमेश्वर तपाईको परमेश्वर हुनुहुन्छ भने, तपाईको साथमा सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ। यही कुरा नै सबै डरहरूलाई मार्नको लागि पर्याप्त छ।
हाम्रा सुधारवादी र प्युरिटान पुर्खाहरूले पालन गरेको एउटा महान् बाइबलीय सिद्धान्तलाई यी शब्दहरूमा सङ्क्षेप गर्न सकिन्छः पाप गर्नुभन्दा दुःख भोग्नु सधैं उत्तम हुन्छ। जोन फ्लेभलको यो उत्कृष्ट पुस्तक, जसलाई अहिले आधुनिक शैलीमा पुनः प्रकाशित गरिएको छ, यसले हामीलाई मानिससँग डराउनुभन्दा परमेश्वरसँग डराउनु किन जरुरी छ भन्ने ठोस कारणहरू दिन्छ। परमेश्वरको करारप्रतिको विश्वासयोग्यताले ख्रीष्टियानहरूलाई सधैं सम्हाल्नेछ। यो पुस्तकले प्रत्येक विश्वासीलाई परमेश्वरको डरमा जिउन र शुद्ध विवेकका साथ अन्तिम न्यायको दिनमा खडा हुन उत्साह दिन्छ।
-मरिस रोबर्ट्स

जोन फ्लेभल (१६२८-१६९१) बेलायतको डर्टमाउथमा सेवा गर्ने एक प्युरिटन पास्टर हुनुहुन्थ्यो । उहाँका सम्पूर्ण लेखहरू ‘ब्यानर अफ टुथ ट्रस्ट’ ले ६ खण्डमा पुनः प्रकाशित गरेको छ ।
थप जानकारी
- लेखक: जोन फ्लेभल
- स्वरूप: मुलायम कभर
- (ISBN) नम्बर: 9789937-9984-0-6
- पृष्ठ संख्या: 148
- भाषा: नेपाली
- प्रकाशन: गोस्पल पब्लिकेशन
गोस्पल पब्लिकेशनमा प्यूरिटन खजाना आजको लागि भन्ने शृंखला अन्तर्गतका पुस्तकहरू,
| Book Author | |
|---|---|
| Format | |
| Language | |
| Pages | 148 |
| Publisher |



















Reviews
There are no reviews yet.