बचाउने विश्वासको सुसमाचारीय प्रमाणहरू
NPR 200.00
-जोन ओवेन
प्युरिटन खजाना आजको लागि
परमेश्वरले हामीचाट पवित्रताको माग गर्नुहुन्छ, किनभने उहाँ स्वयम् पवित्र हुनुहुन्छ । उहाँले सिद्धताको पनि माग गर्नुहुन्छ, जसे हाम्रो स्वर्गीय पिता सिद्ध हनुहुन्छ । तर, हामी तबसम्म पवित्र वा सिद्ध हुन सक्दैनों, जबसम्म हाम्रो पवित्रता र सिद्धत्ता परमेश्वरको पवित्रता र सिद्धतासँग केही हदसम्म मेल खाँदैन । यदि हामीले यो कुरा निरन्तर आफ्नो हृदयमा सही रूपमा ग्रहण गर्न सक्यों भने, यसले हामीलाई हरेक कर्तव्य पालन गर्न र पापबाट बच्न अझ बढी सावधानी र परिश्रम गर्न प्रेरित गर्नेछ।
जोन ओवेनले ख्रीष्टियान जीवनका बारेमा धेरै लामो र प्रायः जटिल विषयहरू लेख्नुभएको थियो, जसलाई धेरै समयदेखि मानिसहरूले उचित ध्यान दिएका थिएनन् । ब्रायन हेजड्ले यो सानो पुस्तकमा ती गहिरा विषयहरूलाई धेरै होसियारी र संवेदनशीलताका साथ परिमार्जन गर्नुभएको छ, जसले ओवेनका तर्कहरूलाई पुनर्जीवित गराएको छ। ओवेनको जन्म भएको ४०० औं वर्षगाँठको अवसरमा, उहाँको ख्रीष्टियान जीवनसम्बन्धी ईथरशाखलाई बुझ्नको लागि योभन्दा सजिलो र उत्तम उपाय अरू हुन सक्दैन ।
क्रफोर्ड ग्रिबन, लेखकः जोन ओवेन एन्ड इङ्लिस प्युरिटनिजमः एक्सपेरियन्स अफ डिफिट

जोन ओवेन (१६१६-१६८३) एक अङ्ग्रेज प्युरिटन हुनुहुन्थ्यो । उहाँले अक्सफोर्ड विश्वविद्यालयको उप-कुलपति र कगशाल तथा लन्डनका चर्चहरूमा पास्टरको रूपमा सेवा गर्नुभयो । उहाँका महत्त्वपूर्ण कृतिहरूलाई व्यानर अफ टुथ ट्रस्टले पुनः प्रकाशन गरेको छ ।
थप जानकारी
- लेखक: जोन ओवेन
- स्वरूप: मुलायम कभर
- (ISBN) नम्बर: 9789937-9917-3-5
- पृष्ठ संख्या: 118
- भाषा: नेपाली
- प्रकाशन: गोस्पल पब्लिकेशन
गोस्पल पब्लिकेशनमा प्यूरिटन खजाना आजको लागि भन्ने शृंखला अन्तर्गतका पुस्तकहरू,
| Book Author | |
|---|---|
| Format | |
| ISBN | 9789937-9917-3-5 |
| Language | |
| Pages | 118 |
| Publisher |



















Reviews
There are no reviews yet.