सुसमाचार के हो ?- PDF
NPR 0.00
९ चिन्हहरू स्वस्थ चर्चहरूको निर्माण
सुसमाचार के हो? यो सरल प्रश्नले ख्रीष्टियान र गैर-ख्रीष्टियान दुवैका लागि गहिरो महत्त्व राख्छ। यस पुस्तकले तपाईंलाई यस महत्त्वपूर्ण प्रश्नको उत्तर बुझ्न र सुसमाचारलाई आफ्नो जीवनमा लागु गर्न मदत गर्नेछ।
सुसमाचार के हो?
सुसमाचार के हो? यो प्रश्न सरल लाग्न सक्छ, तर यसले चर्चभित्र समेत चर्काचर्कीपूर्ण बहस निम्त्याउन सक्छ। त्यसोभए, सुसमाचारलाई स्पष्ट र बाइबलीय रूपमा कसरी बुझ्ने? परम्परा, तर्क र अनुभवले मात्र हामीलाई सन्तोषजनक उत्तर दिन सक्दैनन्। सुसमाचारबारे सही बुझाइ प्राप्त गर्न हामीले परमेश्वरको वचनतर्फ फर्कनुपर्छ।
ग्रेग गिल्बर्टले आफ्नो पुस्तक सुसमाचार के हो? मा यही गर्छन्। रोमीको पुस्तकमा पावलले सुसमाचारलाई व्यवस्थित रूपमा प्रस्तुत गरेको विवरणबाट सुरु गर्दै, प्रेरितको पुस्तकमा उल्लेख गरिएका प्रवचनहरूको अध्ययनमार्फत गिल्बर्टले सुसमाचारका चार मुख्य विषय प्रस्तुत गर्छन्: परमेश्वर, मानिस, ख्रीष्ट र त्यसप्रतिको प्रतिक्रिया।यस पुस्तकमा यी प्रत्येक विषयलाई बाइबलको आधारमा ध्यानपूर्वक व्याख्या गरिएको छ। साथै, सुसमाचारले व्यक्ति, चर्च र संसारमा पार्ने प्रभावहरूबारे पनि चर्चा गरिएको छ। यस पुस्तकले ख्रीष्टियान र गैर-ख्रीष्टियान दुवैलाई सुसमाचारको अर्थ र यसको महत्त्व अझ स्पष्ट रूपमा बुझ्न मदत गर्नेछ।

ग्रेग गिल्बर्ट (एमडीभ, द साउदर्न व्याप्टिष्ट थियोलोजिकल सेमिनारी) लुइभिल केन्टकीमा अवस्थित थर्ड एभेन्यू ब्याप्टिष्ट चर्चका वरिष्ठ पास्टर हुनुहुन्छ । उहाँ सुसमाचार के हो ? र याकूब १२ हप्ते अध्ययन का लेखक तथा चर्चको मिसन के हो ? का सहलेखक हुनुहुन्छ। ग्रेग र उहाँको श्रीमती मोरियाको तीन जना छोराछोरी छन् ।
थप जानकारी
- लेखक: ग्रेग गिल्बर्ट
- स्वरूप: मुलायम कभर
- (ISBN) नम्बर: 9789905-605-29-9
- पृष्ठ संख्या: 112
- भाषा: नेपाली
- प्रकाशन: गोस्पल पब्लिकेशन
| Book Author | |
|---|---|
| Format | |
| ISBN | 9789937120883 |
| Language | |
| Pages | 152 |
| Publisher |











Reviews
There are no reviews yet.