उत्तर १
अरू महाविपत्तिहरूद्वारा झैँ कोरोना भाइरसको महामारीद्वारा
परमेश्वरले संसारलाई नैतिक त्रास तथा परमेश्वरलाई
अवमूल्यन गर्ने पापको आत्मिक कुरूपताको एउटा
भौतिक तस्वीर देखाइरहनुभएको छ ।
वास्तवमा पापको कारणले नै सबै शारीरिक कष्ट आएको हुन्छ । बाइबलको तेस्रो अध्यायले संसारमा पापको प्रवेशको बारेमा वर्णन गर्छ । विश्वव्यापी विध्वंश र कष्टको उद्गम बिन्दु पाप नै हो भनेर यसले देखाउँछ (उत्पत्ति ३:१—१९) । रोमी ५:१२ मा पावलले सारांशित गरेका छन्, “एउटा मानिसद्वारा संसारमा पाप आयो, र पापबाट मृत्यु । यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसहरूमा मृत्यु फैलियो । ”त्यही बेलादेखि संसार टुटेको छ । यसका सबै सुन्दरता दुष्टता, विनाश, रोग र उदासिनतामा लट्पटिएको छ । परमेश्वरले यसलाई सिद्ध रूपमा सृष्टि गर्नुभएको थियो । “आफूले बनाउनुभएको हरेक कुरा परमेश्वरले हेर्नुभयो । र त्यो साह्रै राम्रो थियो” (उत्पत्ति १:३१) । पापमा मानवजातिको पतनदेखि आजको दिनसम्म इतिहास यसको उदेकमा लास ओसार्ने पेटी बनेको छ ।
पतन न्याय हो बाइबलले यो टुटाइलाई केवल प्राकृतिक रूपमा मात्र नभइ पापले व्याप्त संसारमा परमेश्वरको न्यायको रूपमा हेर्द छ । यहाँ पावलले पापको कारणले संसारमाथि परेको परमेश्वरको न्यायको असरबारे यसरी सारांशित गरे :
“सृष्टि व्यर्थको वशमा पारियो, त्यसको आफ्नै इच्छाले होइन, तर उहाँको इच्छाले, जसले त्यसलाई वशमा पार्नुभयो, यसै आशामा, कि सृष्टि त्यसको आफ्नै विनाशको बन्धनबाट मुक्त गराइनेछ, र त्यसले पनि परमेश्वरका सन्तानको महिमित स्वतन्त्रता प्राप्त गर्नेछ । हामी जान्दछौँ, सारा सृष्टि अहिलेसम्म एकसाथ प्रसववेदना आर्तनाद गरिरहेछ ।” (रोमी ८:२०—२२)
“सृष्टि व्यर्थको वशमा पारियो, त्यसको आफ्नै इच्छाले होइन, तर उहाँको इच्छाले, जसले त्यसलाई वशमा पार्नुभयो, यसै आशामा, कि सृष्टि त्यसको आफ्नै विनाशको बन्धनबाट मुक्त गराइनेछ, र त्यसले पनि परमेश्वरका सन्तानको महिमित स्वतन्त्रता प्राप्त गर्नेछ । हामी जान्दछौँ, सारा सृष्टि अहिलेसम्म एकसाथ प्रसववेदना आर्तनाद गरिरहेछ ।” (रोमी ८:२०—२२)
व्यर्थता । भ्रष्टाचारको बन्धनमा । क्रन्दन । यी नै संसारमा पापको प्रवेश भएदेखिको विश्वव्यापी विध्वंश र कष्टका स्वरूप हुन् । अनि पावल भन्द छन् यो विध्वंश परमेश्वरको न्यायको परिणाम हो : “सृष्टि व्यर्थको वशमा पारियो…. यसलाई आशामा वशमा पार्नेको कारणले” (रोमी ८:२०) । शैतानले यसलाई आशाको वशमा पारेन । आदमले यसलाई आशाको वशमा पारेन । परमेश्वरले पार्नुभयो । पावलले रोमी ५:१६ मा भनेका छन्, “…एउटा अपराधको इन्साफले दण्डको आज्ञा ल्यायो…।
उहाँका सन्तान पनि न्यायमा
निश्चित छ, यो खण्ड आशाले पूर्ण छ — “परमेश्वरका सन्तानको महिमित स्वतन्त्रता” (रोमी ८:२१) । नयाँ सृष्टिका लागि परमेश्वरसँग छक्कै पार्ने योजना छ, जहाँ “उहाँले तिनीहरूका आँखाबाट सबै आँशु पुछि दिनुहुनेछ” (प्रकाश २१:४) । तर अहिलेलाई हामी सबै उहाँको न्यायमा छौँ । उहाँले संसारलाई मृत्यु, विनाश र कष्टको वशमा पार्नुभएको छ ।
हो, उहाँका आफ्नै सन्तान पनि — ती जसलाई उहाँले “धर्मपुत्र, धर्मपुत्री हुनलाई पहिल्यैबाट चुन्नुभयो” (एफिसी १:५), आफ्नो पुत्रको रगतद्वारा उद्धार गर्नुभयो (एफिसी १:७), र अनन्त जीवनका लागि नियुक्त गर्नुभयो (एफिसी १:१८) — पतनमा परमेश्वरको न्यायको कारणले हामीले पनि दुख भोग्छौँ र मर्छौँ । “…हामी आफै पनि, जसमा पवित्र आत्माको पहिलो फल छ, सन्तानको रूपमा ग्रहण गरिनलाई, अर्थात् हाम्रो देहको उद्धारको निम्ति प्रतीक्षा गरेर हामी आफै पनि भित्र—भित्रै आर्तनाद गर्दछौँ” (रोमी ८:२३) । ख्रीष्टियनहरू सुनामीमा स्वातै बगाइलगिन्छन् । ख्रीष्टियनहरू आतंककारीको अक्रमणमा मारिन्छन् । ख्रीष्टियनहरूलाई कोरोना भाइरस लाग्छ ।
दण्ड होइन शुद्धिकरण
ख्रीष्टियनहरूका लागि भिन्नता — ती जसले ख्रीष्टलाई सर्वोच्च धनको रूपमा अँगालेका छन — यो हो कि यो भ्रष्टता, दण्डाज्ञा होइन । “यसकारण अब ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन” (रोमी ८:१) । हाम्रो लागि कष्ट चाहिँ शुद्ध पार्ने हो, दण्ड दिने होइन ।
“किनकि परमेश्वरले हामीलाई क्रोधको निम्ति नियुक्त गर्नुभएको होइन” (१ थेसलोनिकी ५:९) । हामी सबै मानवजस्तै रोग र विनाशले मर्छाैँ । तर ती ख्रीष्टमा हुनेहरूका लागि मृत्युको “खील” हटाइएको हुन्छ (१ कोरिन्थी १५:५५) । “मर्नु चाहिँ लाभ हो” (फिलिप्पी १२१) । सँसार छोड्नु चाहिँ “ख्रीष्टसँग हुनु” हो (फिलिप्पी १:२३) ।
शैतान वास्तविक हा — अनि प्रतिबन्धित
जब म सँसारका कष्टहरूलाई परमेश्वरको न्यायसम्मै खोतल्दै जान्छु, हाम्रो विश्वव्यापी कष्टमा शैतान एकदमै संलग्न छ भन्ने तथ्यप्रति म आँखा चिम्म गर्दिन । बाइबलले उसलाई “यो सँसारको देव” (२ कोरिन्थी ४:४) “यस सँसारको शासक” (यूहन्ना १२:३१) अनि “आकाशका शक्तिका राजकुमार” (एफिसी २:२) भन्दछ । ऊ “शुरुदेखि नै हत्यारा” हो (यूहन्ना ८:४४) । उसले धेरै रोगहरूले बाँध्छ र थिचोमिचो गर्छ (लूका १३:१६, प्रेरित १०:३८) । तर शैतान साङ्लामा छ । त्यो साङ्ला परमेश्वरको हातमा छ । परमेश्वरले नछोडेसम्म उसले काम गर्न सक्दैन । उसले केवल अनुमति र सीमाभित्र रहेर काम गर्छ (अ्ययूब १:१२, २:६, लूका २२:३१, २ कोरिन्थी १२:७) । शैतानको विनाशको सीमा परमेश्वरले तोकिदिनुहुन्छ । ऊ परमेश्वरको न्यायदेखि अलग छैन । उसले अन्जानमै त्यसो गर्छ ।
मुख्य प्रश्न
कोरोना भाइरसको अर्थलाई अझ केन्द्रित गर्ने प्रश्न यहाँ छ । नैतिक दुष्टताको लागि परमेश्वरले संसारमा किन शारीरिक न्याय ल्याउनुभयो ? आदम र हव्वाले परमेश्वरको अवज्ञा गरे । तिनीहरूका हृदय परमेश्वरको विरुद्धमा फर्के । तिनीहरूले उहाँको भन्दा आफ्नो बुद्धिलाई रोजे । तिनीहरूले भरोसाभन्दा स्वतन्त्रता रोजे । यो अवज्ञा, रोजाइ, र छनौट आत्मिक तथा नैतिक दुष्टता थियो । यो पहिले प्राणमा पाप भयो, शरीरमा होइन । यो पहिले परमेश्वरप्रति थियो मानिसप्रति होइन । तर नैतिक तथा आत्मिक विद्रोहको प्रतिक्रियामा, भौतिक संसारलाई विनाश र कष्टको वशमा पार्नुभयो । किन ? किन भौतिक संसारलाई राम्रै अवस्थामा छोडेर मानव प्राणमा मात्रै कष्ट नल्याउने, किनभने सबै त्यहीँबाट शुरु भयो ?
उत्तर
मेरो सुझाव यो छ: परमेश्वरले भौतिक संसारलाई श्रापमुनि राख्नुभयो ताकि रोग र महाविपत्तिमा हामीले हाम्रो वरिपरि देखेका भौतिक त्रासले पाप कति डरलाग्दो छ भन्ने कुराको जीवन्त तस्वीर बन्छ । अर्काे शब्दमा, भौतिक दुष्टता परमेश्वरविरुद्धको विद्रोहको नैतिक अत्याचारलाई दर्शाउने दृष्टान्त, नाटक, एउटा संकेतस्तम्भ हो ।
त्यो कसरी मिल्दो हुन्छ ? किनभने पतनपछि पापले अन्धा भएको हाम्रो वर्तमान अवस्थामा परमेश्वरविरुद्धको पाप कति घृणित छ भन्ने देख्न वा महसूस गर्न सक्दैनौँ । संसारमा सायदै कसैले परमेश्वरभन्दा अन्य कुराहरूलाई रुचाउने कुराको त्रासलाई महसूस गर्न सक्छ । हाम्रो वेवास्ता तथा अवज्ञाद्वारा परमेश्वरलाई अवमूल्यन गरेको कुराले सुत्न नसक्ने को होला ? तर, ओहो, हामी हाम्रो शारीरिक पीडा कस्तो महसूस गर्छौँ ! परमेश्वरले हाम्रा शरीरलाई छुनुभयो भने हामी कति रुष्ट बन्छौँ ! हरेक दिन हाम्रा हृदयमा परमेश्वरलाई कसरी तुच्छ ठान्छौँ त्यस कुरामा हामी दुखित हुँदैनौँ होला । तर कोरोना भाइरस आएर हाम्रा शरीरलाई खतराको संकेत दिओस् त, हाम्रा ध्यान परमेश्वरतर्फ खिँचिन्छन् । अथवा के उहाँले हाम्रा ध्यान खिँच्नुहुन्छ ? शारीरिक पीडा चाहिँ परमेश्वरको चर्काे तुरहीको आवाज हो जसले संसारमा केही डरलाग्दो गड्बडी छ भन्ने कुरा बताउँछ । रोग र विकृति आत्मिक दुनियाँमा पाप कस्तो हुन्छ भन्ने कुराको भौतिक दुनियाँमा परमेश्वरका तस्वीर हुन् ।
अनि त्यो सत्य हो, यद्यपि संसारमा कति जना एकदम आत्मिक जनहरूले ती रोग र विकृति भोगेका हुन्छन् । कष्टहरू चाहिँ पाप केको योग्य छ र एक दिन न्यायमा त्यसको हजारौँ गुणा बढ्ता भोग्नेछ भन्ने कुराको परमेश्वरको पूर्वदृष्य हो । ती चेतावनी हुन् । नैतिक त्रास र परमेश्वरविरुद्धको पापको आत्मिक कुरूपतालाई देख्न जगाउने घण्टी हुन् ।
हाम्रा सृष्टिकर्तालाई तिरस्कारपूर्ण व्यवहार गर्नु, वेवास्ता गर्नु, भरोसा नगर्नु, उहाँलाई तुच्छ ठान्नु, हाम्रा कपालको ढाँचालाई भन्दा उहाँलाई कम ध्यान दिनु कस्तो घिनलाग्दो, अपमानजनक र महाघृणित हो भन्ने कुरा हामीले देख्न र महसूस गर्न सकेहुन्थ्यो ।
हामीले यसलाई देख्नुपर्छ र महसूस गर्नुपर्छ, नत्र पापको कुरूपताबाट मुक्तिका लागि हामी ख्रीष्टतर्फ फर्कनेछैनौँ । पापको दण्डबाट उम्कन हामी चिच्याउँछौँ होला । तर के हामीले परमेश्वरलाई तुच्छ ठान्ने पापको नैतिक कुरूपतालाई देख्नेछौँ ? यदि हामी देख्दैनौँ भने परमेश्वरले कोरोना भाइरसजस्ता — शारीरिक कष्टमा यसको जीवन्त तस्वीर प्रदान नगर्नुभएर होइन । त्यसकारण, यी दिनहरूमा परमेश्वर कृपाले पूर्ण भई चिच्याइरहनुभएको छ : जाग ! परमेश्वरविरुद्धको पाप यस्तो हुन्छ ! यो डरलाग्दो र कुरूप छ । अनि कोरोना भाइरसभन्दा कयौँ गुणा खतरनाक छ ।
यदि तपाईं यो पुस्तक पढ्न चाहनुहुन्छ भने अनलाइन अर्डर गर्न सक्नुहुन्छ: CLICK