
एक स्वस्थ चर्च भनेको के हो ?
दोस्रो संस्करण
यो पुस्तकले स्वस्थ चर्चका मुख्य विशेषताहरू—व्याख्यात्मक प्रचार, बाइबलीय ईश्वरशास्त्र, र सुसमाचारको सही केन्द्रित बुझाइलाई स्पष्ट रूपमा बुझ्न मदत गर्छ। यसले तपाईंलाई आफ्नो चर्च कति बाइबलीय रूपमा स्वस्थ छ भनेर जाँच्ने र सुधार गर्ने व्यावहारिक मार्ग पनि देखाउँछ।
एउटा आदर्श चर्च कस्तो हुन्छ र यसलाई कसरी चिन्ने ?
यो पुस्तकले तपाईलाई स्वस्थ चर्चका मुख्य विशेषताहरू व्याख्यात्मक प्रचार, बाइबलीय ईश्वरशास्त्र र सुसमाचारको सही बुझाइ थाहा पाउन मदत गर्नेछ। यसले तपाईलाई आफ्नै चर्चमा यी विशेषताहरू विकास गर्न आह्वान गर्दछ ।
नयाँ करारका लेखकहरूको उदाहरण पछ्याउँदै र चर्चका सबै सदस्यहरू, पास्टर र साधारण विश्वासी दुवैलाई सम्बोधन गर्दै मार्क डेभरले स्थानीय चर्चलाई कायम राख्न सबै विश्वासीहरूलाई आ-आफ्नो भूमिका निभाउन चुनौती दिनुहुन्छ। एक स्वस्थ चर्च भनेको के हो ? नामक यस पुस्तकले हामी प्रत्येकलाई खीष्टको शरीरमा परमेश्वरले दिनुभएको भूमिका पूरा गर्न मदत गर्ने सत्यता र व्यावहारिक सिद्धान्तहरू प्रदान गर्दछ।
अनुमोदन
”संसारका लागि ख्रीष्टको संस्थागत योजना भनेको चर्च नै हो, र यसको अर्को कुनै विकल्प छैन । स्वस्थ चर्च कस्तो देखिन्छ र आफ्नो चर्चलाई कसरी सकेसम्म स्वस्थ बनाउने भन्ने कुरामा हरेक पास्टर र हरेक ख्रीष्टियान चिन्तित हुनुपर्छ। मार्क डेभरको यो स्पष्ट र प्रेमपूर्ण पुस्तकले तपाईलाई सो लक्ष्यमा पुग्न मदत गर्नेछ।”
– केभिन डियोङ, क्राइस्ट कभनेन्ट चर्चका वरिष्ठ पास्टर; र रिफर्ड थियोलोजिकल सेमिनरीका सह-प्राध्यापक
“म यस पुस्तक र यसका लेखकप्रति सधैं आभारी छु। यो अत्यन्तै व्यावहारिक पुस्तक पढ्नुहोस् र आफ्नो स्थानीय चर्चप्रतिको प्रेममा बढ्दै जानुहोस् ।”
– केरी फोल्मर, लेखिका र सह-होस्ट, प्रिस्किला टक
“विश्वासीहरूलाई परमेश्वरको चरित्र र महिमा झल्काउने चर्च निर्माण गर्न सुसज्जित पार्ने सन्दर्भमा यो पुस्तक एक अत्यन्तै उपयोगी स्रोत हो।”
– युजिन लो, ग्रेस व्याप्टिस्ट चर्च, सिङ्गापुरका प्रमुख पास्टर

मार्क डेभर (PhD, क्याम्ब्रिज विश्वविद्यालय) वासिङ्टन, डी.सी. स्थित क्यापिटल हिल व्याप्टिस्ट चर्चका वरिष्ठ पास्टर र नौ चिन्ह (9Marks.org) का अध्यक्ष हुनुहुन्छ। डेभरले एक दर्जनभन्दा बढी पुस्तकहरू लेख्नुभएको छ र देशभरका सम्मेलनहरूमा वक्ताको रूपमा सेवा पुऱ्याउनुहुन्छ। उहाँ आफ्नी पत्नी कोनीसँग वासिङ्टन डि.सी. मा बस्नुहुन्छ र उहाँहरूका दुई वयस्क सन्तान छन् ।
थप जानकारी
- लेखक: मार्क डेभर
- स्वरूप: मुलायम कभर
- (ISBN) नम्बर: 9789937-9984-8-2
- पृष्ठ संख्या:
- भाषा: नेपाली
- प्रकाशन: गोस्पल पब्लिकेशन
गोस्पल पब्लिकेशनमा मार्क डेभरद्वारा लिखित नेपाली पुस्तकहरू,
| Book Author | |
|---|---|
| Format | |
| ISBN | 9789937-9984-8-2 |
| Language | |
| Pages | 136 |
| Publisher |













Reviews
There are no reviews yet.