एक स्वस्थ चर्च सदस्य के हो?
NPR 250.00
– थविती एम. एन्याब्विले
दोस्रो संस्करण
९ चिन्हहरू स्वस्थ चर्चहरूको निर्माण
यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।
ख्रीष्टियानहरूले आफ्नो चर्चहरूलाई कसरी आत्मिक रूपमा जीवित र बलियो बनाइराख्न सक्छन् ?
परमेश्वर चाहनुहुन्छ कि स्थानीय चर्च पृथ्वीको अरू कुनै पनि ठाउँभन्दा बढी अद्भुत र अर्थपूर्ण घर बनोस् । यो प्राप्त गर्नको लागि सबै विश्वासीहरूले ख्रीष्टको शरीरमा सक्रिय भूमिका निर्वाह गर्नुपर्छ। तर स्वस्थ चर्चको सदस्य हुनुको अर्थ के हो ?
यस छोटो पुस्तकमा, थबिती एन्याव्विलेले पाठकहरूलाई आफ्नो चर्चको स्वास्थ्यका लागि कसरी परिश्रम गर्न सकिन्छ भनेर देखाउनुहुन्छ । सुसमाचार प्रचार, चेलापन, आत्म-अनुशासन र प्रार्थना लगायत १० वटा अत्यावश्यक विषयहरू समेट्दै, उहाँले स्थानीय चर्चको अभियानमा योगदान पुऱ्याउँदा कसरी ख्रीष्टियानहरूलाई आफ्नै जीवनमा गहिरो आत्मिक वृद्धिको अनुभव गर्न मदत पुग्छ भन्ने कुरा प्रदर्शन गर्नुहुन्छ।
“आज धेरै मानिसहरूले “समुदायमा” ख्रीष्टियान जीवनको महत्त्वको बारेमा कुरा गरिरहेका हुन्छन्, तर केवल थोरैले मात्र बाइबलीय रूपमा विश्वासयोग्य र व्यक्तिगत रूपमा मर्मस्पर्शी तरिकामा यसको अर्थ व्याख्या गरेका हुन्छन्। थबिती एन्याब्विले त्यो कमीलाई पूरा गर्नुभएको छ। यो पुस्तक पढ्नुहोस्, यसको बारेमा सोच्नुहोस्, यसको लागि प्रार्थना गर्नुहोस् र यसलाई तपाईको चर्चमा उदारतापूर्वक वितरण गर्नुहोस् ।”
– डी.ए. कार्सन, ईधरशास्त्री, द गोस्पल कोलिसन
“आज हाम्रो धेरै चर्चहरूको अवस्थालाई ध्यानमा राख्दा, यो पुस्तक सही समयमा आएको छ।”
– आर. अल्बर्ट मोल्हर जूनियर, अध्यक्ष, साउदर्न व्याप्टिस्ट थिओलोजिकल सेमिनरी
“यो पुस्तकले चर्चका एक साधारण सदस्यमाथि उत्कृष्ट र अत्यन्त आवश्यक ध्यान केन्द्रित गरेको छ। हामी सबैले यो अन्तर्दृष्टिपूर्ण पुस्तकबाट लाभ उठाउन सक्छौं।”
– आर. सी. स्त्रील, संस्थापक, लिगोनियर मिनिस्ट्रीज्
थविती एम. एन्याब्विले (MS, नर्थ क्यारोलिना स्टेट युनिभर्सिटी) ले वासिङ्टन डि.सी. को एनाकोस्टिया रिभर चर्चमा पास्टरको रूपमा सेवा गर्नुहुन्छ र उहाँ धेरै पुस्तकहरूका लेखक हुनुहुन्छ। उहाँ द गोस्पेल कोलिशनको परिषद् सदस्य, नौ चिन्हहरूको प्रमुख लेखक र द फ्रन्ट पोर्च र पियोर चर्चमा नियमित रूपमा लेख लेख्नुहुन्छ। उहाँ र उहाँकी पत्नी क्रिस्टीका तीन सन्तान छन् ।
थप जानकारी
- लेखक: थविती एम. एन्याब्विले
- स्वरूप: मुलायम कभर
- (ISBN) नम्बर: 9789937-9984-7-5
- पृष्ठ संख्या: 122
- भाषा: नेपाली
- प्रकाशन: गोस्पल पब्लिकेशन
९ चिन्हहरू स्वस्थ चर्चहरूको निर्माण अन्तर्गत पुस्तकहरू,
| Book Author | |
|---|---|
| Format | |
| ISBN | 9789937-9984-7-5 |
| Language | |
| Pages | 122 |
| Publisher |




















Reviews
There are no reviews yet.