सुसमाचारको पुन:स्थापना
Original price was: NPR 1,900.00.NPR 900.00Current price is: NPR 900.00.
पावल वशर
150 in stock
150 in stock
सुसमाचारको शक्ति र सन्देश
वर्तमानका ख्रीष्टियान पुस्ताले गरेको सबैभन्दा ठूलो अपराध भनेकै सुसमाचारलाई गरेको अवहेलना हो, र यस अवहेलनाबाट नै हाम्रा समस्याहरू उत्पन्न हुन्छ। ती अत्यावश्यक विषयवस्तुहरू जुन सुसमाचारका मूल विषय हुन्, जस्तैः परमेश्वरको न्याय, मानिसको पूर्ण भ्रष्टता, रगतको प्रायश्चित, साँचो परिवर्तनको प्रकृति र बाइबलीय निश्चयताको आधार यी सबै कुराहरू पुलपिटबाट लोप भएका छन्। चर्चहरूले सुसमाचारको सन्देशलाई घटाएर विश्वासका सारहरूमा परिणत गरेका छन्, हृदय परिवर्तन भनेको केवल मानव निर्णय हो भनी सिकाउँछन् र पापीको प्रार्थना दोहोऱ्याउने (ग्रहण गराउने) विधि जो कोहीलाई पनि मुक्तिको निश्चयता दिलाउँछन् । सुसमाचारको पुनःस्थापनाले तपाईंको जीवनलाई परिवर्तन गर्न, तपाईको घोषणालाई बलियो बनाउनेछ र परमेश्वरलाई सबैभन्दा ठूलो महिमा ल्याउनेछ ।
सुसमाचारको बोलावट र साँचो परिवर्तन
प्रेरित पावलले सुसमाचारलाई आफ्नो प्रचारमा पहिलो स्थान दिए, यसलाई प्रष्टसँग घोषणा गर्नका लागि आफ्नो सम्पूर्ण बल खर्च गरे, अनि उनीले सुसमाचारको यतिसम्म खबरदारी गरे कि यसको सत्यतालाई तोडमोड गर्नेलाई श्रापितसम्म भन्न पुगे । तर वर्तमान युगमा एउटा हायलाग्दो दृश्य छ, जहाँ आफैलाई सुसमाचारवादी भन्नेहरूमध्ये धेरैले सुसमाचारलाई सुँगा रटाइ गरिने केही वक्तव्यहरूमा सीमान्कित गरेका छन् अनि परिवर्तनलाई केवल मानवीय निर्णयको रूपमा हेरेका छन् । सुसमाचारको बोलावट र साँचो परिवर्तनमा पावन वशरले विश्वास, पश्चाताप र खीष्टलाई ग्रहण गर्नुको सही अर्थलाई केलाउँदै यस्तो सस्तो विश्वासवादलाई चुनौती दिन्छन् । साथै उनले उद्धारकारी अनुग्रहको प्रभावहरूको पनि उत्खनन् गर्दछन् जसको बारेमा परमेश्वरले नयाँ करारमा प्रतिज्ञा गर्नुभएको छ नयाँ हृदय र नयाँ मानिसहरूको सृष्टि ।
सुसमाचारको निश्चयता र चेतावनी
“हाम्रो मुक्तिको निश्चयताबारे सोधिने प्रश्नभन्दा बढी महत्त्वपूर्ण कुरा थोरै नै छन् । मुक्तिको झुटा निश्चयताका खतराहरू स्पष्टै छन्, तर पनि चर्चहरू झुटो निश्चयता पाएका असत्य मानिसहरूले भरिएको छ भनी पवित्र धर्मशास्त्रले हामीलाई चेतावनी दिन्छ । जसरी म मेरा छोराछोरीले उनीहरू मेरा हुन् भनेर निश्चित रूपमा थाहा पाऊन् भन्ने चाहन्छु, त्यसरी नै परमेश्वर आफ्ना छोराछोरीले उनीहरू उहाँकै हुन् भनी जानून् भन्ने चाहनुहुन्छ । दाजु पावलले ‘के मैले साँच्चै मुक्ति पाएको छु भनी प्रश्न सोध्ने र अरूहरूलाई पनि सिकाउन चाहनेहरूका लागि एक ठुलो र गहन स्रोत जुटाउनुभएको छ । यो पुस्तक धर्मशास्त्रीय विश्लेषण र पास्टरीय परामर्शहरूले भरिभराउ छ । प्राणहरूको हेरचाह गर्ने जिम्मेवारी पाएका सबै सेवकहरूको पुस्तकालयमा यो पुस्तक हुन नितान्त आवश्यक छ ।”
जे डी ग्रीवर येशूलाई आफ्नो हृदयमा बोलाउन छाड्नुहोस् आफूले मुक्ति पाएको कुरा कसरी पक्का गर्ने नामक पुस्तकका लेखक
“परमेश्वरको अनुग्रहबाट हामीले पापबाट मुक्ति पाएका छौँ भन्ने कुराको ठोस निश्चयता खोज्न वशरले हामीलाई एउटा असाध्यै उपयोगी औजार दिनुभएको छ। परमेश्वरको वचन आत्मजाँचको लागि ऐना जस्तै हो । पहिलो यूहन्नाको पत्रले विशेषगरी हामी विश्वासमा छौँ कि छैनौँ भनेर जाँच्न हामीलाई मदत गर्छ। र वशरले हाम्रो आत्मामा बचाउने अनुग्रहको काम भएको छ कि छैन भनी जाँच गर्न एक दर्जनभन्दा बढी मुक्तिका चिह्नहरू व्याख्या गर्दै १ यूहन्नालाई कुशलतापूर्वक लागु गरेका छन् । साथै, यस पुस्तकले हामीलाई मुक्तिको निश्चयताको लागि हाम्रा विगतका अनुभवहरूमा भर पर्न प्रोत्साहन दिँदैन, तर खीष्टको आत्मामाथि निर्भर हुँदै आत्मिक रूपमा वृद्धि हुँदै जान प्रोत्साहन दिन्छ। परमेश्वर पिताको क्षमा र स्वीकारको निश्वयतालाई लिएर सङ्घर्षरत परमेश्वरका छोराछोरीका लागि यहाँ मीठो सहायता छ । साथै, यहाँ मुक्ति पाएको ठानी आफैलाई धोका दिनेहरूको लागि एक गम्भीर चेतावनी पनि छ । परमेश्वरले यस पुस्तकलाई आफ्नो महिमाको निम्ति आफ्ना जनहरूको सान्त्चना र डराएका पापीहरूको मुक्तिको लागि प्रयोग गरून् ।”
Book Author | |
---|---|
Format | |
Language | |
Publisher |
Reviews
There are no reviews yet.