महान् प्रार्थना गर्नुहोस्
Original price was: NPR 300.00.NPR 200.00Current price is: NPR 200.00.
एलिस्टर वेग
यो छोटो पुस्तकले पावलका प्रार्थनाबाट सिकाउँदै ख्रीष्टियानहरूलाई किन र कसरी प्रभावकारी प्रार्थना गर्ने भन्ने कुरा सरल र प्रेरणादायी ढङ्गले देखाउँछ।
The children’s book “Pray Big” by Alistair Begg has been translated into Nepali with the title “महान् प्रार्थना गर्नुहोस् “
यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।
के तपाईलाई प्रार्थना गर्न गाह्रो लाग्छ ?
धेरैजसो अवस्थामा हामीमध्ये धेरैलाई यस्तो अनुभव हुन्छ । यसै कुरालाई ध्यानमा राख्दै, यो छोटो पुस्तकमा एलिस्टर वेगले न्यानोपन, स्पष्टता, हाँस्य र व्यावहारिकताका साथ एफिसीका चर्चको निम्ति पावलका प्रार्थनाहरूको अध्ययन गर्नुभएको छ । यस पुस्तकले साधारण ख्रीष्टियानहरूलाई कसरी प्रेरितले जस्तै प्रार्थना गर्ने – किन प्रार्थना गर्ने र प्रार्थनामा के भन्ने- जस्ता महत्त्वपूर्ण कुराहरू सिकाउँछ ।
पावलले स्पष्ट रूपमा प्रार्थनाको आनन्द उठाए र प्रार्थना गर्ने कुरालाई उत्साहजनक पाए – र तपाईले पनि प्रार्थनाको आनन्द लिन सक्नुहुन्छ, जसरी तपाईं महान् प्रार्थना गर्न सिक्नुहुन्छ ।
“यो पुस्तक तपाईको निम्ति जीवनभन्दा महान् प्रार्थनाहरू चढाउन सहयोग गर्ने उत्तम मार्गदर्शक हो-जुन प्रार्थनाद्वारा काम गर्न परमेश्वर प्रसन्न हुनुहुन्छ ।”
-जोनी एरेक्सन टाडा
मैले यो पुस्तकलाई स्वतन्त्रता दिने र सामर्थ्य दिने दुवैको रूपमा अनुभव गरेँ। म अझ धेरै प्रार्थना गर्न र ठिक विषयहरूको लागि प्रार्थना गर्न प्रेरित भएको छु ।”
-विलियम टेलर
लेखक

एलिस्टर वेग क्लिभल्याण्ड, ओहायोस्थित पार्कसाइड चर्चका वरिष्ठ पास्टर र टुथ फर लाइफका बाइबल शिक्षक हुनुहुन्छ । उहाँ विवाहित हुनुहुन्छ, र उहाँकी श्रीमतीको नाम सुसान हो र उहाँहरूको तीन वयस्क सन्तान छन् ।
थप जानकारी
- लेखक: एलिस्टर वेग
- Format: मुलायम कभर
- ISBN: 9789937-9917-7-3
- Page: 384
- भाषा:नेपाली
- प्रकाशन:गोस्पल पब्लिकेशन
गोस्पल पब्लिकेशनमा एलिस्टर वेगद्वारा लिखित नेपाली पुस्तकहरू,
| Book Author | |
|---|---|
| Format | |
| ISBN | 9789937-9917-7-3 |
| Language | |
| Pages | 96 |
| Publisher |



















Reviews
There are no reviews yet.