A VERY HAPPY EASTER🌿🌿🌿 - Shop for worth NPR. 1000 to get free shipping. Dismiss

सुसमाचारको निश्चयता र चेतावनी

Original price was: NPR 600.00.Current price is: NPR 350.00.

पावल वशर

 

सुसमाचारको पुनःस्थापना

परमेश्वरको अनुग्रहबाट हामीले पापबाट मुक्ति पाएका छौँ भन्ने कुराको ठोस निश्चयता खोज्न वशरले हामीलाई एउटा असाध्यै उपयोगी औजार दिनुभएको छ। परमेश्वरको वचन आत्मजाँचको लागि ऐना जस्तै हो । पहिलो यूहन्नाको पत्रले विशेषगरी हामी विश्वासमा छौँ कि छैनौँ भनेर जाँच्न हामीलाई मदत गर्छ। र वशरले हाम्रो आत्मामा बचाउने अनुग्रहको काम भएको छ कि छैन भनी जाँच गर्न एक दर्जनभन्दा बढी मुक्तिका चिह्नहरू व्याख्या गर्दै १ यूहन्नालाई कुशलतापूर्वक लागु गरेका छन् ।

यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।

Categories: ,
सुसमाचारको निश्चयता र चेतावनी

अनुमोदनहरू

“हाम्रो मुक्तिको निश्चयताबारे सोधिने प्रश्नभन्दा बढी महत्त्वपूर्ण कुरा थोरै नै छन् । मुक्तिको झुटा निश्चयताका खतराहरू स्पष्टै छन्, तर पनि चर्चहरू झुटो निश्चयता पाएका असत्य मानिसहरूले भरिएको छ भनी पवित्र धर्मशास्त्रले हामीलाई चेतावनी दिन्छ । जसरी म मेरा छोराछोरीले उनीहरू मेरा हुन् भनेर निश्चित रूपमा थाहा पाऊन् भन्ने चाहन्छु, त्यसरी नै परमेश्वर आफ्ना छोराछोरीले उनीहरू उहाँकै हुन् भनी जानून् भन्ने चाहनुहुन्छ । दाजु पावलले ‘के मैले साँच्चै मुक्ति पाएको छु भनी प्रश्न सोध्ने र अरूहरूलाई पनि सिकाउन चाहनेहरूका लागि एक ठुलो र गहन स्रोत जुटाउनुभएको छ । यो पुस्तक धर्मशास्त्रीय विश्लेषण र पास्टरीय परामर्शहरूले भरिभराउ छ । प्राणहरूको हेरचाह गर्ने जिम्मेवारी पाएका सबै सेवकहरूको पुस्तकालयमा यो पुस्तक हुन नितान्त आवश्यक छ ।”

greear jd

जे डी ग्रीवर येशूलाई आफ्नो हृदयमा बोलाउन छाड्‌नुहोस् आफूले मुक्ति पाएको कुरा कसरी पक्का गर्ने नामक पुस्तकका लेखक

 

“परमेश्वरको अनुग्रहबाट हामीले पापबाट मुक्ति पाएका छौँ भन्ने कुराको ठोस निश्चयता खोज्न वशरले हामीलाई एउटा असाध्यै उपयोगी औजार दिनुभएको छ। परमेश्वरको वचन आत्मजाँचको लागि ऐना जस्तै हो । पहिलो यूहन्नाको पत्रले विशेषगरी हामी विश्वासमा छौँ कि छैनौँ भनेर जाँच्न हामीलाई मदत गर्छ। र वशरले हाम्रो आत्मामा बचाउने अनुग्रहको काम भएको छ कि छैन भनी जाँच गर्न एक दर्जनभन्दा बढी मुक्तिका चिह्नहरू व्याख्या गर्दै १ यूहन्नालाई कुशलतापूर्वक लागु गरेका छन् । साथै, यस पुस्तकले हामीलाई मुक्तिको निश्चयताको लागि हाम्रा विगतका अनुभवहरूमा भर पर्न प्रोत्साहन दिँदैन, तर खीष्टको आत्मामाथि निर्भर हुँदै आत्मिक रूपमा वृद्धि हुँदै जान प्रोत्साहन दिन्छ। परमेश्वर पिताको क्षमा र स्वीकारको निश्वयतालाई लिएर सङ्घर्षरत परमेश्वरका छोराछोरीका लागि यहाँ मीठो सहायता छ । साथै, यहाँ मुक्ति पाएको ठानी आफैलाई धोका दिनेहरूको लागि एक गम्भीर चेतावनी पनि छ । परमेश्वरले यस पुस्तकलाई आफ्नो महिमाको निम्ति आफ्ना जनहरूको सान्त्चना र डराएका पापीहरूको मुक्तिको लागि प्रयोग गरून् ।”

images

-जोएल आर बीकी, प्युरिटन रिफर्मड थियोलोजिकल सेमिनरीका अध्यक्ष

थप जानकारी

  • लेखक: पावल वाशर
  • Format: Paperback
  • ISBN: 9789937-9708-2-2
  • Page: 276
  • भाषा:नेपाली
  • प्रकाशन:गोस्पल पब्लिकेशन

 

      लेखक

cIprIoQH 400x400

पावल वशर ले दश वर्षसम्म पेरू देशमा मिसनरीको रूपमा काम गर्नुभयो, जुन समयमा उहाँले पेरूमा चर्च स्थापना गर्नेलाई सहायता गर्नका लागि HeartCry Missionary Society नामक संस्था खोल्नुभयो । अहिले पावल त्यही संस्थामा सक्रिय कर्मचारीको रूपमा काम गरिरहनुभएको छ। उहाँको पत्नीको नाउँ चारो (Charo) हो र उहाँहरूका चार सन्तान छन्ः इआन, इभान, रोवन र ब्रोनविन