बाइबलको समग्र कथा १६ वटा पदहरूमा

Original price was: NPR 300.00.Current price is: NPR 199.00.

क्रिस ब्रूनो

The book “The Whole Story of the Bible in 16 Verses” has been translated into Nepali with the title “बाइबलको समग्र कथा १६ वटा पदहरूमा”.

यो पुस्तकले बाइबलका १६ प्रमुख पदहरूमार्फत सृष्टिदेखि नयाँ सृष्टिसम्म परमेश्वरको उद्धार योजनाको चित्र देखाउँछ। यी पदहरू “परिवर्तनका विन्दुहरू” हुन्, जसले परमेश्वरको सार्वभौमिकता, महिमा र अनुग्रह प्रकट गर्ने बाइबलको एकै मुख्य कथा बताउँछन्।

यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।

१६ वटा मुख्य पदहरू । एउटा मुख्य कथा ।

यो पुस्तकले बाइबलका १६ वटा मुख्य पदहरूलाई व्याख्या गर्दछ जुन बाइबलीय कथामा “परिवर्तनका विन्दुहरू” को रूपमा उभिन्छन्- तिनले हामीलाई उत्पत्तिदेखि प्रकाशसम्म परमेश्वरका जनहरूलाई उद्धार दिने र उहाँको नामको महिमा गर्ने उहाँको अतुलनीय योजना देख्न सक्ने बनाइदिन्छन् । चाहे यो मानवजातिको सृष्टिलाई, करारहरू बाँध्ने कार्यलाई अनुसन्धान गर्ने कार्य होस्, चाहे मसीहको आगमनको अनुसन्धान गर्ने कार्य होस्, यो पुस्तकले ख्रीष्टियानहरूलाई परमेश्वरको वचनले उहाँको सार्वभौमिकता, महिमा र अनुग्रहको बारेमा बताउने एउटा सि‌ङ्गो कथा कसरी बताउँदछ भनी देखाइदिनेछ ।

अनुमोदनहरू

“यो छोटो र ज्ञानवर्धक पुस्तक व्यक्तिगत चेलापनको साथसाथै सन्दर्भहरूको अझ बढी औपचारिक शिक्षणको लागि अति उत्तम छ। ब्रूनोले विश्वासयोग्य भएर छुटकाराको कथा कोर्नुहुँदा, विश्वासमा परिपक्व वा जवान, सबै ख्रीष्टियानहरूले धेरै कुराहरूमा मनन् गर्न र आनन्द मनाउन पाउनुहुनेछ ।”

थोमस आर. श्राइनर, नयाँ करारको उल्थाका जेम्स बुकानन् ह्यारिसन प्राध्यापक, द साउदर्न ब्याप्टिष्ट थियोलोजिकल सेमिनारी

“हाम्रो बाइबललाई बुझ्नको निम्ति, हामीले परमेच्चरको छुटकारा दिने योजनाको ठूलो कथालाई बुझ्नुपर्दछ । यो ठूलो कथाको प्रष्ट तथा सरल रूपरेखा प्रदान गर्नको लागि ब्रूनोले सोहवटा पदहरूमाथि ध्यान केन्द्रित गर्नुहुन्छ । म यो पुस्तकलाई उच्च सिफारिश गर्दछु।”

डग्लस जे. मू ,वेस्नर चेयर अफ बिब्लिकल स्टडिज, ह्विटन कलेज

“क्रिस ब्रूनोले सोहवटा छोटा पदहरूमा बाइबलको रूपरेखालाई समेट्नुहुन्छ। उक्त कथालाई बुझ्नको निम्ति हरेक पद महत्त्वपूर्ण हुन्छ, तर उक्त कथा त्यसका सबै भागहरूको योगफलभन्दा अझ महान् पनि छ। एकसाथ हेर्दाखेरि, उक्त समग्र चित्र अति सुन्दर हुन्छ।”

जेसन सी. मेयर, प्रवचन तथा दर्शनका पाष्टर, बेथलेहेम व्याप्टिष्ट चर्च, मिनियापोलिस, मिनेसोटा

लेखक

bruno pic

क्रिस ब्रनो (पीएचडी, ह्विटन कलेज) विस्कन्सिनको डन्बारमा रहेको नर्थल्याण्ड इन्टरनेशनल युनिभर्सिटीमा नयाँ करार तथा बाइबलीय ईश्वरशास्त्रका प्राध्यापक हुनुहुन्छ । पहिला उहाँले एन्टिओक स्कूल हवाइका कार्यकारी निर्देशक तथा शैक्षिक डीनको रूपमा सेवा गर्नुभएको थियो । उहाँले म्याट डिक्रससँग मिलेर चर्चेज पार्टनरिङ्ग टुगेदर पुस्तक लेख्नुभएको छ।

थप जानकारी
  • लेखक: क्रिस ब्रनो 
  • स्वरूप: मुलायम कभर
  • (ISBN) नम्बर:  9789937-9917-0-4
  • पृष्ठ संख्या: 116
  • भाषा: नेपाली
  • प्रकाशन: गोस्पल पब्लिकेशन

गोस्पल पब्लिकेशनमा उपलब्ध बाइबलीय ईश्वरशास्त्र सम्बन्धी  पुस्तकहरू,

PBK Second Edition New Size   Biblical Theology3 600x904 1   WhatsApp Image 2025 07 22 at 10.08.42 b9645661

Book Author

Format

ISBN

9789937-9917-0-4

Language

Pages

122

Publisher

,